Skip to main content

अनुहारमा एसीड हालीएकी चेली नौं महिना पछि घर फर्कीन



-सन्तोष दाहाल, बहराइन
नाम जानुका आर्चाय, भवानीपुरजीतपुर-४, बारा, नेपालकी ३१ वषर्ीय यी महिला एक वर्षअघि बहराइनको मोहारक स्थित एक बहराइनीको घरमा हाउसमेडको रुपमा काम गर्न आएकी थिइन। निजको भनाई अनुसार उनलाई उनकी मालीकनीले नौं महिना अघि अनुहारमा एसीड हालीदीएकी थिइन् र नीजलाई एक कोठामा बन्धक बनाएर राखेकी थिइन तर दुभार्ग्य बस छीमेकीले चालपाएर पुलीसलाई खबर गरीदीएको पछि पुलीसले उनलाई उद्दारगरी लगेर बहराइनको सरकारबाट सञ्चालीत एक सामाजिक संस्थामा राखीदीयो र त्यो संस्थाले निजलाई उनको उडान हुने दिन सम्म पालेर राख्यो र सो संस्था मार्फ नै नीजको मालीकबाट छतीपर्ूर्ती दिलाउन त्यो संस्थाले अदालतमा मुद्धा दायर गर्‍यो र त्यो मुद्धाको फैसलाहुन नौं महिना लाग्यो तैपनि दर्ुभाग्यबस त्यो मुद्धा पीडीतकै मालीकले जीत्यो र नेपाली क्लब बहराइनको रोहवरमा नीजलाई नेपाल पर्काउने निर्ण्र्ााभयो। पीडीतको मालिकले उनलाई मुद्धा जितेको हिसाबले कुनै पनि छतीपर्ूर्ती नदिने भयो भने २२ दिनको तलब र हवाई टिकट मात्र दियो निर्ण्र्ाागर्‍यो र नेपाली क्लबको आग्रह अनुसार बिभिन्न संघ संस्थाहरुले निजलाई आर्थिक सहयोग गर्नुभयो जसमा सहयोग गर्ने संघहरु क्रमश छन् -१) नेपाली क्लब ३५ बीडी -२) नेपाली क्लबको कार्यसमिति सदस्यहरु ब्ााट ४० बीडी -३) खोटाङ्ग जनकल्याणकारी समिति २८.५ बीडी -४) म्याग्दी उद्दार समिति २८ बीडी -५) मगर संघ १० बीडी -६) किरात याक्थुम चुम्लुङ्ग १५ बीडी -७) गुल्मी समाज २४ बीडी -८) एनआरएनए २१ बीडी -९) प्रवासी युवा समिति १० बीडी -१०) दिप ज्योति समूह १० बीडी -११) बहराइन तामाङ्ग संघ १८ बीडी -१२) मेचीकाली जन सेवा मञ्च १० बीडी -१३) तमु समाज १५ बीडी -१४) बहराइनीहरुको एक संस्था ६० बीडी -१५) मःम इन्टरनेशनल क्याटरीङ्ग बाट जम्मा भएको १३ बीडी -१६) नेपाली कोल्ड स्टोरबाट जम्मा भएको ४९.५ बीडी र -१७) उनको स्पोन्सर बाट २२ दिनको तलब ३६ बीडी गरी जम्मा ४२३ बीडी -नेपाली रु. ७८,२६६.००) नेपाली क्लबका अध्यक्ष श्री दर्ुगा गिरीले पिडीतलाई दिनुभयो। भने नीज १९ जनवरी २०१० का बिहान इतिहाद एयरबाट नेपाल फकीसकेकी छीन्।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।