Skip to main content

शान्ति र संबिधानका लागि मिशन पत्रकारीता आबश्यक ः धमला

बीरगञ्ज, १६ माघ। रिर्पोर्टस क्लब नेपालका अध्यक्ष ऋषि धमलाले शान्ति
प्रकृयालाई समयमा टुङगोमा पुराएर नयाँ संबिधान निर्धारीत समयमा जारि गर्न
मुलुकमा मिसन पत्रकारीता आबश्यक रहेको भएको छ।
बिरगञ्जबाट प्रकासीत हुने अंकुश दैनिकको १२ औ बाषिर्क उत्सव कार्यक्रममा
आज धारणा राख्दै अध्यक्ष धमलाले तोकिएको समयमा शान्ति प्रकयालाई तार्किक
निस्कर्षा पुराएर नयाँ संबिधान जेष्ठ १४ जारि गर्नका लागि मिशन
पत्रकारीता आबस्यक रहेको बताउनु भयो। प्रमुख अतिथिका रुपमा उपस्थित
धमलाले केहि समयका लागि ब्यावसायीक पत्रकारीता लाई कम महत्व दिएर शान्ति
र संबिधानका लागि सबैले सहयोग गर्नु पर्ने दोहराउनु भयो।
उच्च स्तरीय राजनीतिक संयन्त्र राजनीतिक सहमति र सहकार्यका लागि
संजिविनी बुटि भएको उल्लेख गर्नु भएका अध्यक्ष धमलाले लोकतन्त्र, काननी
राज्य, प्रेस स्वतन्त्रताका लागि संयन्त्रले सहयोग गर्ने बताउनु भयो।
तर्राईका क्षेत्रमा सञ्चारकर्मिलाई पत्रकारीता पेसको जिम्बेवारी निभाउन
अत्यन्तै चुनौती रहेको बताउनु भएका धमलाले स्वतन्त्र प्रेसको सम्मान गर्न
अबै संग अपिल गर्नु भएको छ। तर्राईमा कार्यरत पत्रकारको सुरक्षा प्रति
चिन्तीत अध्यक्ष धमलाले सुरक्षाको प्रत्याभुति दिन सरकार संग माग गर्नु
भएको छ।
कार्यक्रममा सहभागि पत्रकार महेश गौतम , राजु श्रेष्ठ तथा अंकुश दैनिकका
सम्पादक प्रकासक बिजय चौहान लगायतका सञ्चारकर्मिहरुले पत्रकारीताको
पेसालाई निस्पक्ष रुपमा राख्न आग्रह गर्दै स्वतन्त्र प्रेसको रक्षाका
लागि धारणा राख्नु भएको छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

शुसिल कोईराला आज रोल्पाको लिवाङ आइपुग्ने

ज्ञानेन्द्र शर्मा लिवाङ माघ २१ गते। नेपाली काग्रेसका कार्य बहाक सभापती शुसिल कोईराला आज रोल्पाको लिवाङ आइपुग्ने कार्यक्रम रहेको छ। कार्य बहाक सभापती कोईरालाले भोली नेपाली काग्रेसले रोल्पाको लिवाङमा गर्न लागेको आम सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भोली रोल्पाको लिवाङमा नपाली काग्रेसले बिशाल आम सभा गर्ने जनाएको छ। बिगतको समयमा रोल्पाका २ वटै क्षेत्रबाट आफ्नो सिट सुरक्षित गर्न सफल भएको नेपाली काग्रेसले संबिधान सभाको चुनावमा भने नराम्रो संग हार बेहोर्नु परेको थियो। नेपाली काग्रेसले रोल्पामा केही दिन यता पार्टर्ीींगठन बिस्तारलाई त्रि्रता दिएको छ भने पार्टर्ीीार्यकर्ताको लागि नबिकरण गर्ने अन्तिम समय पनि आज सम्म राखेको छ। नेपाली काग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले पनि रोल्पामा आफ्नो संगठन बिस्तार गरेको छ।