Skip to main content

Posts

दलहरु इमान्दार हुने हो भने तोकिएकै समयमा सविधान बन्छ ः पहाडी

-यादव चौलागाइ- हेटौडा२५ भदौ . न्ाागरीक समाजका अगुवा तथा मानवअधिकारवादी कृष्ण पहाडीले तोकीएकै समयमै सविधान ब्ान्न्ो बताउनुभएको छ । न्ाागरीक सरोकार समिती मकवानपुरले हेटौडामा आयोजना गरेको नागरीक सभालाई सम्वोधन गर्दै मानवअधिकारवादी पहाडीले यस्तो बताउनुभएको हो। उहाले अझै पनि नागरीक समाजलाई राजनैतिक दलका नेताहरुले दलका कार्यकर्ताको रुपमा हेर्ने गरेकाले समस्या उत्पन्न्ा भएको बताउनुभयो। तोकीएको समयमा सविधान बनाउन गएका सभासदहरु नै जनताको प्रतिनीध्ाीत्व भएको संसद अवरुद्ध गर्ने र सविधान लेखनमा कृयाशिल नहुने हो भने फेरी अर्को भयावह संकट राज्यले भोग्नु पर्ने अवस्था आउने भएकोले संसद मा अवरुद्ध नगर्न उहाँले सभासदहरुलाई आग्रह गर्नुभयो। तोकीएको समयमा संविधान निर्माण गराउन दवाव दिने उद्देश्यले आयोजित सभामा पहाडीले नागरिक समाज यथार्थ र सत्यको पक्षमा लाग्ने बताउनुभयो। अहिले राजनीतिक दलहरुले सहमतिय राजनीतिलाई लत्याएर निशेधको राजनीतिलाई अंगालेका कारण मुलुक गम्भीर संकटमा फस्नसक्ने भन्दै सहमतिय राजनीतिको निरन्तर अगाडि बढाउन वहाले राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो। नागरीक समाजको खवरदार...

राप्रपाको ज्ञापनपत्र प्रधानमन्त्रीलाइ

वीरगंज, २५ भदौ । देशमा विद्यमान विभिन्न समस्याको समाधान गर्न राप्रपाले आग्रह गरेको छ। आज राप्रपाका गोखुलप्रसाद कुर्मीले जिल्ला प्रशासन कार्यालय पर्साका प्रजिामार्फत प्रधानमन्त्री समक्ष एक ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा शान्ति प्रकि्रयालाई निष्कर्षमा पुर् याइ दिगो शान्ति स्थापना गर्न जनताको जिउधनको रक्षु जीवनयापनका दैनिक उपभोग्य वस्तुहरु सर्वसुलभ गराउने लगायतको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको उल्लेख छ।

राष्ट्रपतीय शासनको श्रृंखलाबद्ध डिजाइन भइरहेको छ ः पुन

काठमाडौं २५ भदौ। नेकपा माअेावादीमा नेता एवं सेना समायोजन विशेष समितिका सदस्य बर्षमान पुन अनन्तले माधबकुमार नेपा नेतृत्वको वर्तमान सरकारले सेना समायोजन गर्न नसक्ने बताउनुभएको छ। उहांले बर्तमान सरकारले जनमुक्ति सनाको समायोजन गरी शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुर् याउन नसक्ने दावी गर्नुभयो। रिपोर्टस्र क्लव नेपालको साक्षात्कार कक्षमा बोल्दै नेता पुनले शान्ति प्रकृयालाई निष्कर्षमा पुर् याउन र माओवादी जनमुक्ति सेना समायोजन गर्नका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिनुभयो। माओवादी देशमा विद्यमान चुनौतिको सामना गरी सेना समायोजन र शान्ति प्रकृयालाई निष्कर्षमा पुर् याउन चाहन्छ् त्यसका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक छ त्यस्तो सरकारको नेतृत्व जसले गरेपनि त्यो आफुहरुलाई मान्य हुने नेता अनन्तले बताउनुभयो। राष्ट्रपतीय शासनको श्रृंखलाबद्ध डिजाईन भईरहेको बताउंदै नेता पुनले तिन दिनसम्म देश सेनापती विहिन रहेको बताउनुभयो। उहांले भन्नुभयो-कटवाल विदामा बसेको र बर्तमान सेिनापति गुरुङ्गले कामु नपाएको अवस्थामा तिन दिन मुलुक प्रधानसेनापति विहिन भयो। बर्तमान गतिरोधको अन्त्य गरी राजनीतिक...

अपहरित विद्यार्थीको रिहाइको मांग गर्दै धर्ना

वीरगंज, २5 भदौ । अपहरित विद्यार्थीको रिहाइको लागि प्रहरीले कुनै पहल नगरेको आरोप लगाउंदै स्वतन्त्र विद्यार्थी युनियन ठाकुर राम बहुमुखी क्याम्पस वीरगंजका विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा एक घण्टा धर्ना दिएका छन्। आज बिहान जिप्रका पर्सामा धर्ना िदंदै विद्यार्थीहरुले प्रशासनविरुद्ध नारा लगाएका थिए। उनीहरुले अपहरित विद्यार्थी यादवको रिहाइ नभए कडा आन्दोलन गर्ने चेतावनी दिए। गत भदौ २२ गते सांझ वीरगंजको भिस्वा नजिकै बाट हतियारधारी दुइ जनाले बन्दूक देखाइ सर्लाहीको सिसैरिया वडा नं। २ निवासी हाल ठाराब क्याम्पस बीएड तेश्रो वर्षमा अध्ययनरत छात्र अमितकुमार यादवको अपहरण गरेको थियो।

लोकतन्त्र र गणतन्त्रसम्म ल्याउन पत्रकार जगतको ठूलो भूमिका- राससका अध्यक्ष बालकृष्ण चापागाइ

वीरगंज २५ भदौ । राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष बालकृष्ण चापागाइले देशलाई लोकतन्त्र र गणतन्त्रसम्म ल्याउन पत्रकार जगतले ठूलो भूमिका खेलेको दाबी गरेका छन्। आज वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा राष्ट्रिय सहारा दैनिकको सातौ वार्षिकोत्सवको अवसरमा आयोजित संचारजगत माथिको आक्रमण र वर्तमान सरकारको भूमिका विषयक गोष्ठीमा बोल्दै उनले सो कुरा बताएका हुन्। चापागाइले मुलुकलाई दिशा निर्देशन गर्ने पहिलो काम पत्रकार जगतकै रहेको भन्दै देशलाइ कतातिर लैजाने दायित्व पत्रकारहरुको रहेको बताए। पत्रकारले जस्तो सूचना प्रवाह गर्छ समाज त्यतैतिर अवतरण हुने दाबी गर्दै चापागाइले भने -राष्ट्र र राष्ट्रियताप्रति गम्भीर भएर कलम पत्रकारले चलाउनुपर्छ कसैसंग नडराउनुस् कफन बांधेर लेख्नुहोस्। राष्ट्रिय सहारा दैनिकका प्रकाशक एवं सम्पादक चन्द्रभूषण साहको सभापतित्वमा सम्पन्न गोष्ठीमा संचारकर्मी अधिकारकर्मी लगायतको उपस्थिति थियो।

सबैभन्दा आतंक हुने देश नेपाल

वीरगंज २५ भदौ । बिना विभागिय मन्त्री लक्ष्मणलाल कर्णले सरकारमा सबैभन्दा बढी आतंक हुने देश नेपाल रहेको बताएका छन्। आज वीरगंज छपकैयामा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले मन्त्री कर्णको सम्मानमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। कर्णले विश्व आज आतंकको चपेटमा परेको बताउंदै आतंकलाई गोलीबाट समाप्त पार्न नसकिने दाबी गरे। सशस्त्र समूहहरुलाई हतियारको दम्भ त्यागेर वार्ता र संवादको माध्यमबाट मूलधारमा आउन आग्रह करणले गरे। कार्यक्रममा केन्द्रकी संचालिका रविणा दिदीले दोसल्ला ओढाइ मन्त्री कर्णको सम्मान गरेकी थिइन्।

हाइवेको लाइन होटल द्वारा यात्रुमाथि ठगी

भरतपुर २५ भदौ । राष्ट्रिय राजमार्गमा रहेका लाइन होटेलद्वारा यात्रुहरु नराम्रोसंग ठगिदै आएका छन्। हाइवेका लाइन होटलहरुले प्रत्येक बसको चालकलाई कमिशन दिएर आपुनो होटल अगाडि बस रोक्न लगाएर यात्रुहरुलाई ठग्ने सुनौलो अवसर निर्माण गरेका छन्। पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मको हाइवे र नारायणगढ- काठमाडौंको हाइवेमा रहेका प्रत्येक लाइन होटलहरुले सर्वसाधारण बस तथा ट्रकबाट यात्रा गर्ने यात्रुहरुलाई लुटिरहेको पाइन्छ। महंगी बढेको बहानामा लाइन होटलहरुले सादा खानाको रु ९० चना चिउरा प्लेटको ५० खिरको ५० सेल र चनाको १२० पुलाउको ८० एउटा अण्डाको १५ चाउचाउको ३० मासुभातको १३० रुपैयां यात्रुहरुसंग लिने गरेका छन्। बसबाट ओर्लनासाथ यात्रुहरुलाई हात समाएर घचेटेर आ-आफनो होटलमा घुसाएर मनपर्दी ढंगले रकम असूल गर्दै आइरहेका छन्। दिशा र पिसाब गरेर खाजा र खाना नखाइ फर्केका यात्रुहरुसंग समेत लाइन होटलवालो जथाभावी पैसा असूल गरी जघन्य अपराध गर्दै आएका छन्। होटलमा छिर्नासाथ होटलवालाको मुखपति मूल्य यात्रुहरुको काउन्टरमा बस्नेलाई बुझाउनुपर्ने बाध्यता छ। दशैं तिहार छठ र रमजान पर्वमा मानिसहरु बढी आवतजावत गर्ने हुनाले लाइन ह...