Skip to main content

Posts

बहराइनमा दुइ नेपालीको गाडी ठक्कर बाट मृत्यु

-सन्तोष दाहाल- बहराइन, २८ असार । वैदेशिक रोजगारीका लागि केही महिना आएका दुइ युवकको दुर्घटनामा परी मृत्यु भएको छ। मृत्यु हुनेमा दुलेगौडा गाविस वडा नं. ८, तनहुका २२ वर्षीय अविवाहित केश बहादुर थापा र कास्की जिल्ला लेखनाथ नगरपालिकाका ३४ वर्षीय गोपाल सुनार रहेका छन्। थापा चार महिना अघिमात्र बहराइन आएका थिए र उनी अल डेक्व अलुमीनीयम कीचेन कम्पनीमा कार्यरत थिए । दुइ छोरीका बाबु सुनार २१ महिना अघि अल दुक्वा कन्ट्रक्टीङ कम्पनीमा कार्यरत थिए । मृतक दुबै जनाको स्पोन्सर एकै हुन् । मृतक गोपाल सुनारका आफनै जेठान अन्त बहादुर बिक जो मृतकहरु संगै बस्ने र सोही कम्पनीमा कार्यरत हुन र उनको भनाइ अनुसार मिति ०८ जुलाइ २००९ का दिन मृतक दुबै जना बिहान ६ बजे तीर बहराइनको सीत्रा स्थित आफनो कोठा बाट काम तिर गईरहेको अवस्थामा सोही दिशाबाट आइरहेको मीनीबसले ठक्कर दीएको थियो । घटना भएको आधा घण्टा पछी गोपाल सुनारको मृत्यु भएको थियो भने केश बहादुर थापाको उपचारको क्रममा सलमानीया हस्पीटलमा मुत्यु भएको कुरा अन्त बहादुर बताउछन् । मृतकको लाश नेपाल लैजाने तयारी भई रहेको छ । सो मीनीबसका चालक बहराइनी हुन र चालकलाई ट्रफीक प्रहर...

तेश्रँे लिंगीले चाहेको व्यक्तिसंग विवाह गर्न पाउनुपर्ने

वीरगंज, २८ असार । तेश्रो लिंगीले आफूले चाहेको व्यक्तिसंग विवाह गर्न पाउने अधिकार हुनुपर्ने मांग गरेका छन्। आज नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा निलहिरा समाज पर्साले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको सवालमा मानव अधिकार विषयक कार्यपत्र प्रस्तुत गरेका हुन्। अवधारणा पत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई अन्य सिमान्तकृत तथा अल्पसंख्यक समुदायजस्तै छुट्टै पहिचान, मान्यतासहितको विशेष आरक्षण दिनुपर्ने, तेश्रो लिंगीले आफनो लैंगिक पहिचान सहित तेश्रँे लिंगीको नागरिकता प्राप्त गर्ने अधिकार हुनुपर्ने, रोजगारी, सामाजिक सुरक्ष्ँा र सामाजिक न्याय, समुदायको संरक्षण, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको छुट्टै आयोगको व्यवस्था र आफूले चाहेको व्यक्तिसंग विवाह गर्न पाउनुपर्ने उल्लेख छ। कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, क्लबका प्रतिनिधि लगायतले मन्तव्य व्यक्त गरेका थिए।

सडक दुर्घटना र सडक अवरुद्ध

वीरगंज, २८ असार । विभिन्न स्थानमा दुर्घटना र सडक अवरुद्ध भएको छ। आज बिहान वीरगंज -१९ इनर्वामा रहेको हनुमान मन्दिरमा तोडफोड भएको विरोधमा स्थानीयवासीले सो सडकखण्ड अवरुद्ध गरेका छन्। गए राति बाइपासको नगवा चोकमा एचआर २९ जी ए ०१९३ नं.को टयाकंरको ठक्करबाट पर्सा अपौनी निवासी बालक आकाशकुमार घाइते भएका छन् भने स्थानीयवासीको कुटाइबाट भारतीय चालक संजय रावलाइ कुटपिट गरेका थिए। घाइते दुवैको नाउक्षे अस्पतालमा उपचार भइरहेको छ। आज विहान थाक्रे-९ नजिकै ना३ख ५३३७ नं.को ट्रक ना३ख ५५७४ नं.को ट्रक ठोक्किदा दुवै ट्रकको चालक सहित ९ जना घाइते भएका छन्। गए राति दारेचोक-३ चुम्लिङटार नजिकै रोकीराखेको ना२ख २२३ नं.को कन्टेनरमा बा१प ८११७ नं.को मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा रहेका भिम गुरुङ -२४) गोर्खा निवासी सरिता सोताङ -२८) घाइते भइ उपचारको लागी भरतपुर अस्पताल पठाइएको छ। गए राति गजुरी-२ नजिकै आरजे ०२१ जी१३२१ नं.को मार्बल लोड ट्रक उकालोबाट ब्याक भएपछि सोही ट्रकका खलासी भारतको राजस्थान निवासी बबल सिंह -२४) घाइते भएका छन्, उनको उपचार काठमाडौंमा भइरहेको छ।

अस्पताल सञ्चालनका लागि बृहत महायज्ञ

काठमाण्डौं, असार २८ । असाहय र तथा गरिबहरुका लागी सेवा उपलब्ध गराउँदै आएको शान्ति सेवा गृहले गरिब तथा विपन्न वर्गको सेवाका लागी अस्पताल सञ्चालन गर्ने भएको छ । अस्पता सञ्चालनका लागी श्रीमद्भागवत सप्ताहज्ञान मायज्ञ सञ्चालन गर्ने भएको छ । आइतबार रिपोर्टस ब्लब नेपालमा पत्रकार सम्मेलनगरी शान्ति सेवा गृह महायज्ञ मूलसमारोह समितिले आगामि साउन २ गते देखि महायज्ञ सञ्चालन गर्ने जानकारी दिएको छ । महायज्ञमा वाचनप्रवीण पण्डीत दिनबन्धु पाखरेलले वाचन गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । अध्यात्मिक चिन्तनबाट सामाजिक विकास गर्दै, धार्मिक अभियानमा यूवा संलग्नता र वाताबरण बचाउनका लागि बाताबरण मैत्री वस्तहरुको प्रयोग भन्ने मूल मान्यताका साथ महायज्ञ सञ्चालन गर्न लागीएको हो । पत्रकार सम्मेलनमा महायञ मूलसमारोह समितिका संयोजक निर्मल गुरुङले दीन दुःखी, असाहय विरामीहरुको सेवाका लागी अस्पताल बनाउने उद्देश्यले महायज्ञ सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले काठमाण्डुको तिलगंगा अस्पताल सँगै आफ्नै भवनमा १०० शैयाको अस्पताल निमार्ण्र्ाार्न लागेको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा ससस्थाकि सचिव प्...

कुटपिट गरी महिलाको हत्या

वीरगंज, २८ असार । घरायसी विवादका कारण छिमेकीको कुटाइबाट एक महिलाको मृत्यु भएको छ। गए राति पर्साको तुलसीबर्वा-२ बस्ने लुक्तल डोमको पत्नी समारु देवी -६० वर्ष) लाइ छिमेकीहरु चोकट राउत डोम र बुवर राउत डोमले कुटपिट गरेर हत्या गरेका हुन्। कुटपिट गर्ने दुवै फरार रहेको प्रहरीले जनाएको छ ।

गैडाको खागसहित एकजना पक्राउ

काभ्रे, २८ असार । गैडाको खागसहित एकजनालाइ प्रहरीले पक्राउ गरेको छ। आज बिहान फोक्सिङटार -३ घर भइ हाल धुलिखेल-९ मा डेरा गरी बस्ने मिनबहादुर मोक्तान -४२ वर्ष को कोठाको दराजबाट प्रहरीले गैंडाको खाक सहित पक्राउ गरेको हो।

नेकपा माले विकास निर्माणमा सक्रिय

वीरगंज, २८ असार । नेकपा माले पर्साले विभिन्न विकास निर्माण कार्य गरेको जनाएको छ। आज वीरगंजको नेशनल टे्रडिङ नजिकै आयोजित एक कार्यक्रममा सोही स्थान नजिकै निर्माण गरिएको शौचालयको उदघाटन गरिएको थियो। मालेका सभासद राजेन्द्र खेतानको संसदीय विकास कोषबाट सार्वजनिक शौचालय, पर्सा जिल्लाका विद्यालयहरुलाइ पंखा, श्रीपुर वडा प्रहरी कार्यालयलाई पंखा, युवा स्पोर्टस क्लब, क्रिकेट क्लबलाई खेलकूद सामग्री, सरस्वती प्रावि चर्पी, रानीगंजमा पुष्पलाल चौतारा जस्ता विकास निर्माण गरिएको मालेका अध्यक्ष शत्रुघन उपाध्यायले बताए।