Skip to main content

विद्युत महसुल बढ्छ ः ऊर्जामन्त्री

काठमाडौं, माघ १९। ऊर्जामन्त्री डा. प्रकाशशरण महतले तल्लो वर्गका उपभोक्तालाई मर्का नपर्नेगरी विद्युत महसुल बढाउन लागेको बताएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा मन्त्री महतले नौ वर्षेखि विद्युत महसुल नबढेकाले समायोजन गर्न लागिएको जानकारी दिए।
    'हरेक वस्तुको हरेक महिना भाउ बढ्छ, तर नौ वर्षम्म विद्युत महसुल बढेको छैन,' उनले भने- नेपाल विद्युत प्राधिकरणले विभिन्न वर्गीकरण गरेर महसुल वृद्धिको तयारी गरेको छ। उनले विचाराधीन विषय भएको भन्दै थप कुरा खुलाएनन्।
    रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा उनले मुलुकको ऊर्जा संकट ४, ५ वर्षा समाप्त गर्न विभिन्न पर्ूवाध्ाार निर्माणका काम भइरहेको बताए। 'दस वर्षलामो द्वन्द्वका कारण मुलुकमा जलविद्युतमा लगानी हुन सकेन,' उनले भने- अहिले आत्मनिर्भर हुने स्थिति नभए पनि १२ घण्टाभन्दा बढी लोडसेडिङ नबढाउने पक्षमा छौं।
    भारतबाट सोमबारमात्र ३० मेगावाट बिजुली आएको र अहिले भारतबाट १३० मेगावाट बिजुली आपर्ूर्ति भएको उनले बताए। विद्युत संकट कम गर्न थर्मल प्लान्ट मर्मत गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
    इर्न्भर्टरका कारण लोडसेडिङ  झन् बढ्ने अवस्था आएको औंल्याउँदै उनले त्यसको थप आपर्ूर्ति नगर्न सम्बन्धित मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए। मन्त्री महतले भने- इर्न्भर्टर चार्ज गर्न थप बिजुली लागेकाले इर्न्भर्टर राख्न नसक्ने उपभोक्ता झन् अध्याँरो बस्नुपर्ने अवस्था छ। ऊर्जा मन्त्रालयले गाउँममा मात्र नभएर सहरमा समेत सौर्य ऊर्जालाई प्रोत्साहन गर्न सहुलियत र अनुदान दिने तयारी गरिरहेको उनले बताए।
    मन्त्री महतले दर्ुइ वर्षभत्र १२५ मेगावाटको जलविद्युत आयोजना सम्पन्न हुने र माथिल्लो तामाकोसी, माथिल्लो सेती, काबेली, पञ्चेश्वर प्राधिकरणलगायतका आयोजनबाट थप राहत पुग्ने जानकारी दिए। माथिल्लो कर्ण्ाालीमा माओवादी अवरोध खेदजनक भएको उनको टिप्पणी थियो। उनले भने- बेरोजगारी र गरिबीको अन्त्य चाहने हो भने विकासमा राजनीतिकरण गर्न छाड्नर्ुपर्छ। यसले विदेशी लगानीकर्तामा पनि नकारात्मक सन्देश जाने भएकाले माओवादी गम्भीर बन्ने अपेक्षा गरेकेा छु।
कार्यक्रममा उनले सरकार परिवर्तन गराउने प्रचण्डको खेलमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नफस्ने बताए। उनले भने- उच्चस्तरीय राजनीतिक संयन्त्र शान्ति र संविधानका लागि हो। यो सरकार गिराउने या बनाउने खेलमा लाग्दैन। कांग्रेस अहिलेकै सरकारको निरन्तरताको पक्षमा रहेको उनको भनाइ थियो। 

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।