Skip to main content

अधिकांश ग्रामीण सडक जोखिमपूर्ण, गुल्मेली समाज बहराइन गठन

अधिकांश ग्रामीण सडक जोखिमपूर्ण

> घनश्याम गौतम / गुल्मी दर्शन
जिल्लाका अधिकांश ग्रामीण सडक प्राविधिक र सवारी सञ्चालनका दृष्टिले
जोखिमपूर्ण रहेका छन । सवारी सञ्चालनका लागि आवश्यक मापदण्ड पुरा नगरिएका
कारण यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य छन । यहाँका ३५ मध्ये २०
सडक सवारी सञ्चालनका दृष्टिले खतरायुक्त रहेको जिल्ला प्राबिधिक
कार्यालयले जनाएको हो ।
'प्राविधिक दृष्टिले सबै पक्ष पूरा भएपछि मात्र सवारी चलाउनुपर्ने भए पनि
अहिलेसम्म सवारी सञ्चालक र उपभोक्ताले चासो दिएका छैनन्,' कार्यालयका
इन्जिनियर मेघराज ज्ञवालीले भने, 'अपूर्ण सडकमा सवारी चलाउँदा
सर्वसाधारणको यात्रा बढी जोखिमपूर्ण हुने गरेको छ ।' उनले सामान्य
बाटोमा जिप चलाउन सडक कम्तीमा ४ मिटर चौडा, १२ रेडियस मोड, ७ प्रतिशत
ग्रेड हुनुपर्छ । जिल्लाका अधिकांश सडकमा ती पूर्वाधार छैनन् ।
जिपमात्र चल्न सक्ने यस्ता सडकमा भरीभराउ यात्रु राखेर बस, ट्रक र
ट्याक्टर चलिरहेका छन् । प्राविधिक रूपमा पास नभएका अधिकांश सडकमा
राजनीतिक दल, उपभोक्ता समिति र यातायात व्यवसायी समितिले सवारी सञ्चालन
गराउँदै आएका छन् । प्राविधिक कार्यालयले अहिलेसम्म कुन सडक बस, ट्रकका
लागि, कुन जिप, ट्याक्टरका लागि उपयुक्त भनेर वर्गीकरण गरेको छैन ।
जिल्लाका ठूला सडक रिडी-रुद्रवेणी- वामीटक्सार, तम्घास- छल्दी-सिमलटारी,
धुर्कोटरजस्थलदेखि हाडहाडे गाविस, ठूलापोखरा भे+mडी सडक,
ग्वाघा-त्रिवेणी-भुतर्ुङलगायत सडक अत्यन्तै जोखिम पूर्ण छन् ।
रिडीदेखि वामीटक्सार सडकको रिडी-रुद्रवेणी खण्डमा नियमित सवारी चल्न
थालेको १४ वर्षभन्दा बढी भएको छ । कच्ची, अत्यन्तै साँघुरो र तलपट्ट
िकालीगण्डकी रहेको त्यस खण्ड जिल्लाको सबैभन्दा व्यस्त सडक हो ।
त्यस्तै जिल्लाको अर्को ठूलो कच्ची सडक तम्घास सिमलटारीको तम्घासदेखि
छल्दी खोलासम्मको सडक पनि अति नै जोखिमपूर्ण छ । उक्त सडकमा दिनहुँ
जोखिम मोल्दै एक दर्जन सवारी ओहोरदोहोर गर्ने गरेका छन् । यातायात
व्यवसायीले सवारी सञ्चालन गनर्ुपूर्व जिविस वा प्राविधिक कार्यालयबाट
स्वीकृति लिनुपर्ने भए पनि अहिलेसम्म त्यसो हुन सकेको छैन । बरु
व्यवसायीले सडक निरीक्षणका लागि व्यवसायी मात्र संलग्न गरेर समिति
बनाउने गरेका छन् ।

गुल्मेली समाज बहराइन गठन

-"निराश बिरही" रेशम थापा, बहराइन/
बहराइनमा बसोबास गर्दै आएका गुल्मेलिहरुको एक भेलाले गुल्मेली समाज
बहराइन गठन गरेको छ । जागिर तथा ब्यवसायको सिल्सिलामा बहराइनमा
बसिरहनुभएका गुल्मेलिहरुको उम अल हस्सन भन्ने ठाँउमा बसेको भेलाले
गुल्मेली समाज बहराइन गठन गरेको हो । सभापति देउ प्रसाद पुनले दीप
प्रज्वलन गरी कार्यक्रम सुरु गर्नु भएको थियो । करिब ५० जना
गुल्मेलीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा पुनले समाजको निती नियम,
बिधान, समाजका उद्देश्यहरु तथा भावी कार्यक्रमहरु प्रस्तुत गर्नुभएको
थियो । "हामी गुल्मेलिहरु रोजगारिको सिलसिलामा आफ्नो जिल्ला र देश छोडि
बिदेशी भुमिमा पसिना बगाउनु परेपनी आफ्नो गाउँ ठाउँलाई कहिले पनि भुल्नु
हुन्न, हामी अझ एकत्रित भएर आफ्नो गाउँ ठाउँको बिकासको लागि सक्दो
प्रयास गर्नुपर्छ", पुनले बताउनुभयो । बहराइनमा करिब ३ देखी ४ सयको
हाराहारिमा गुल्मेलिहरु रहेका तर सुचनाको अभाव तथा ब्यस्तताले गर्दा
सबैजना उपस्थित हुन भने सकेका थिएनन । प्रथम भेलामा उपस्थित हुन नसक्नु
भएका सबै गुल्मेली मित्रहरुलाई पनि समेटेर आगामी दिनमा सबै गुल्मेलिको
सुख-दु:खमा हातमा हात मिलाउदै जाने कुरा पनि उपस्थित महानुभावहरुले
बताउनुभएको थियो ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।