Skip to main content

अन्तराष्ट्रियस्तरको प्रयोगशालामा विभिन्न विषयमा सोध

वीरगंज, १८ माघ । वीरगंजको हरिखेतान क्याम्पसमा निर्मित
अन्तराष्ट्रियस्तरको आदर्श अनुसन्धान प्रयोगशालामा विभिन्न सोध-अनुसन्धान
भइरहेको छ।
आज क्याम्पस प्रमुख भगवान प्रसाद यादवले एक पत्रकार सम्मेलनको आयोजना
गरी सोधकर्ताहरुले विभिन्न विषयमा अनुसन्धान गरेको जानकारी गराएका छन्।
सोधकर्ता डा. उमेशप्रसाद श्रीवास्तवले एग्रो ब्याक्टेरिया बिएनटुए बारा
जिल्लाबाट उत्पादन गरेका छन् भने १० वर्षसम्म पनि सेफटी टयांक भर्न नदिने
एक ब्याक्टेरियाको अनुसन्धान गरिरहेको जानकारी बताए।
त्यस्तै सोधकर्ता साहेब अलि, विश्वेश्वरप्रसाद यादव, डा. महेन्द्र
प्रसाद गुप्ता, डा. पंकज कुमार, डा. मन्दिपकुमार रायले पनि विभिन्न
विषयमा सोध गरिरहेको डा. भगवानप्रसाद यादवले जानकारी गराए।

Comments