Skip to main content

Posts

माघे संक्रान्ति नजिकिंदै गर्दा तरुलपिंडालुको आयात बढ्यो

हेटौडा, २९ पुस/ माघे संक्रान्ति नजिकिंदै गर्दा हेटौडामा तरुल र पिंडालुको बिक्री बढेको छ। यसवर्षसंक्रान्तिकै लागि हेटौडामा दश टनभन्दा बढी तरुल भित्रिएको व्यापारीहरुले बताएका छन्। संक्रान्तिको लागि भनेर जिल्लाका बिभिन्न गाविस र बाहिरी जिल्लाबाट बन तथा घर तरुल भित्रिएको तरकारी तथा फलफूल व्यावसायी संघका सचिव कृष्ण हुमागार्“इले जानकारी दिनुभयो। हेटौडामा जंगली तरुल आमभन्ज्याङ र भैंसेबाट, किसानले फलाएका तरुल र्सलाहीको सोल्टी र चितवनको पर्सर्ााट भित्रिएको तरुल व्यापारी बद्रि घिमिरेले बताउनुभयो। हाल बन तरुलको थोक मूल्य लगभग २५ रुपिया“ छ भने किसानले उत्पादन गरेको तरुलको मूल्य ३५ रुपिया“ रहेको छ।

कुलेखानी तेस्रोको निर्माणकार्य सुचारु

-यादव चौलागाइ गौरीटार, २९ पुस/ बिगत्मा भएको सम्झौता कायान्वयनको माग गर्दै आन्दोलित कुलेखानी तेस्रोका मजदुरहरुले ब्यवस्थापनसंग ६ ब“ुदे सहमति गरेका छन्। दुइदिन अघिदेखि बन्द रहेको कुलेखानी तेस्रोको निर्माणकार्य सहमतिपछि बिहिबारदेखि सुचारु हुने भएको छ। ठेकेदार कम्पनी सिनेहाइड्रो कर्पोरेशन, कुलेखानी तेस्रोका मजदुर प्रतिनिधि र क्युपेक नेपालका प्रतिनिधिहरुबिच बुधबार भएको त्रिपक्षिय सहमतिपछि काम सुचारु हुने भएको हो। यसअघि भएका सम्झौताहरु कार्यान्वयन नभएपछि पुन आन्दोलित भएका मजदुरहरुको माग १० दिनभित्र पुरा गर्ने सहमति गरिएको हो। मजदुर र ठेकेदार कम्पनीबिच परिचयपत्रमा मजदुरको पद खुलाउने, मजदुरहरुलाई सम्बन्धित काम मात्र लगाउने, कामबाट हटाइएका मजदुहरुलाई पर्ुनबहाली गराउने, टनेलभत्ता र वेल्डिङ सेक्सनमा कार्यरत मजदुरहरुलाई दक्षताको आधारमा ज्याला निर्धारण गर्ने सहमति भएको मजदुर युनियन कुलेखानी तेस्रोका अध्यक्ष दिपक थापाले बताउनुभयो। पटक पटक मजदुर आन्दोलन र बिभिन्न बन्द हड्तालले गर्दा हालसम्म परियोजनाको निर्माण कार्य तिस प्रतिशतमात्र सकिएको छ।

नागरिक दबाब रयाली र सांस्कृतिक सभा

काठमाडौं, २९ पुस । संविधान निर्माणको लागि राष्ट्रव्यापी युवा दवाब अभियानले आज एक पत्रकार सम्मेलन गरी अभियानको संयोजनमा हुन गईरहेको वृहत नागरिक दवाव र्‍याली र साँस्कृतिक सभाको बारेमा जानकारी गराएको छ। पत्रकार सम्मेलनमा जनआन्दोलनका र्घाईते मुकेश कायस्थको भनाइ यसप्रकार छ- छ दशक देखिको निरन्तर संर्घष्ा, बलिदानी र अनेकौं उतारचढाव पार गर्दै नेपाल अहिले 'संघीय लोकतान्त्रिक गणतन्त्र' लाई संस्थागत गर्ने यात्रामा छ। द्वन्द्वबाट-शान्तितर्फ, निरंकुशताबाट लोकतन्त्रतर्फ अस्थिरताबाट स्थिरतातर्फ, बहिष्करणबाट सामेलीकरणतर्फ, गरिबीबाट समृद्धितर्फ र अँध्यारोबाट उज्यालो तर्फको यो यात्राको ढोका तबमात्र खुल्छ जब तोकिएकै समयमा सबैका अधिकार लिपिबद्ध गर्दै नयाँ संविधान जारी हुन सक्छ। संविधान निर्माणका लागि हाम्रा विचमा अब ५ महिना भन्दा कम समय मात्र बाँकी छ। दलहरुबीचमा देखिएको मतभेद, अविश्वास, निषेध र प्रतिशोधको राजनीतिले तोकिएको समयमा संविधान निर्माण हुने कुरामा आशंका पैदा भएको छ। नेपाली जनताले ठूलो उत्साहका साथ संविधानसभाको निर्वाचनमा मतदान गरेको अर्थ निश्चय पनि दलहरुबीचको अविश्वास र सत्ताकेन्द्रित ...

बाल जागृति माध्यमिक विद्यालयले रजत जयन्ती मनायो

-यादव चौलागाइ गौरीटार, २९ पुस/ वालजागृति युवा वर्षमाध्यमिक विद्यालय गौरीटारले विविध कार्यक्रम गरी पच्चीसोै वर्षपुगेको अवसरमा रजत जयन्ती मनाएको छ। विद्यालयले बिविध रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम गर्दै सप्ताहव्यापी रुपमा रजतजयन्ती मनाएको हो। हेटौडा नगरपालिका वडा नं ६ मा रहेको विद्यालय २०४१ सालमा स्थापना भएको थियो। हेटौडा नगरको विद्यालय भएपनी नगरको विकट स्थानमा स्थापना भएको विद्यालयले उत्कृष्ठ शिक्षा प्रदान गर्दै मकवानपुरको एउटा राम्रो विद्यालयको रुपमा परिचित छ। बिद्यालयको बुधवार शिक्षा विभागका निमित्त महानिर्देशक प्रकाशराज पाण्डेले रजत जयन्तीको समापन समारोहको उद्घाटन गर्नुभएको थियो। उहा“ले सोही अवसरमा बोल्दै समग्र विद्यालयको उन्नती भएमा मात्र नेपालको शिक्षा प्रणाली राम्रो हुनेमा जोड दिनुभयो। उहा“ले एउटा विद्यालयको लागी रजत जयन्ती भनेको महानतम उपलव्धी समेत हो भन्दै गुणस्तीय श्ािक्षाका लागी यस्ता उपलव्धीलाई जोडेर लानर्ुपर्छ भन्नुभयो । समापन समारोहमा नेपाली कांगे्रसका नेता तथा सुकुम्वासी आयोगका उपाध्यक्ष रामचनद्र अर्याल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य प्रताप विष्ट, जिल्ला शि...

राष्टिय स्वाधिनताको पक्षमा सबै नेपाली एक हौं-लामिछाने

-यादव चौलागाइ गौरीटार, २९ पुस/ एकिकृत नेकपा माओवादीका सभासद प्रल्हाद लामीछानेले नेपाली राष्ट्रियता संकटमा परेकाले राष्ट्रिय स्वाधिनताको पक्षमा सम्पर्ुण्ा नेपाली एक हुनुपर्ने समय आएको बताउनुभएको छ। अनेरास्ववियू-क्रान्तिकारी)को रााष्ट्रिय स्वाधिनताका लागि विद्यार्थी जागरण अभियान अर्न्तर्गत बुधबार महेन्द्र ऊच्च मावि पदमपोखरीमा आयोजित कार्यक्रममा बोल्दै सभासद लामिछानेले विद्यार्थी बौद्धिक बर्ग भएकाले राष्ट्रिय स्वाधिनताको पक्षमा आम नेपालीलाई सचेत गराउनुपर्नेमा जोड दिनुभयो। अखिल क्रान्तिकारी महेन्द्र ऊच्च मावि इकाई अध्यक्ष पञ्च वाइवा को सभाध्यक्षतामा भएको कार्यक्रममा एकीकृत नेकपा -माओवादी) ३ नं क्षेत्रीय संयोजक भीम पाख्रीन, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विजय हमाल, जिल्ल्ाा अध्यक्ष चुडामणि रुपाखेत माअेवादी पदमपोखरी इन्चार्ज धावा लामा र प्राचार्य गोविन्द चौलागाइ लगाएतकाको उपस्थिती रहेको थियो। एकल महिलाको संगठन बिस्तार -यादव चौलागाइ गौरीटार, २९ पुस/ एकल महिलाहरुले मकवानपुरका बिभिन्न क्षेत्रमा आफ्नो संगठनलाई बिस्तार गरेको छ। एकल महिला उत्थान समाज हेटौ“डाले बिभिन्न गाउ“मा एकल महिलाह...

अनिश्चितकालीन पर्सा बन्द फिर्ता

वीरगंज, २९ पुस। एकिकृत माओवादीले आजदेखि गरेको अनिश्चितकालीन पर्सा बन्द सहमतिपछि फिर्ता लिएको छ। जिल्ला प्रशासन कार्यालय बारामा भएको सहमति अनुसार क्रिया खर्च बापत ५ हजार दिने, एक महिना भित्र डेढ लाख क्षतिपर्ुर्ति दिने र मृतकलाई शहिद घोषणा गर्न शिफारिस लिखी पठाउने सहमति पश्चात बन्द फिर्ता लिएको हो।

माओवादी र प्रहरीबीच झडप, वीरगंज बन्द, सडक अवरुद्ध, ज्रि्रकामा वार्ता

वीरगंज, २९ पुस । एनेकपा माओवादीको कार्यकर्तालाई अज्ञात समूहले हत्या गरेको विरोधमा आज माओवादी कार्यकर्ता र प्रहरीबीच वीरगंजको घण्टाघरमा झडप हुंदा दर्जनौ घाइते भएका छन् । मृतक राजेश मण्डलको शव बोकेर नेकपा माओवादीका कार्यकर्ताहरुले वीरगंजस्थित भारतीय महावाणिज्यदूतावासको अगाडि १० मिनेट जति नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा जान खोज्दा प्रहरीले घण्टाघरमा घेराबन्दी गरेका थिए। माओवादीका कार्यकर्ताले भारतीय विस्तारवाद मर्ुदावाद, निकम्मा सरकार मर्ुदावाद, गृहमन्त्री राजीनामा लगायतको नारा लगाउंदै घेराबन्दी तोडेर जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न जांदा प्रहरीले लाठीचार्ज गरेको थियो। जिल्ला प्रशासन कार्यालयमा माओवादीका नेता र प्रजिअ यादव कोइरालाबीच भएको वार्तामा बारामा घटना भएको हुंदा बारा प्रशासनसंग वार्ता गर्न प्रजिअले आग्रह गरेका थिए। बन्दको कारण आज वीरगंजको जनजीवन पूर्णरुपमा प्रभावित भएको छ भने वीरगंजको विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि एम्बुलेन्स छिर्ने ठाउं पनि नरहेको स्थानीयवासीले बताए। - तस्बिर- प्रणय कुमार