Skip to main content

प्रहरीसँगको भिडन्तमा ज्वालासिँह कमान्डरको मृत्यु

वीरगंज, १९ माघ। जनतान्त्रीक तर्राई मुक्ति मोर्चा ज्वाला सिंहका सैन्य कमान्डर कालीचरण भन्ने मोतिराम चमारको प्रहरीसंगको दोहोरो भिडन्तमा मृत्यु भएको छ।
    पर्सा जिल्लाको महुवन गाविस-५ मा सोमबार राति प्रहरी र मोर्चाका कार्यकर्ता  बीच झडप हुँदा चमारको घटनास्थलमै मृत्यु भएको हो।
    फिरौती रकम लिन मोटरसाइकलमा जाँदै गरेका मोर्चाका दर्ुइ जना कार्याकर्तालाई विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सर्ााट खटिएको टोलीले पछ्याउँदै जाँदा महुवन र गम्हरीयाको बीचमा भिडन्त भएको जिल्ला प्रहरी कार्यालय पर्सर्ाा प्रहरी निरीक्षक भुवनेश्वर साहले जानकारी दिए।
    मृतकको शवलाई पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा राखिएको छ। घटनास्थलबाट नलकटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने गोली एक थान, खोका एक थान, मोवाइल सेट एक थान तथा ग १. प ७०७ नम्बरको एउटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

Comments