काठमाडौं, माघ १९। ऊर्जामन्त्री डा. प्रकाशशरण महतले तल्लो वर्गका उपभोक्तालाई मर्का नपर्नेगरी विद्युत महसुल बढाउन लागेको बताएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा मन्त्री महतले नौ वर्षेखि विद्युत महसुल नबढेकाले समायोजन गर्न लागिएको जानकारी दिए।
'हरेक वस्तुको हरेक महिना भाउ बढ्छ, तर नौ वर्षम्म विद्युत महसुल बढेको छैन,' उनले भने- नेपाल विद्युत प्राधिकरणले विभिन्न वर्गीकरण गरेर महसुल वृद्धिको तयारी गरेको छ। उनले विचाराधीन विषय भएको भन्दै थप कुरा खुलाएनन्।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा उनले मुलुकको ऊर्जा संकट ४, ५ वर्षा समाप्त गर्न विभिन्न पर्ूवाध्ाार निर्माणका काम भइरहेको बताए। 'दस वर्षलामो द्वन्द्वका कारण मुलुकमा जलविद्युतमा लगानी हुन सकेन,' उनले भने- अहिले आत्मनिर्भर हुने स्थिति नभए पनि १२ घण्टाभन्दा बढी लोडसेडिङ नबढाउने पक्षमा छौं।
भारतबाट सोमबारमात्र ३० मेगावाट बिजुली आएको र अहिले भारतबाट १३० मेगावाट बिजुली आपर्ूर्ति भएको उनले बताए। विद्युत संकट कम गर्न थर्मल प्लान्ट मर्मत गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
इर्न्भर्टरका कारण लोडसेडिङ झन् बढ्ने अवस्था आएको औंल्याउँदै उनले त्यसको थप आपर्ूर्ति नगर्न सम्बन्धित मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए। मन्त्री महतले भने- इर्न्भर्टर चार्ज गर्न थप बिजुली लागेकाले इर्न्भर्टर राख्न नसक्ने उपभोक्ता झन् अध्याँरो बस्नुपर्ने अवस्था छ। ऊर्जा मन्त्रालयले गाउँममा मात्र नभएर सहरमा समेत सौर्य ऊर्जालाई प्रोत्साहन गर्न सहुलियत र अनुदान दिने तयारी गरिरहेको उनले बताए।
मन्त्री महतले दर्ुइ वर्षभत्र १२५ मेगावाटको जलविद्युत आयोजना सम्पन्न हुने र माथिल्लो तामाकोसी, माथिल्लो सेती, काबेली, पञ्चेश्वर प्राधिकरणलगायतका आयोजनबाट थप राहत पुग्ने जानकारी दिए। माथिल्लो कर्ण्ाालीमा माओवादी अवरोध खेदजनक भएको उनको टिप्पणी थियो। उनले भने- बेरोजगारी र गरिबीको अन्त्य चाहने हो भने विकासमा राजनीतिकरण गर्न छाड्नर्ुपर्छ। यसले विदेशी लगानीकर्तामा पनि नकारात्मक सन्देश जाने भएकाले माओवादी गम्भीर बन्ने अपेक्षा गरेकेा छु।
कार्यक्रममा उनले सरकार परिवर्तन गराउने प्रचण्डको खेलमा कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नफस्ने बताए। उनले भने- उच्चस्तरीय राजनीतिक संयन्त्र शान्ति र संविधानका लागि हो। यो सरकार गिराउने या बनाउने खेलमा लाग्दैन। कांग्रेस अहिलेकै सरकारको निरन्तरताको पक्षमा रहेको उनको भनाइ थियो।

Comments
Post a Comment