Skip to main content

मन्त्रीविरुद्ध प्रधानमन्त्रीकहाँ राज्यमन्त्रीहरुको उजुरी

काठमाडौं माघ ११ । विभिन्न मन्त्रालयका सात राज्यमन्त्रीहरुले अधिकार
प्रत्यायोजनका निम्ति प्रधानमन्त्री माधवकुमार नेपालको ध्यानाकर्षण
गराएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा
उनीहरुले मन्त्री र राज्यमन्त्रीबीचका समस्या समाधान गर्न प्रधानमन्त्री
सकारात्मक रहेको जानकारी दिए ।
'समस्या लुकाएर समाधान हुँदैन' गृहराज्यमन्त्री रिजवान अन्सारीले भने-
मुलुकको अधिकारका लागि लड्नेले आफ्नो अधिकार निम्ति नलड्ने कुरा आउँदैन ।
अन्सारीले गृहमन्त्री भीम रावलसँग प्रहरी संगठनभित्र दण्ड र पुरस्कारका
मामिलामा केही मतभेद रहे पनि बोलचालै बन्द नभएको बताए । उनले भने- अस्ति
भारत जाँदा पनि फूलमालाले बिदाइ गरेँ अहिले फर्कदा पनि पुूलमालाले स्वागत
गरेँ । तर केही मतभेद रहेकै हो ।
एक मधेस एक प्रंदेश स्वीकार्य नभएको अन्सारीले बताए । एउटा मधेस प्रदेश
बनाउने र त्यसअन्तर्गत उपप्रदेश बनाएर अधिकार कम गर्ने पक्षमा आफ्नो दल
नरहेकेा उनले स्पष्ट गरे । संयन्त्रमार्फत अनिश्चितकालीन बन्द फिर्ता
लिएकोमा माओवादीलाई धन्यवाद समेत दिए ।
रिपोर्टर्स क्लब नेपालको अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न
साक्षात्कार कार्यक्रममा ऊर्जा राज्यमन्त्री चन्द्रिसंह भट्टराईले
मन्त्री र राज्यमन्त्रीबीच अधिकारको लडाईंभन्दा पनि आफ्ना दायित्व पूरा
गर्न सकेको छ कि छैन भनेर खोज्नु उचित हुने बताए । 'कतिपय अधिकार
व्यक्तिको योग्यता र क्षमतामा पनि भरपर्छ' उनले भने ।
मुलुकको लोडसेडिङ कम गर्न भारतीय विदेशमन्त्री एसएम कृष्णा नेपाल आउँदा
थप ६० मेगावाट बिजुली किन्ने प्रस्ताव गरिएको उनले जानकारी दिए । उनले
भने- मुलुकमा प्राविधिक र मानवीय कारण विद्युत् चुहावट २७ प्रतिशत छ
तामाकोसीलगायत आयोजना सम्पन्न भएपछि लोडसेडिङमा केही सुधार हुन सक्छ ।
भट्टराईले एउटा मुलुक चलाउन नसकिरहेको अवस्थामा धेरै राज्य बनाएर मात्र
जनताको आकांक्षालाई मूर्त रुप दिन नसकिने बताए । माओवादीको अनिश्चितकालीन
आम हडताल फिर्ता संयन्त्रको सकारात्मक कदम भएको उनको धारणा थियो ।
कार्यक्रममा भौतिक योजना तथा निर्माण राज्यमन्त्री साजयकुमार साहले
मुलुकमा राज्यमन्त्रीको आवश्यकतै नभएको बताए । 'पार्टीभित्र चित्त बुझाउन
मन्त्रालयपिच्छे राज्यमन्त्री राखिएको छ' उनले भने- विना काम अनाहकमा
राज्यमन्त्री राखेर राज्यको ढिकुटी खर्च भइरहेकेा छ ।
उनले संघीयताविरोधीहरु राष्ट्रघाती भएको बताए । पूर्व मेचीदेखि पश्चिम
महाकालीसम्म एक मधेस प्रदेश हुनुपर्ने उनको धारणा थियो ।
उनले निश्चित विचार लिएर हिँडेका लडाकुलाई सेना समायोजन गरे मुलुकमा
लोकतन्त्र नरहने दाबी गरे । 'त्यसो भयो भने मुलुक कम्बोडिया बन्छ' उनले
भने ।
'मेरा मन्त्री शरदिसंह भण्डारी ग्रेट हुनुहुन्छ' कार्यक्रममा पर्यटन
राज्यमन्त्री शत्रुघ्नप्रसाद िसंह कोइरीले भने- उहाँसँग मेरो केही गुनासो
छैन । आफ्नो मन्त्रालय पर्यटन वर्ष २०११ सफल बनाउन लागिपरेको उनले
जानकारी दिए ।
कोइरीले मनपरी १४ वटा गणराज्य घोषणा गरेर माओवादीले जनतालाई मुर्ख बनाएको
बताए । उनले भने- मुलुकमा १४ वटा अाचल छँदैछन् तीनवटा प्रदेश छँदैछन्
जनतालाई किन झुक्काउने  उच्च संयन्त्रमा मधेसवादी मोर्चाका अध्यक्ष एवं
संविधानसभाको ठूलो दल फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदारलाई
नसमेटेकोमा उनले आपत्ति जनाए ।
कार्यक्रममा शिक्षा राज्यमन्त्री गोविन्द चौधरीले जेठ १४ मा संविधान जारी
नभए मुलुक गृहयुद्धमा फँस्ने दाबी गरे । 'समयमा संविधान जारी नहुने
स्थितिमा दलहरुले कि अन्तरिम संविधान संशोधन गर्नुपर् यो कि मुलुक
गृहयुद्धमा फँस्छ'. उनले भने । राज्यमन्त्री चौधरीले माओवादी लडाकुको
व्यवस्थापन नगरी संविधान बन्न नसक्ने स्पष्ट पारे । साथै उनले आफ्नो
मन्त्रालयमा अधिकारको बाँडफाँटमा कुनै समस्या नरहेको र मन्त्रीसँग
सन्तुष्ट रहेको बताए ।
कार्यक्रममा महिला तथा बालबालिका राज्यमन्त्री रामवचन ऐरीले लामो
संघर्षपछि मन्त्रीबाट आफ्नो टेबलमा फाइलहरु आउन थालेको बताए । उनले भने-
मुलुकमा कोही कसैसँग सन्तुष्ट हुने स्थिति छैन । मन्त्री राज्यमन्त्री र
सचिवका आआफ्ना कर्तव्य पालना गर्नुपर्ने र गल्ती भए सुधारेर अघि
बढ्नुपर्ने उनको धारणा थियो । ऐरीले प्रधानमन्त्री बन्ने होडबाजीले मुलुक
नबन्ने ठोकुवा गरे । उनले भने- नेताहरुमा त्यागको भावना छैन । अहिले उच्च
संयन्त्रका नाममा षड्यन्त्र भएको आरोप उनले लगाए ।
यस्तै उद्योग राज्यमन्त्री दानबहादुर चौधरीले मुलुकमा हिमाल पहाड र
तराईका तीन प्रदेश भए पुग्ने बताए । उनले भने- 'जनआकांक्षा पूरा गर्न
उपप्रदेशहरु थप्न सकिन्छ । '

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।