वीरगंज २३ पुस। कठ्याङ्ग्रीदो जाडोसँगै बढेको शितलहरका कारण बारा र पर्सामा गरी थप २ जनाको मृत्यु भएको छ। योसंगै मध्य तर्राईमा जाडोको कारण मृत्यु हुनेको सङ्ख्या दर्जनौं पुगेको छ। अत्याधिक चिसोका कारण कठ्याङ्ग्रीएर बुधबार राति बारा लिपनीमाल गाविसका ५५ वषर्ीय बुधन राम र पर्सा जानकीटोलाका ६६ वषर्ीय रुदल केवटको मृत्यु भएको प्रहरीले जनाएको छ। शितलहर र बाक्लो हुस्सुको कारण ७ दिनदेखि मध्य तर्राईको जनजीवन कष्टकर बनेको बताइएको छ।
खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो । सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ । साथै, बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...
Comments
Post a Comment