Skip to main content

संविधानसभाको म्याद ६ महिना थप्ने तयारी ः मन्त्री खाँड

'कांग्रेसले सरकारको र्समर्थन फिर्ता लिए एमाले र माओवादीको गठबन्धन बन्छ'
माओवादी नेतृत्वमा सरकार बन्दैन ः रायमाझी
काठमाडौं, माघ १८। नेपाली कांग्रेसका नेता एवं सिंचाइ मन्त्री बालकृष्ण
खा"डले संविधानसभाको म्याद ६ महिना थप्ने तयारी सकिने बताएका छन्।
'संविधानसभाको म्याद सकिँदैमा आकाश खस्ने र पाताल भासिने होइन।
संविधानसभा र्सार्वभौम भएकाले यसले आफ्नो म्याद थप्न सक्छ,' सोमबार
रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खा"डले
भने- संंविधानसभाको म्याद सकिँदैमा राष्ट्रपतीय शासन लाग्ने वा सेना
सक्रिय हुने भन्ने कुरा अफवाह मात्र हो। दर्ुइ वर्षा संविधानसभाको म्याद
नसकिने उनको जिकिर थियो।
रिपोर्टर्स क्लब नेपालको अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न
साक्षात्कार कार्यक्रममा मन्त्री खाँडले कांग्रेसले संस्थागत
निर्ण्र्ाागरेर माधवकुमार नेपाल नेतृत्वको सरकारमा गएको तर अहिले सरकार
परिवर्तनको बारेमा कुनै सोचाइ नभएको स्पष्ट पारे। 'अहिले एकल पार्टर्ीी
देश चलाउन सक्तैन र एकल नेताले पार्टर्ीीलाउन पनि सक्तैन,' उनले भने-
त्यसको वर्तमान सरकारको विकल्प छैन।
उनले माओवादीलाई पनि यसै सरकारमा आउन आग्रह गरे। उनले भने- सबै दल मिलेर
शान्ति र संविधानलाई निष्कर्षा पुर्‍याउनु अहिलेको आवश्यकता हो। खाँडले
नागरिक सर्वोच्चताका नाममा कुनै दल विशेषको सर्वोच्चता कांग्रेसलाई
स्वीकार्य नहुने बताए।
कार्यक्रममा एकीकृत माओवादीका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले
राष्ट्रपतिको कदम नसच्चिई माओवादीको नेतृत्वमा सरकार नबन्ने बताए।
'राष्ट्रपतिको चालेको कदम असंवैधानिक कदमबाट यो सरकार बनेको हो,'
रायमाझीले भने- हामी त्यस्तो असंवैधानिक सरकारमा जाने कुरै हुँदैन।
प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वको सरकारमा जान सम्भव नहुने
नेता रायमाझीको भनाइ थियो। उनले कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई
प्रधानमन्त्री बनाउने प्रस्ताव माओवादीले नराखेको बताए। रायमाझीले
माओवादीले संस्थागत रुपमा कांग्रेसलाई शत्रु नठानेको तर व्यक्तिविशेषले
त्यस्तो गरेको हुन सक्ने औंल्याए। साथै उनले राष्ट्रपतिको कदमबारे
उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल हुने दाबी समेत गरे।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य प्रदीप नेपालले वर्तमान सरकारबाट
कांग्रेसले र्समर्थन फिर्ता लिए एमाले र माओवादीको गठबन्धन बन्ने दाबी
गरे। 'यो सरकारबाट र्समर्थन फिर्ता लियो भने कांग्रेस बाहिरिन्छ,' उनले
भने- एमाले र माओवादीको गठबन्धन बन्छ। तर, अहिले माओवादी या अरु
पार्टर्ीीे नेतृत्वमा बन्न नसक्ने ठोकुवा उनले गरे। उनले भने- अहिलेको
सरकारको विकल्प छैन, माओवादी पनि यसैको नेतृत्वमा आउँछ र यसैले शान्ति र
ंसंविधान बनाउँछ।
नेपालले उच्चस्तरीय राजनीतिक संयन्त्र बूढा नेताहरुको चिया खाने क्लब
मात्र भएको टिप्पणी गरे। उनले एम्ााले प्रजातान्त्रिक पार्टर्ीीएकाले
पार्टर्ीीत्र विवाद रहेको तर महिना दिनमा बैठक राखे सबै ठीक हुने दाबी
गरे। उनले १४ प्रदेश आवश्यक नहुने पनि बताए।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।