Skip to main content

चिसो सिरेटोका कारण आईतबार ४ जनाको ज्यान गयो

वीरगंज १९ पुस । विगत केही दिनदेखि बाक्लो हुस्सोसंग चलेको चिसो सिरेटोका कारण मध्य तथा पूर्वी तराईमा जाडोले कठ्यांग्रीएर आईतबार ४ जनाको ज्यान गएको छ ।

चिसोका कारण कठ्यांगि्रएर बाराको गञ्जभवानीपुर-२ की ४८ वषिर्या फुलमती देवी वीरगंज-१८ का ६० वषिर्य जयसिंह राउत रहेका छन् ।

बाक्लो हुस्सोसंगै चलेको चिसो शितलहरले मध्य तराईको बारा, पर्सा र रौतहटमा कोल्ड डायरिया, निमुनिया, रुघाखोकी, दमलगायतका रोगबाट ग्रसित विरामीहरुको अस्पतालमा भिड लागेको छ ।

चिसोका कारण वृद्धवृद्धा र बालबालिकाहरु बढी प्रभावित भएका छन भने बजारमा सर्वसाधरणको चहल पहल निक्कै कम भएको छ ।

चिसो बढेका कारण बीरगन्जका शिक्षणस्ंथाहरुमा पनि विधार्थीहरुको उपस्थिती न्यून रहेको छ भने दैनिक मजदुरी गरेर गुजारा चलाउने रिक्सा, ठेला चालकहरुलाइ निक्कै अप्ठयारो परेको छ ।

बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएका कारण सडकमा गुड्ने सार्वजनिक सवारीसाधन पनि पातलीएका छन् । त्यस्तै विगत चार दिन देखि लागेको बाक्लो हुस्सुका कारण बाराको सिमरा विमानस्थलमा हवाइ उडान पनि प्रभावित भएको छ ।

विमान अवतरणका लागि १२ फिट माथि आकाशबाट धावन मार्ग देखिनुपर्नेमा बाक्लो कुहिरोका कारण देख्न नसकिने भएकाले आईतबार पनि उडान ठप्प हुने विमानस्थल प्रमुख विक्रम गौतमले बताउनुभयो ।

मौसम विमान विभागका अनुसार आज सीमरामा आजको तापक्रम न्यूनत्तम ५ डिग्री सेल्सियस र अधिकत्तम ११ डिग्री सेल्सियस रहेको छ।खराब मौसमका कारण हिजो पनि सातवटै हवाई उडान ठप्प हुन पुगेको थियो ।

यस्तै बाक्लो हुस्सोसंगै चलेको शितलहरका कारण सप्तरीमा २ जनाको ज्यान गएको छ । यो संगै सप्तरीमा चिसोले कठ्यांगि्रएर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

मृत्यु हुनेमा कटैया गाविस-१ निवासी ४५ वर्षिया चुकनीदेवी मलाह र राजविराज नगरपालिका-३ निवासी ६० वर्षिया बुछकीदेवी साह रहेका छन् ।

अत्यधिक चिसोका कारण बिरामी परेकी मलाहाको आईतबार बिहान मृत्यु भएको छ भने साहको गएराति मृत्यु भएको स्थानीय बासिन्दले बताएका छन् ।- अनलाइनखबर

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...