Skip to main content

Posts

आगामी बजेटबारे छलफल

वीरगंज, २५ असार । उद्योग वाणिज्य महासंघ, रेडियो वीरगंज, बाइपास दैनिक र एबीसी टेलिभिजनको सहयोगमा बजेट विशेष कार्यक्रम सम्पन्न भयो। आज वीरगंज उद्योग वाणिज्य संघमा सम्पन्न सो कार्यक्रममा वीरगंज भंसार, उद्योग वाणिज्य संघ वीरगंज, आन्तरिक राजस्व कार्यालय पर्साबीच आगामी २०६६-०६७ को बजेटको बारेमा छलफल भएको थियो। कार्यक्रममा वीरगंज भंसार प्रमुख केवलप्रसाद भण्डारी, वीउवासंघका अध्यक्ष ओमप्रकाश सिकारिया, आन्तरिक राजस्व कार्यालय पर्साका सचिव सत्यनारायण मण्डल, स्थानीय संचारकर्मी, उद्योगी, व्यवसायीबीच बजेटबारेमा छलफल गरिएको थियो।

महोत्तरी र मकवानपुरमा दुइ शव

वीरगंज, २५ असार । महोत्तरी र मकवानपुरमा वेवारिसे अवस्थामा दुइ शव फेला परेको छ। मकवानपुरको हेटौडा -१ राप्तीखोलामा करिब ४२ वर्षीय मंगोलियन अनुहार भएको एक व्यक्तिको शव फेला परेको छ भने सागरनाथ बन परियोजना, हातीलेट-९ को जंगलको खोल्सामा बर्दिबास-६ बस्ने ६९ वर्षीय  गोविन्द बहादुर थापा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

डांकाहरुको लुटपाट असफल

महोत्तरी, २५ असार । हतियारधारी डांकाहरुले लुटपाट गर्न खोज्दा स्थानीयवासीले होहल्ला गरेपछि डाकाहरु फरार भएका छन्। गए राति १ बजे महोत्तरीको डामीडमै-९ रतवाइ निवासी तेजना चौधरीको घरमा डांकाहरुले नलकटुवा बन्दूक देखाइ लुटपाट गर्न खोजेपछि गाउंलेहरुले होहल्ला गर्दा फरार भएका छन्। तेजना चौधरीलाइ सामान्य चोटपटक लागेको छ।

जताततै चक्काजाम, यात्रुलाइ सास्ती

वीरगंज, २५ असार । विभिन्न मांग राख्दै सडक अतिक्रमण गर्ने र चक्काजाम गर्ने कार्यले तीव्रता पाइरहेको छ। लगातार तीन दिनदेखि वीरगंज-पथलैया सडकखण्ड अवरुद्ध हुंदा हजारौं सवारीसाधनहरु अलपत्रमा परेका छन्। आज बिहान पनि औद्योगिक कोरिडोरको विभिन्न स्थानहरुमा प्रदर्शनकारीले चक्काजाम गरेका छन्। कारखाना व्यवस्थापन पक्षले मजदूरलाइ कुटपिट गरेको विरोधमा तीन दिनदेखि वीरगंजको बहुअरी स्थित नेशनल पोली प्लास्टका मजदूरहरुले वीरगंज-परवानीपुर सडकखण्डको गण्डकमा चक्काजाम गरेका छन्। कारखाना व्यवस्थापनले केही महिना अघी कामदारलाइ निकालेको बिषयमा व्यवस्थापन पक्ष र मजदुर पक्षबीच झडप हुंदा ३ जना मजदुर घाइते भएपछि उपचार खर्च कारखानाले नै उपलब्ध गराउनुपर्ने मांग गर्दै सडक अवरुद्ध गरेका हुन्। यसैगरी गए राति रामपुर टोकनी-३ नजिकै ना३ख ६६२८ नं.को बसले ना२प ९४४९ नं.को मोटरसाइकललाई ठक्कर दिंदा बारा, फत्तेपुर-३ बस्ने कर्ण कुमार राय र राजु राय र १४ वर्षीया करिष्मा राय घाइते भएपछि करिष्माको बाटोमा नै मृत्यु भएको थियो। सोही बिषयलाई लिएर पीडित पक्षले गए राति अवरुद्ध गरेको सडकखण्ड प्रहरीले सम्झाइबुझाइ सुचारु गरेको थियो। ठक्करद...

नक्कली नोटसहित एक पक्राउ

धादिङ, २५ असार । नक्कली नोट लिएर सामान खरिद गरिरहेको आरोपमा प्रहरीले एकजनालाइ पक्राउ गरेको छ। गए राति १० बजे गजुरी-२ मलेखु बजारमा किनमेल गरिरहेका प्यूठान, टोखान-८ बस्ने ४२ वर्षीय विवेक बिष्टलाइ प्रहरीले एक हजार नक्कली नोटसहित पक्राउ गरी अनुसन्धान गरिरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

रिसको झोंकमा पिता द्वारा दुइ वर्षीया छोरीको पछारेर हत्या

सर्लाही, २५ असार । आफनै दुइ वर्षीया छोरीको हत्याको आरोपमा प्रहरीले एकजनालाइ पक्राउ गरेको छ। गए राति छटौल-३ सोनाह टोल निवासी उपेन्द्र माझी र उनकी पत्नि सुमिन्द्रा देवीबीच झैझगडा हुंदा रिसको झोकमा उपेन्द्रले आफनै दुइ वर्षीया छोरी प्रतिमाको खुट्टा समातेर भुइमा पछारेर हत्या गरेका हुन्। प्रहरीले माझीलाइ पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्राप्त जानकारीमा उल्लेख छ।

टेम्पो व्यवसायीद्धारा आन्दोलनको घोषणा

काठमाडौं, २५ असार । ग्याँस टेम्पो व्यवसायीले आन्दोलनको घोषणा गरेका छन् । आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका ग्याँस टेम्पो समस्या समाधान समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । ग्याँस टेम्पोलाई उपत्यकाबाट विस्थापित गर्न लागिएको भन्दै आन्दोलन गर्न लागिएको समितिका संयोजक शान्ताप्रसाद तिमल्सिनाले बताए । टेम्पो विस्थापित गर्दा हजारौंको रोजगारी खोसिने, विकल्पका रुपमा उठाइएका प्रस्तावहरु मान्य नभएको बताउदै तत्काल निर्णय फिर्ता लिन आग्रह गरे । भोलि तीनकुनेबाट माइतीघरसम्म टेम्पोसहित प्रदर्शन गर्ने, २७ गते बैठक बसी २८ गते सबै रुटका टेम्पोहरुको तीनकुनेबाट बानेश्वर, थापाथली, त्रिपुरेश्वर हुँदै रत्नपार्कसम्म र्याली गरी कोणसभा गर्ने कार्यक्रम रहेको उल्लेख गरे । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष राप्रसाद सुवेदीले व्यवसायी र मजदूरलाई मार पर्नेगरी टेम्पो विस्थापित गर्न लागिएको भन्दै विरोध गरे । उनले विस्थापित गर्नुअघि शतप्रतिशत भन्सार छूटसहित सहुलियतमा ऋण दिएर सवारी झिकाउने अवसर दिइनुपर्ने बताए । यातायात व्यवसायी महासंघ अञ्चल समितिका संयोजक निररत्...