Skip to main content

Posts

विरामीलाई मर्का परे कडा प्रतिकार

वीरगंज १४ भदौ । नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारीहरु वार्तामा उपस्थित नभएपछि आज वडा नं। १८ का स्थानीयवासीले एक प्रेस विज्ञप्ति जारी गरी वार्तामा आउन आह्वान गरेको छ। वार्ता संयोजक रामाज्ञाप्रसाद कुशवाहाले जारी गरेको विज्ञप्तिमा अस्पतालका रोगीहरुलाई निर्वाधरुपमा उपचारको लागि वातावरण बनाउन तालाबन्दी वा अन्य बाधा विरोध कार्य भएमा कडा प्रतिकार गर्ने चेतावनी दिएको छ। अस्पतालमा चर्किदै गएको विवाद साम्य पार्न अस्पताल प्रशासन एवं वडा नं। १८ का स्थानीय वासिन्दाहरुले आज गरेको प्रयास असफल भएपछि यस्तो चेतावनी दिइएको हो।

प्रतिबद्धता कागजमै सीमित

वीरगंज १४ भदौ । उन्नतीका लागि युवा अभियान योक्याप नेपाल का अध्यक्ष मछिन्द्र तिवारीले आज एक प्रेस विज्ञप्ति जारी गरी २०६४ जेष्ठ १८ गते सम्मानित सर्वोच्च अदालतले सरकारको नाममा वेपत्ता पारीएका ब्यक्तिहरुको अवस्था छानविन गर्न एक सम्पूर्ण अधिकार सम्पन्न आयोग गठन गर्न र वेपक्ता पार्ने कार्य बिरुद्ध बिशेष कानुन बनाउन आदेश दिएको थियो । तर हालसम्म न त उत्त सम्झौता तथा प्रतिबद्धताहरुको पालना भएको छ न त सर्वोच्च अदालतको आदेशको नै अधिकांश सम्झौता तथा प्रतिबद्धताहरु कागजमै सिमीत गरीएको जनाएको छ॥ विज्ञप्तिमा उल्लेख छ - राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो तथ्यांक अनुसार सरकारबाट ६१६ र एकिकृत ने।s।पा माओवादीबाट २१९ गरी कूल ८३५ जना बेपत्ता पारीएकाहरुको स्थीति अझै अज्ञात रहेको छ । यस बाहेक मानव अधिकार आयोग सम्म नआईपुगेका थुपै नागरीकहरु बेपत्ता पारीएका घट्नाहरु हुन सक्ने आशंका गरीएको छ । ब्यापक राजनैतिक परीवर्तनसंगै नेपाल शान्ति निमार्णको प्रकि्रयाबाट गुजि्ररहेको छ । तर बेपत्ता नागरीकहरुको स्थिति सार्वजनिक गरी समाजमा सत्य र न्याय स्थापना नहुन्जेल वर्तमान संकटपूर्ण संक्रमणकालको अन्त्य हुन सक्दैन् । ...

बाहुनडांडा कप फुटवलको फाइनल

काठमाडौं १४ भदौ। लमजुङ्गमा जारी बाहुनडाँडा कप फुटबलमा पुरुषतर्फको उपाधि त्रिवेणी क्लब र महिलातर्फको उपाधि माउन्ट मनास्लुले जितेका छन्। आज भएको फाइनल खेलमा साविकको विजेता आर्दश क्लब शहजीलाई ३-० गोल अन्तरले हराउँदै त्रिवेणी उपाधि पोल्टामा पारेको हो। जितसँग त्रिवेणीले २५ हजार नगद पुरस्कार हात पारेको छ। यस्तै महिलातर्फ सिर्जना क्लवलाई २-० गोल अन्तरले हराएर माउन्ट मनास्लु ढकाईले उपाधि हत्याएको हो। कराँतेमा नुवाकोट च्याम्पियन। काठमाडौं १४ भदौ। पांचौ वाग्मती अाचलस्तरिय कराँते प्रतियोगिताको उपाधि नुवाकोटले जितेको छ। सदरमुकाम विदुरमा दुइदिनसम्म चलेको प्र्रतियोगितामा आठ स्वर्ण पांच÷पाँच रजत र कास्य पदक हात पार्दै नुवाकोट च्याम्पियन वनेको हो। प्रतियोगितामा नुवाकोट रसुवा धादिङकाभ्रे सिन्धुपाल्चोक र काठमान्डौका २ सय ५ खेलाडिले १९ स्वर्ण १९ रजत र ३ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए।

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।

व्यवस्थापिका संसदको बैठक आज १३ औ पटक स्थगित

काठमाडौं १४ भदौ। एकीकृत नेकपा माओवादीको नारावाजी र रोष्ट्रम घेराउका कारण व्यवस्थापीका संसदको वैठक लगातार आज १३ औ पटक स्थगित भएको छ। नियमित कार्य सुचीमै प्रवेशै नगरि रोकिएको बैठक भोलि दिउसो ३ बजेका लागि डाकिएको छ। माओवादीले गत साऊन २२ गतेदेखी व्यबस्थापिका संसद बैठक अबरुद्ध गर्दै आएका कारण विनियोजन विधेयकमाथीको छलफल प्रभावित भएको छ। सम्बैधानिक समिति अव सकि्रय काठमाडौं १४ भदौ। संविधानसभाको महत्वपूर्ण मानिएको सम्बैधासनिक समिति तीन महिनापछि आजबाट काममा सकि्रय भएको छ। शुक्रवार समितिको सभापति चयन भएपछि समितिले आजवाट काम शुरु गरेको हो। समितिको आज बसेको पहिलो बैठकमा सदस्यहरुले निर्धारित समयमै संविधान लेखन सम्पन्न गर्न सम्बैधानिक समितिले आफ्नो सकि्रयता बढाउनु पर्ने बताए। सभाषदहरुले तीन महिनासम्म रोकिएका कामलाइ पुर्ती गर्ने गरी समितिलाइ सकि्रय बनाउनु पर्नेमा जोड दिएका थिए। संसद सचिवालय िसंहदरवारमा बसेको बैठकमा एमाले अध्यक्ष झलनाथ खनालले राज्यको पुर्नसंरचना साशकीय स्वरुप तथा निर्वाचन प्रणाली जस्ता दुरगामी प्रकृतिका सवालमा छलफल गर्नुपर्ने बताउनु भयो। नेपाली कागे्रसका विमलेन्द्र नीधिले पाचौ पटक स...

उपराष्टपति झाले फेरि सपथ नलिन

काठमाडौं १४ भदौ। सर्वोच्च अदालतको फैसला प्रकि्रयाप्रति विमति जनाउँदै उपराष्टपति परमानन्द झाले नेपाली भाषामा फेरि सपथ नलिने बताउनुभएको छ। यही भदौ ७ गतेको सर्वोच्च अदालतको फैसलाको हकमा पुनरावलोकनको निवेदन दरपीठ भएकोले राष्ट्र र जनताका नाममा प्रेस रिलिज गर्दै झाले अन्तरिम सँविधानको अपव्याख्या गरी आफूलाई अल्टिमेटम दिएर फेरि सपथ लिन बाध्य पारिनु जायज नभएको बताउनुभयो। सर्वोच्च अदालतले भदौ ७ गते एक हप्ताभित्र फेरि सपथ नलिए कार्यभार कि्रयाशील नरहने ठहर गरेको थियो। समयसीमा आजै मध्यरातबाट सकिनै लाग्दा झाले सर्वोच्चको आदेश बमोजिम फेरि सपथ लिए पनि वा कार्यभार कि्रयाशील नरहेको मानिने कुनै एक पालना गरेपनि आफूले सर्वोच्चको फैसलालाई सम्मान गरेको ठहर्ने बताउनुभयो। २०६३ साल साउन ८ गते आफूले हिन्दी भाषा प्रयोग गरेपनि लिखितममा नेपाली भाषाको सपथ पत्रमा हस्ताक्षर गरेको बताउँदै झाले अन्तरिम सँविधानको सातौँ सँशोधनको विधेयक सँविधान सभामा विचाराधीन रहेकाले सँशोधन भएमात्रै सपथ बारे पुनः विचार गर्नसक्ने बताउनुभयो। विभिन्न मुलुकमा मातृ भाषा एउटा भएपनि अर्कै भाषामा सपथ लिएका उदाहरण प्रस्तुत गर्दै उपराष्टपति झाले...

सँवादबाटै निकास खोज्नुपर्ने प्रधानमन्त्री नेपालको भनाई

काठमाडौं १४ भदौ। प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीलाई एक्ल्याउने काम सरकार र सरकारमा भएका दलबाट नभएको बताउनुभएको छ। संविधानसभा संवैधानिक समितिको सभापति पदमा पराजित भएपछि माओवादी आफूलाई एक्ल्याएको आरोप लगाइरहेका बेला प्रधानमन्त्रीले यस्तो धारणा राख्नुभएको हो। आज संसद भवन परिसर नयाँ बानेश्वरमा साचारकर्मीहरुलाई प्रध्ाानमन्त्री नेपालले सँविधान सँशोधन प्रस्ताव लगायतका सबै कामहरुमा माओवादीको सहभागिता अपरिहार्य भएको बताउनुभयो। आफूलाई चित्त नबुझेका विषयमा दलहरु सँविधान सभा सँसदमा बसेर छलफल गर्न आग्रह गर्दै प्रधानमन्त्री नेपालले माओवादीले सँसद अवरोध बन्द गर्नुपर्ने र सिर्जनात्मक ढँगले भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो। गत शुक्रबार सम्पन्न संवैधानिक समितिको सभापति पदको निर्वाचनमा सरकारमा सहभागी २२ दलका तर्फबाट उम्मेदवार बनाइनु भएका नेपाली काँङग्रेसका उम्मेदवार नीलाम्बर आचार्य विजयी हुनुभएको थियो भने माओवादी उम्मेदवार नारायणकाजी श्रेष्ठ प्रकाश पराजित हुनुभएको थियो। प्रधानमन्त्री नेपालले समितिको सभापति चयनको निर्वाचनको विषयलाई लिएर माओवादीले आफुलाई एक्ल्याएको भन्नु पराजित मानसिकताको उ...