पनौती, १९ माघ। मेलाहरुमा हरेकले मौका खोजेका हुन्छन्। पनौती मेलाको भीडलाई लक्षित गर्दै आयआर्जन गर्नेहरुलाई साइत जुरेको छ। हरेक दिन शिबजीको पुजा अर्चना गरी निधारमा टिका लाउने गौथली कोइराला मकर मेलामा सामेल छिन्। उनी पनौतीको त्रिबेणीमा भक्तजनहरुलाई टिका र प्रसाद बाँड्न ब्यस्त छिन्। उनले हरेक दिन पाँचसय बढी दर्शनार्थीहरुलाई टिका लाउदै आएको सुनाए। सनिवार भने यो संख्या दोब्बर भन्दा पनि हुन्छ। यसबाट गौथली दैनिक पाँचसय देखि एक हजार रुपियाँसम्म दक्षिणा पाएका छन्।
मेलाको कारण सिक्का साट्नेहरुको पनि ब्यापार फस्टाएको छ। मकर मेलाको अवसरमा दुइ दर्जन बढीले यस किसिमको ब्यापार गरिरहेको छ। उनीहरुले दैनिक एक सय देखि तीन सय रुपियँासम्म नाफा गर्ने बुझिएको छ।
बिद्यालय बिदा भएको मौकामा बिद्यार्थीहरुले पनि गोरखनाथ डाँडामा मिनरल वाटरको ब्यापर गरिरहेका छन्। मेलाको मौकामा बजारमा १५ रुपियाँमा बिक्री हुने बोटल २० रुपियाँमा सजिलै बेच्न सकिएको पानीको ब्यापार गरिरहको बिद्यार्थी सुवास पन्तले सुनाछन्।
गोरखानाथबाट फर्किने सिढीहरुमा सय वटा जति नाङलो पसलहरु खुलेका छन्। त्यहाँ खासगरी खुवाका पसलहरु रहेका छन्। यसै बाहेक बदाम, सुन्तला र टुलबालाहरु पनि बिक्री गर्न राखिएका छन्। अरु बेला प्रति पाउ ६० रुपियाँमा बिक्री गरिने खुवा त्यहाँ ७० देखि ८० रुपियाँमा बेचिने गरेको छ। मेलामा बिभिन्न समूहहरुले उठाउने गरेको चन्दा र आर्थिक सहयोगको कारण मुल्य बढाउनु परेको ब्यापारीहरु गुनासो छ।
गोरखानाथ डाँडामुनि देखि पनौती बसपार्कसम्मको सडक किनारमा बिबिध सामाग्रीहरु बिक्रीको लागि राखिएका छन्। यस स्थानमा मेलाको लागि भनेरै नै पचास वटा बढी होटेल तथा रेस्टुररेण्ट खुलेका छन्। त्यहाँको खानामा २० देखि १०० प्रतिशतसम्म मुल्य बढाएको छ। चर्को पसलको बहालको कारण मुल्य बढाउन बाध्य भएको भक्तपुरबाट आएर त्यहाँ अस्थायी होटेल चलाएका मकर श्रेष्ठले दाबी गरे। होटेलहरुमा बस्ने ठाउँ नभकोले खेतवारीमा खानपिन गर्नेहरु पनि प्रशस्त देखिए।
गोरखनाथ गणका सिपाहीहरुले समेत बनेपाबाट ब्यागहरु ल्याइ सडक ब्यापर चलाएका छन्। मेलामा जुत्ता, चप्पल, ज्याकेट, झोला, पाइन्ट आदि किनबेच गर्नेहरुको पनि भीड लागेको छ।
मेलाको लागि निजी क्षेत्रले गरेको सशुल्क पार्किङको ब्यबसाय पनि फस्टाएको छ। पार्किङ शुल्क २ पाङग्रेको लागि २० रुपियाँ, चार पाङग्रेको लागि ४० र ठुला गाडीको लागि पचास रुपियाँ तोकिएको छ। माघ मसान्तसम्ममा मेलाका दर्शक पचास लाख नाघ्ने मेला ब्यबस्थापन समितीले अनुमान गरेको छ। मेलामा भएको भब्य कारोबारबाट सबैजना मख्ख छन्। रविन राचलिका हरीत समूह भक्तपुर

Comments
Post a Comment