Skip to main content

Posts

पत्रकारहरु आचारसंहिताभित्र रहेर काम गर्नुपर्ने सुझाव

वीरगंज, २८ असोज । संचारकर्मीहरुले आचारसंहिताभित्र रहेर काम गर्नुपर्ने विभिन्न राजनीतिक दलका नेताहरुले सुझाव दिएका छन्। आज मधेश मिडिया मिशन नेपालले आयोजना गरेको पत्रकार आचारसंहिता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले सो कुरामा जोड दिएका हुन्। मिशनका अध्यक्ष्ँ संजीव मिश्राको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सभासद रामचन्द्र प्यासी, दिनेश गुप्ता, डा. विश्वम्भर शर्मा लगायतले बोलेका थिए। कार्यक्रममा मधेश मिडिया मिशन नेपालले आयोजना गरेको पत्रकार आचारसंहिता विषयक विभिन्न बुंदाहरु प्रस्तुत गरिएको थियो।

बैंक अफि एशिया नेपाल लिमिटेडको वीरगंज शाखा उद्घाटन

वीरगंज, २८ असोज । संगै प्रगति गरौं भनि अघि बढेको बैंक अफ एशिया नेपाल लिमिटेडले संचालनको दोश्रो वर्ष पूरा गरी तेश्रो वर्षमा प्रवेश गरे लगत्तै मुलुकको औद्योगिक नगर वीरगंजमा बाइसौं शाखा विस्तार गरेको छ। आज बैंकका संचालक समितिका अध्यक्ष त्रिलोकचन्द अग्रवालले एक कार्यक्रमबीच सो बैंकको उद्घाटन गरेका थिए। हालसम्म ८ अर्ब ९० करोड रुपिया निष्ैँप संकलन गरी ८ अर्ब ८६ करोड रुपिया कर्जा प्रवाह गरेको बैंकले यस आर्थिक वर्षभत्र कम्तीमा थप ५ शाखा विस्तार गर्ने लक्ष्य राखेको छ।

सभासद् सिंहको धम्कीले पत्रकारहरु थप असुरक्षित

काठमाडौं, २८ असोज । तराइ मधेश लोकतान्त्रिक पार्टर्ीीम्बद्घ संबिधानसभाका सभासद बबन सिंहले हालै बारामा दिएको अभिव्यक्ति प्रति रिपोर्टस क्लब नेपालको गम्भीर ध्यानाकर्षण भएको छ। आज क्लबका अध्यक्ष्ँ ऋषि धमलाले एक प्रेस विज्ञप्ति जारी गरी लोकतन्त्र स्थापना भइसकेको अवस्थामा अहिले फेरी त्यस्ता अभिव्यत्ति, आउनुले निरंकुश राजतन्त्रका अवषेशहरु बाँकी नै छनकि भन्ने आशंका उब्जाएको उल्लेख छ। विज्ञप्तिमा पहाडे पत्रकारहरुले मधेशको समाचार नलेखेको आरोप लगाउदै त्यसै नछाड्ने सभासद् सिंहको धम्कीले पत्रकारहरु थप असुरक्षित बनेका छन्। संविधान बनाउने सभासद जस्तो जिम्मेवार ब्याक्ति भएर पनि यस्तो अभिव्यक्ति आउनु आपत्ति जनक र खेद पर्ूण्ा छ। रिपोर्टस क्लब नेपाल तराइ मधेश लोकतान्त्रिक पार्टर्ीीइ पत्रकारहरु प्रतिको धारणस्पष्ट पार्न आग्रह गर्दछ । साम्प्रदायिक सद्भाव धमिलीने गरी पहाडे समुदाएका पत्रकारले तराइबाट पत्रकारीता नै छाड्नु पर्छ भनि सिंहले दिएको अभिव्यक्ति स्वतन्त्र पत्रकारीता बिरोधी छ । साथै तराइमा पत्रकारीता गरिरहेका संचारकर्मिलाई यस्ता अभिव्यक्तिले त्रासमा बाच्न विवस बनाएकाले पत्रकारको सुरक्षामा विशेष ध्या...

माओवादीको एकमात्र लक्ष्य यो सरकार विस्थापीत गर्नु-प्रकाश

काठमाडौ, २८ असोज। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायण काजी श्रेष्ठ प्रकाशले माओवादीको एकमात्र उद्देश्य यो सरकारलाई विस्थापीत गरी नयाँ सरकार बनाउनु रहेको बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै माओवादी उपाध्यक्ष प्रकाशले माओवादीको तत्कालको लक्ष्य नागरीक सर्वोच्चता कायम गर्नु र त्यसपछि आफ्नै नेतृत्वमा सरकार बनाउनु रहेको बताए। उनले वर्तमान सरकार दिनप्रतिदिन कमजोर हुदै गएको बताउँदै यो सरकार धेरै दिन नटिक्ने बताए। प्रकाशले प्रचण्ड सत्ता परिवर्तन गर्न र भारतविरुद्ध चाइना कार्ड प्रयोग गर्न चीन नगएको दावी गरे। नेकपा माओवादीले उठाएका मुद्दालाई 'छोड' भन्नु आत्मर्समर्पण गराउनु सरह भएकोले राष्ट्रपतिको असंवैधानिक कदमलाई कुनै न कुनै रुपमा संकल्प प्रस्तावमा संलग्न नगरे माओवादीलाई मान्य नहुने धारणा दोहोर्‍याए। सेनापति प्रकरणमा राष्ट्रपतिको कदमले शान्तिप्रक्रिया र संबिधान लेखनमा नकारात्मक प्रभाव पारेको र प्रतिक्रियावादीहरुलाई सहयोग पुगेको दाबी प्रकाशको थियो। उच्चस्तरिय राजनैतीक संयन्त्र बनाएर सबै समस्यालाई समाधान गर्न माओबादी तयार रहेको बताउँदै प्रकाशले भने ...

वीउवासंघद्वारा कडा विरोध

वीरगंज, २८ असोज । स्थानीय व्यवसायी विनोद अग्रवालको असोज २४ गते अपराधीद्वारा गरिएको निर्मम हत्याको ठीक ३ दिन पछि असोज २७ गते राति १० बजे स्थानीय व्यवसायीद्वय राजु गुप्ता र मनोज हरलालका माथि पुनः अपराधी समूहद्वारा गरिएको साङ्घातिक आक्रमणको वीरगंज उद्योग वाणिज्य संघले विरोध गरेको छ। आज वीरगंज उद्योग वाणिज्य संघको नेतृत्वमा स्थानीय व्यापारीहरुले एक विरोध रयाली पर््रदर्शन गर्दै प्रजिअलाइ ज्ञापनपत्र बुझाएको छ। संघका अध्यक्ष ओमप्रकाश सिकरियाको नेतृत्वमा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा स्थानीय उद्योगी व्यवसायी सम्मिलित एक टोलीले आज पर्साका प्रमुख जिल्ला अधिकारी मार्फ् गृहमन्त्री समक्ष ज्ञापन बुझाएका छन्। ज्ञापन पत्रमा नगरको मध्य भागमा अपराधीद्वारा फिल्मी शैलीमा आएर गोली प्रहार गर्ने र सो पश्चात् आप\mनो पहिचान "बागड बिल्ला, जिन्दावाद" को नारा लगाएर निर्वाध रुपमा भाग्न सफल हुनुले स्थानीय स्तरमा रहेका प्रहरी र प्रशासनको सुरक्षा व्यवस्थाको खुला रुपमा खिल्ली उडाएको मात्र छैन, स्थानीय सुरक्षा निकायको अकर्मणयता र शान्ति सुरक्षा प्रतिको उदासीनतालाई एक पटक फेरि उजागर गरेको...

तीन दलका कारण संविधान लेखनमा ढिलाइ- ठाकुर

वीरगंज, २७ असोज । तमलोपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले माओवादी, कांग्रेस र नेकपा एमालेको आपसी खिंचातानीले संविधान लेखनमा ढिलाइ भइराखेको आरोप लगाएका छन्। आज रिपोर्टस क्लब नेपाल पर्सर्ााे साक्ष्ँात्कार कार्यक्रममा बोल्दै समय तालिका भन्दा अत्यन्त ढिला हतार हतारमा संविधानको अर्न्तर्वस्तु प्रस्तुत हुने सम्भावना बढ्दै गएको बताए। ठाकुरले संघीयतालाई विकृत, अर्थहीन र प्रयोजनहीन रुपमा राखेर निर्माण हुने संविधान समस्त सिमान्तकृत वर्ग र खासगरी मधेशी समुदायको हित विपरित हुने निश्चित भएको र वर्तमान परिस्थिति त्यही बाटो तिर डोरियाउंदै गएको स्पष्ट हुंदै गएको बताए। ठाकुरले अर्थहिन र विकृत संघीयतायुक्त संविधान तराइ मधेशको जनतालाई कुनै हालतमा मान्य हुने छैन भनि तमलोपाको धारणा रहेकोले संविधानसभामा रहेको सवै दललाई जिम्मेवारी भइ प्रस्तुत हुन आग्रह समेत गरेका छन्। रिपोर्टस क्लब पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संचालन अरुण विक्रम शाहले गरेका थिए।

राजस्वमारा तस्कर राजकुमारको करोडौंको सामान राजस्व अनुसन्धानद्वारा बरामद

वीरगंज, २८ असोज। केही वर्षयतादेखि चर्चित बनेका वीरगंज निवासी राजकुमार गुप्ताको करोडौं मूल्यको भन्सार चोरी पैठारीको सामान राजस्व अनुसन्धान विभागको गस्ती टोली काठमाडौंले बरामद गरेको छ। राजस्व अनुसन्धान विभागले निकासी प्रतिबन्ध गरेको रासायनिक मल लोड गरिएको ५ ट्रक र भारतीय कपडा लोड गरिएको २ ट्रक आवश्यक अनुसन्धान कारबाहीका लागि पक्राउ गरेको छ। ती सातवटै ट्रकको सामान राजकुमार गुप्ताको रहेको जानकार सूत्रले बताएको छ। वीरगंज, गौर र सर्लाहीका स्थानीय प्रहरी, प्रशासनलाई महिनाबारी रकम कबुलेर अवैध धन्दा संचालन गर्ने इजाजत पाएका राजकुमारको यतिखेर दिनदशा खराब भएकै कारण ७ ट्रक पक्राउमा परेको छ। नेकपा एमालेका नेता, कार्यकर्ता तथा सरकारमा रहेका उच्च पदाधिकारीको सोर्सफोर्स मार्फ पक्राउ परेको ट्रक छुटाउन राजकुमार गुप्ताको तस्कर गिरोहले निकै दौडधूप गरिरहेको बुझिएको छ। सशस्त्र प्रहरी, जनपद प्रहरी, स्थानीय प्रशासन र राजस्व अनुसन्धान इकाइ पथलैया समेतलाई मिलाएर वीरगंज, कलैया, गौर र मलंगवाको भन्सारको चोरी नाकाबाट भारतीय सामान चोरी पैठारी गरी नेपालको विभिन्न शहरमा पठाएर खागपतिबाट अर्बपति बन्ने प्रतिस्पर्...