भक्तपुर, ९ मंसिर । नेपालमा चिडियाघरको इतिहासको खासै अध्ययन भएको छैन। जावलाखेलको चिडियारघरलाई नै नेपालको एक मात्र चिडियाघर मानिएको छ। तर गर्ने हो भने मल्ल कालमा भक्तपुरमा चिडियाघर रहेको पुष्टि हुन्छ। आधुनिक कालमा जंगली जनावरलाई थुनेर मानिसको मनोरञ्जनको लागि राखिने स्थानलाई चिडियाघर भन्ने गरिन्छ। मल्लकालको भक्तपुरको चिडियारघर यो परिभाषामा अर्थ लाग्दैन। मानव बस्तीमा नपाइने जीबजन्तुको मुर्ति कुडेर सहरको चोक र गल्लीमा बनाइ राखेर बास्तबिक जीबजन्तु नदेखेका मानिसहरु ती जीबको आकार प्रकार देखाउन भक्तपुरमा मल्लकालमा चिडियाघर बनेको भन्न सकिन्छ। यहाँका मन्दिरहरमा बनाइएका घोडा, उँट, सिह, सिकारी कुकुर, गैडा, बाघ, हाती, नाग, गोही, कछुवा लगायतका दर्जनौ जीबका मुर्तिहरु अहिले पनि छन्। कति जीबका मुर्तिहरु आगलागी र भुकम्पमा नास भए त्यसको लेखाजोखा छैन। मल्लकाल पछि उदय भएको शाहबंशका शाषकहरु सिकारमा रुचि राख्दथे। बनमा भएका जीबजन्तु मारेर तिनको शरिर आफ्नो घर र दरवारहरुमा त्यतिबेला राज्य गर्नेहरुले सजाउनको लागि राख्थे। खासगरी राणाका दरवारहरुमा अहिले पनि केही त्यस किसिमका जीबहरुको लासलाई मुर्तिमा ढालेर राखेक...