Skip to main content

Posts

नेशनल मेडिकल कलेज आतंकवादीको अखडा

वीरगंज, ३२ साउन । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आबद्ध अखिल नेपाल स्वास्थ्यकर्मी श्रमिक संघ पर्साका घाइते मजदूर कर्मचारीले आज सांझ नारायणी उपक्षेत्रीय अस्पतालको प्रांगणमा एक पत्रकार सम्मेलनको आयोजना गरी नेशनल मेडिकल कलेज आंतकवादीको अखडा भएको आरोप लगाएका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै घाइते कर्मचारीहरुले आफूहरुको अवस्थाको बारेमा जानकारी गराएकाथिए। पत्रकार सम्मेलनमा विभिन्न १३ वटा स्वास्थ्यकर्मी संगठनहरुले संघर्ष समिति गठन गरी सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

नक्कली परीक्षार्थी पक्राउ

रामेछाप, ३२ साउन । एसएलसी पूरक परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। आज बिहान एसएलसी पूरक परीक्षा केन्द्र मन्थली उ.मा.वि.मा परीक्ष्ँा दिइरहेका शेखर खड्काले सोही विद्यालयको सि.नं.०१८०८९२ जे का छात्र कुमार मोक्तानको प्रवेश पत्रमा आप\mनो फोटो टांसी परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेका हुन्। खडका श्री काली देवी स्कूलबाट २०६५ को एसएलसी परीक्षामा सम्मिलीत भई सि.नंं.०१८०८४६ एल बाट द्वितीय श्रेणीमा उतर्ीण्ा भएका थिए।

विभिन्न स्थानमा दुर्घटना

वीरगंज, ३२ साउन । सडक निर्माणको मांग गर्दै पर्साको बहुअर्वा भाटाका स्थानीयवासीले सो सडकखण्डमा आज बिहान चक्काजाम गरेका थिए। आज बिहान हेटौडा, कर्रर्ााडकखण्डमा श्रमिक मा.वि.मा कार्यरत प्रधानाध्यापकलाई विद्यालय व्यवस्थापन समितिले हटाउन खोजेको विरोधमा अभिभावक, विद्यार्थीहरुले चक्काजाम गरेका थिए। गएराति निजगढको भमरा पुल नजिकै भैंसी लोड गरी आईरहेको ना.३.ख.५६१२ नं.को ट्रक अचानक दर्ुघटना हुंदा चालक सहित ५ जना यात्रुहरु घाइते भएका छन्। घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । आज बिहान सर्लाहीको हरिवन-९ नजिकै टाटा मोबाइलको चक्कबाट उछिदिएको ढुंगा लागेर कर्मैया-६ निवासी सनराइज वोडिङ स्कूलमा अध्यनरत वर्ष१८ को श्याम पुडासैनी घाइते भएका छन्। गए राति मकवानपुरको सामरी पुलमा पालुङबाट हेटौंडातर्फआईरहेको बा.३३प ५६५० नं.को मोटरसाइकल अचानक दर्ुघटना हुंदा हेटौडा-३ बस्ने मधुसुदन श्रेष्ठ र दिपक बुढाथोकी घाइते भएका छन्, दुवैको हेटौडा अस्पतालमा उपचार भइरहेको छ।

ब्युटिहरुले तीज मनाए

वीरगंज, ३२ साउन । ब्युटिसियन संघ पर्साले एक समारोहबीच तीज मनाउंदै दर खाएका छन्। आज होटल सूरजमा सम्पन्न कार्यक्रममा ब्युटिसियनहरु रानी जोन, मनिका रेडी, गुडडी जोशी लगायत ३० जना भन्दा बढी ब्युटिसियनहरुले दर खाइ नाचगान गरेका थिए। यसैगरी आज बिहान माइडिया पोखरी, वीरगंजमा श्री गोविन्दजीको पूजा सम्पन्न भएको छ। शोभायात्राले नगर परिक्रमा गरेको थियो।

पञ्चेश्वर अगाडि बढाइए देशका लागि दर्ुभाग्य

काठमाडौं, साउन ३२। एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले पञ्चेश्वर परियोजना अगाडि बढाइए देशकै लागि दर्ुभाग्य हुने टिप्पणी गरेका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै पञ्चेश्वरमा गर्न लागिएको सहमतिले देशको हित नगर्ने तर्क गरे। वर्तमान सरकारले पञ्चेश्वर परियोजना अगाडि बढाउन नसक्ने जिकिर गरे। भारतको आशिर्वाद पाएर सरकार गठन भएको भन्दै पञ्चेश्वर सहमति बनाउन खोज्नुले आशंकाहरु जन्माएको बताए। उनले भने,'पञ्चेश्वर अगाडि बढाउने सहमति बनाइए देशका लागि सबैभन्दा दर्ुभाग्यपर्ूण्ा हुन्छ।' प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमण कड्सी भ्रमणमै सिमित पार्न आग्रह गरे।

अपराधमा राजनीतिकरण भयो

काठमाडौं, साउन ३२। नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीको सशस्त्र युद्धपछि अपराधमा राजनीतिकरण भएको बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार दीपेशकुमार केसीको 'डकैतीको कारण र परिणाम' र 'खून' नामक दर्ुइवटा पुस्तक विमोचन गर्दै अपराधीलाई राजनीतिक आवरण दिने क्रम बढेकाले दण्डहीनता बढेको बताए। 'अपराधमा राजनीतिकरण भएको छ,' कांग्रेस उपसभापति समेत रहेको पर्ूव गृहमन्त्री पौडेलले भने,'माओवादीको सशस्त्र युद्धपछि अपराध बढेको हो।' सशस्त्र युद्धपछिनै अपराधले राजनीतिक आवरण लिएको तर्क गरे। देशमा अपराध चुनौतीपर्ूण्ा रुपमा बढेको भन्दै त्यसको अन्त्यका लागि गम्भीर हुनुपर्ने बताए। अपराधले राजनीतिक आवरण लिदा लोकतन्त्रमाथिनै चुनौती बढेको बताए।

आफनै पत्नी र छोराको एसिड हालेर हत्या

वीरगंज, ३२ साउन । एक व्यक्तिले आफनै पत्नि र छोराको एसिड हालेर हत्या गरी फरार भएका छन्। आज बिहान वीरगंजको महावीर टिवडेवाल धर्मशालाको रुम नं. ११८ मा मृत अवस्थामा फेला परेका सुनसरी, इटहरी-५ बस्ने राम देव मण्डलको पत्नी र छोराको नाम खुल्न सकेको छैन। अनुहारमा नाइटि्रक एसिड हालेर हत्या गरि पति मण्डल फरार भएको प्रहरीले दाबी गरेको छ।