Skip to main content

Posts

प्रेस काउन्सिलको वर्गीकरणप्रति असन्तुष्टि पोख्दै प्रधान सम्पादकद्वारा आमरण अनसनको घोषणा

काठमाडौं, १२ मंसिर । साप्ताहिक विमर्शका प्रधान सम्पादक राजेन्द्र उपचारकले आज प्रकाशित प्रेस काउन्सिल नेपालको वर्गीकरणप्रति असन्तुष्टि जाहेर गर्दै आमरण अनसनको घोषणा गरेका छन्। आज एक प्रेस विज्ञप्ति जारी गरी पत्रकारिताको पेशागत उच्चतम आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सर्म्वर्धनका लागि भनी स्थापित प्रेस काउन्सिलबाटै ३९ वर्षो लामो इतिहास बोकेको पत्रिका विमर्शमाथि भएको र गरिएको अन्यायपूर्ण एवं विभेदपूर्ण व्यवहारविरुद्ध आमरण अनशन बस्ने घोषणा गरेका छन्। प्रेस विज्ञप्तिमा साप्ताहिक-पाक्षिक पत्रिका राष्ट्रिय सञ्जालको निर्देशनमा प्रेस काउन्सिलले वर्गीकरणबाटै हटाउने, विमर्शका प्रधानसम्पादकको प्रेस प्रतिनिधि प्रमाणपत्रसमेत निलम्बन गर्न शिफारिस गर्ने निर्यायबाट नियम-कानुन र विधिको शासनको ठाडो उल्लघंन भएको ठहर गर्दै आमरण अनशनजस्तो अहिंसात्मक कदम उठाउन बाध्य भएको उल्लेख छ। विज्ञप्तिमा उल्लेख छ -पत्रिकामा प्रकाशित समाचारलाई लिएर कोहीकसैको चित्त नबुझे वा आपत्ति रहे सम्बन्धित संस्थामा गुनासो, खण्डन वा स्पष्टीकरण पठाउने पत्रकार आचारसंहिता-२०६० - संशोधित २०६४...

संविधान बनेपछि मात्रै नागरिक सर्वोच्चतता ः भारतीय नेता त्रिपाठी

काठमाडौं, १२ मंसिर । भारतीय राष्ट्रवादी कंग्रेसका महासचिव तथा नेपाल सोलिडारिटी ग्रुपका संयोजक डिपी त्रिपाठीले नेपालमा संविधान बनेपछि मात्रै नागरिक सर्वोच्चतता स्थापित हुने बताउनु भएको छ । एकीकृत नेकपा माओवादीले नागरिक सर्वोच्तता स्थापित नभएसम्म संविधान बन्न नसक्ने तर्क गरिरहेका बेला उहाँको यस्तो भनाइ आएको हो । रिपोर्र्टर्स क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो, "सबैभन्दा पहिले जनताले चाहेअनुसारको संविधान बन्नुपर्‍यो त्यसपछि मात्रै नागरिक सर्वोच्चता स्थापित हुन्छ ।" उहाँले सबै नेताहरुसँगको भेटघाटमा आफूले समयमा नै संविधान बनाउन सुझाव दिएको बताउनुभयो । रिपोर्र्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा भारतीय नेता त्रिपाठीले कांग्रेस सभापति कोइरालाले भने अनुसार शर्ीष्ा नेताहहरुबीचको उच्चस्तरीय राजनीतिक संयन्त्र बने त्यसले राजनीतिक समस्या समाधानमा सघाउ पुर्‍याउने बताउनुभयो । अहिलेको समस्या समाधानका लागि सबै दलका शर्ीष्ा नेताहरु एकै ठाउँमा बस्नु आवश्यक छ, त्रिपाठीले भन्नुभयो, दलहरु एक ठाउँमा नआएसम्म समस्याको समाधान पनि हुँदैन...

इजरायल रोजगार खुलाउनका लागि आन्दोलन गर्ने

वीरगंज, १२ मंसिर। आठ महिना देखि वन्द रहेको इजरायलको रोजगारी खुलाउन पीडित इजरायल व्यवसायीहरुले आन्दोलन गर्ने भएका छन्। पटक-पटक बन्द हुँदै र खुल्दै आएको इजरायलको रोजगारीको सम्बन्धमा इजरायलमा कामदार आपर्ूर्ति गर्दै आएका व्यवसायीहरुले बन्द हुनुको प्रमुख दोष इजरायली सरकार र इजरायलस्थित नेपाली राजदुताबासको असक्षमता भएको बताएका छन्। राजधानीमा विहीवार इजरायल पीडित व्यवसायीहरुले एक कार्यक्रम आयोजना गरी अव इजरायलको रोजगारी की सधैको लागि वन्द हुनु पर्‍यो की खुल्नु पर्‍यो भन्दै अन्तिम संर्घष्ामा उत्रने निर्णय गरेका छन्। इजरायल व्यवसायी प्रकाश कार्कीले भने-'हामी संकटमा परेका छौ अव निकासको लागि कडा भन्दा कडा आन्दोलनमा उत्रन्छौ।' वैदेशिक रोजगार विभाग र नेपाल स्थित इजरायली दुतावासमा धर्नाका कार्यक्रम गर्ने समेत पीडित व्यवसायीहरुले वताए। अर्का व्यवसायी कर्ण्र्ााल्लले इजरायल सरकारले नेपालीको रोजगारी इच्छा लाग्दा खुल्ला गर्ने नत्र वन्द गर्ने परिपाटीको अन्त्य हुनर्ुपर्छ यदि गर्दैन भने इजरायल वन्द हुँदा फरक पर्दैन भन्दै उनले थपे -अवका दिनमा हामी अन्तिम निर्णयको आन्दोलन गर्र्छौ। अघिल्लो महिन...

प्रेस काउन्सिलद्वारा वर्गीकरण र्सार्वजनिक

वीरगंज, १२ मंसिर । प्रेस काउन्सिल नेपालले आज पत्रपत्रिकाको वर्गीकरण र्सार्वजनिक गरेको छ । सो वर्गीकरणको लिंकमा जान यहां क्लिक गर्नुहोला । http://www.presscouncilnepal.org/abcresult.php

सिडिओलाइ हातपात गर्ने राज्यमन्त्री करिमा बेगमलाई माफ गर्नुपर्ने उपप्रधानमन्त्रीको भनाइ

वीरगंज, ११ मंसिर । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई हातपात गर्ने कृषि तथा सहकारी राज्य मन्त्री करिमा बेगमलाई माफ गर्नुपर्ने बताएका छन्। आज गढीमाइ मन्दिरमा संचारकर्मीहरुमाझ उनले राज्यमन्त्रीले आवेशमा आएर उक्त कार्य गरेको र उनी स्वयमले पनि दुस्ख महसुस गरेकाले यसलाई ुइस्युु बनाइरहन नहुने उनको भनाइ थियो। र उनलाई माफी गर्दिनु ठीक हुनेछ। राज्यमन्त्री बेगमले कात्तिक २४ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि थोत्रो गाडी उपलब्ध गराएको बहानामा कार्यालयभित्रै हातपात गरेकी थिइन्।

लेखा समितिले जहाज खरिदमा अवरोध पुर्‍याउनुहुँदैन ः पर्यटन व्यवसायी

जहाज खरिद प्रक्रिया रोक्दैनौं ः लेखा समिति काठमाडौं, १ १ मंसिर । नेपाल वायुसेवा निगम -एनएसी) को जहाज खरिदको पक्ष र विपक्षमा मुलुक बाँडिए पनि सरोकारवालाहरुले जहाज प्रक्रियालाई लेखा समितिले अवरोध गर्न नहुने र खरिद प्रक्रिया रोकिएमा सिंगो पर्यटन व्यवसाय नै धराशायी हुने बताएका छन् । बिहीबार रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा एनएसी व्यवस्थापन, लेखा समितिका सदस्यहरु र पर्यटन व्यवसायीले आफूहरु जहाज खरिद प्रक्रिया खुला गरिदिनुपर्ने र प्रक्रियामा पारदर्शीत्ाा खोज्नु स्वाभाविकै भएको औंल्याए । कार्यक्रममा र्सार्वजनिक लेखा समितिका सभापति रामकृष्ण यादवले संसदको र्सार्वजनिक लेखा समिति जहाज खरिदको विरोधी नभएको खालि त्यसको खरिद प्रक्रियामा छलफल मात्र चलाएको बताए । उनले भने-लेखा समितिले उठाएका प्रश्नहरुको सम्बन्धमा जानकारी नदिई किन एनएसीले ७, ५०, ००० अमेरिकी डलर कमिटमेन्ट चार्ज पठायो - कात्तिक १९ गते नेपालमा सम्झौता गर्ने र अरब मुलुकमा गएर किन र्सार्वजनिक गरियो भन्ने प्रश्न उठेकाले मात्र बोलाएका हौं । भोलिको बैठकमा निगमबाट सबै कागजात आए जहाज खरिद प्रक्रिया खुला गर्न तयार रहेको उनले बत...

उपप्रधानमन्त्रीलाई ज्ञापनपत्र

कलैया, ११ मङ्सिर/ उपप्रधानमन्त्री विजयकुमार गच्छदार र पर्यटनमन्त्री सरतसिंह भण्डारीले आज बारा जिल्लामा गढीमाईको पुजाअर्चना गर्नुभयो ।सो अवसरमा गढीमाई मन्दिर विकास समितिका अध्यक्ष रामचन्द्र साहले मन्त्रीहरुलाई मेला समिति र विकास समितिबीच भएको सम्झौतालाई स्थानीय प्रशासनले कार्यान्वयन नगराएकोमा विरोध ज्ञापनपत्र दिनुभएको थियो । गढीमाई मन्दिरका पुजारी मङ्गल चौधरीले उपप्रधानमन्त्रीलाई फूलप्रसाद प्रदान गर्नुभएको थियो ।