१९ माघ, वीरगंज । बाराको पिपरा सीमरा गाविस वडा नम्बर ९ पथलैया स्थित पूर्व पश्चिम राजमार्ग छेउछाउमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहराहरु जिल्ला वन कार्यालयले मंगलबारदेखि भत्काउन सुरु गरेको छ ।
जिल्ला बन कार्यालय बाराका साहायक बन अधिकृत भक्त लामाको नेतृत्वमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले मंगलबार पाँच बिगाहा क्षेत्रफलमा रहेको बीस वटा घर टहरा भत्काएको छ ।
मंगलबार टहरा भत्काउने क्रममा वन टोली र स्थानीय सुकुम्बासीवीच सामान्य विवाद भए पनि अपि्रय घटना भने नभएको बताइएको छ ।
बाँकी रहेका घर टहराहरु भोलि बुधबार भत्काइने सहायक वन अधिकृत लामाले बताउनुभयो ।
वन अतिक्रमण गर्दै बस्ती बसाल्ने क्रम नरोकिएपछि अतिक्रमण नियन्त्रण गर्नका लागि अवैध घर टहरा भत्काउन सुरु गरिएको जिल्ला वन कार्यालय बाराले जानकारी दिएको छ । साभार- अनलाइनखबर

Comments
Post a Comment