Skip to main content

Posts

बिभिन्न माग गर्दै बाराको एउटै कार्यालयमा बिभिन्न तीन संगठनको तालाबन्दी . प्ररायु संघ बाराको बैठक सम्पन्न . लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न एमाले न

-सुभाषप्रसाद साह- बारा २३ भदौ। बिभिन्न माग गर्दै जिल्ला स्वास्थ्य कार्यालय बारामा आज बिभिन्न तीन संगठनले छुटाछुटै तालाबन्दी गरेका छन्। दिउँसो एक बजे देखी गरिएको तालाबन्दीका कारण स्वास्थ्य कार्यालयको काम ठप्प भएको छ। नेपाल स्वास्थ्यकर्मी युनियन बारा अखिल प्रगतिशिल स्वास्थ्यकर्मी युनियन बारा र भुपु कार्यालय सहयोगी संगठनले छुटाछुटै तालाबन्दी गरेको हो। नेस्वायुका केन्द्रीय सदस्य अनिल पाण्डेका अनुसार स्वास्थ्यकर्मीहरुको समस्याको बारेमा बार्ता नगरिएको भन्दै दुईटै युनियनले दुई घण्टाको लागि तालाबन्दी गरेको हो। त्यसैगरी भुपु कार्यालय सहयोगीहरुलाई पुर्नबहालि गर्नुपर्ने माग गर्दै कार्यालय सहयोगीहरुले अनिश्तिकालको लागि तालाबन्दी गरेको कार्यालय सहयोगी बाराका अध्यक्ष नागेन्द्रप्रसाद सहनीले बताउनु भयो। एकजनाले कम्तीमा १० देखी १५ हजार खर्च गरी सम्बन्धीत निकायबाट पत्र ल्याए पनि स्वास्थ्य कार्यालयका प्रमुख अरुणकुमार िसंहले त्यसको बारेमा कुनै किसिमको चासो नदिई भाग्ने काम गरेको आरोप भुपु कार्यालय सहयोगीहरुले लगाएका छन्। आफुहरुको माग जब सम्म पुरा हुदैन तब सम्म तालाबन्दी रहिरहने उनीहरुले जनाएका छन्। ...

समयमै संविधान वनाउन यूवाहरुको माग

काठमाडौं २३ भदौ। संविधान निर्माणका लागि राष्ट्रव्यापी यूवा दवाव अभियानले समयमै संविधान निर्माणका लागि दवाव दिन आज मंगलवार विजुलीवजारस्थित तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपाको केन्द्रिय कार्यालयमा धर्ना दिएको छ। धर्नापछि अभियानका तर्फवाट तमलोपालाई ज्ञापनपत्र समेत वुझाएको छ। वृहत राजनीतिक सहमति कायम गर्दै समयमै संविधान वनाउन आग्रह गर्दै वुझाईएको ज्ञापनपत्र पार्टीका अध्यक्ष महन्थ ठाकुरले वुझनुभएको थियो। अभियानले वुझाएको ज्ञापनपत्र वुझदै तमलोपा अध्यक्ष ठाकुरले आफ्नो दल समयमै संविधान वनाउन प्रतिवद्ध रहेको वताउनुभयो। दलहरुको प्राथमिकतामा संविधान वनाउने कार्य नपरेको जस्तो देखिएपनि वास्तविकता त्यस्तो नभएको अध्यक्ष ठाकुरले वताउनुभयो। उहाँले समयमै संविधान नवने मुलुक गम्भिर अनिश्चयको संकटमा फस्ने उल्लेख गर्दै त्यसो हुनवाट वचाउन पनि दलहरु संविधान निर्माणको काममा लाग्नैपर्ने उहाँले वताउनुभयो। संविधान वनाउने कामलाई सहज वनाउन मधेसवादी दलहरुले विभिन्न पार्टीहरुसँग छलफल शुरु गरेको पनि उहाँले जानकारी दिनुभयो। संविधानको कार्यतालिका छैठौं शंसोधन हुने अवस्था आउनु राम्रो नभएको उल्लेख गर्दै उहाँले अझै पनि ...

संकल्प प्रस्ताव संसदमा छलफल गर्न सकिन्छ -एमाले महासचिव

काठमाडौं २३ भदौ। नेकपा एमालेका महासचिव इश्वर पोखरेलले संसदको गतिरोध अन्त्यका लागि माओवादीले उठाएका मुद्दामा संसदमा छलफल गर्न सकिने बताएका छन्। रिपोर्टस क्लब नेपालद्धारा आयोजित साक्षात्कार कार्यक्रममा महासचिव पोखरेलले माओवादीले उठाएको संकल्प प्रस्तावका वारेमा संसदमा छलफल गर्न सकिने बताए। उनले संकल्प प्रस्तावलाई साझा रुपमा प्रस्तुत गनुपर्ने बताए। महासचिव पोखरेलले भनेूराष्ट्रपतिको कदमका विषयमा माओवादीले उठाएको संकल्प प्रस्तावबारे संसदमा छलफल गर्दा कुनै आकास खस्ने वाला छैन तर यो सबैको साझा मुद्दा भएकाले प्रस्ताव पनि साझा रुपमा लैजान सकिन्छ। त्यसपछि देश सहमतिमा जान्छ र दलहरु बसेर तत्काल त्यसका लागि बाताबरण बनाउनु पर्छ। एमालेले अहिलको निकासको लागि यो प्रस्ताव अगाडी सारेको पोखरेलले बताए। महासचिव पोखरेलले विधिसम्मत रुपमा माओवादीका प्रस्ताव संसदभित्र प्रवेश गर्नदिनुपर्ने तर्क गरे। अहिलेका सबै विषयको टुङ्गो सम्वादबाट लगाउनु पन बताउँदै महासचिव पाखरेलले एमालेले छलफल चलाइरहेको बताए। यो सरकारको विकल्प अर्को सरकार नभएको ठोकुवा गर्दै उनले माओवादीको नेतृत्वको सरकार बन्न नसक्ने बताए। माओवादी सयुक्त सरक...

दसैंको मुखमा बिज्ञापन आतंक

दसैं आयो मोजमस्ती गरौंला कहाँबाट ल्याउला बिज्ञापन आतंक मच्चाऔला भक्तपुर २३ भदौ । हिजोआज नेपालका बिज्ञापन संकलक तथा झोले पत्रपत्रिकासंग निकट भएका मानिसहरुले उल्लखित गीतको भाव अनुसार काम गरिरहेका छन्। दसैं नजिक आउदा भक्तपुरका केही पत्रकारको भेष ओढेका मानिसहरुले यहाँका ब्यापारी उद्योगी र समाजका गन्यमान्य ब्यक्तिहरुलाई सम्पर्क गरी दसैंको लागि बिज्ञापन रुपी चन्दा दिन दवाव दिन थालेका छन्। यस किसिमको आतंक बर्षमा दुई पटक हुने गरेको छ। नयाँ बर्षको अवसर क्यालेण्डर र डायरीमा बिज्ञापन माग गर्ने गरिएको छ। असोज कार्तिकमा दसैं तिहारको नाममा बिज्ञापन आतंक हुने गरेको छ। स्थानीय रुपमा दर्ता भएका तर कि्रयाशिल नभएका क्लव संस्थाहरुले नै आफ्ना मुखपत्रहरु निकाल्ने बहानामा बिज्ञापनदाताहरुलाई सताउने गर्दछन्। अरुबेला हराउने उनीहरु बर्षको दुई पटक यसरी बाहिर देखा पर्ने गरेका छन्। दशै तिहार र नयाँ बर्ष मनाउन मात्र पत्रकार हुनेहरुले पत्राकारितामा बिकृति ल्याएका छन्। यसरी छापिने पत्रिकाहरुको बिज्ञापन संकलन गर्ने जिम्मा पत्रकारितालाई ब्ल्याकमेलिङ गर्ने माध्यम मानेका दैनिक तथा साप्ताहिक पत्रिका साचालकहरु लिने गरे...
एमालेको घरमा सरकारी अफिस चुनाव हारेका एक नपुङसक मानिस नेपाल नामको देशमा सरकार प्रमुख भए पछि युवा मन्त्रालयको पनि गठन भएको छ । युवा मन्त्रालय अन्र्तगतको जिल्ला युवा कार्यलय भक्तपुरमा पनि खुलेको छ । हारेका मानिससंग सम्बन्धित एमाले जिल्ला कार्य समिती रहेको घरमा सो सरकारी अफिस खुलेको हो । भक्तपुरमा एमाले नमान्ने युवाहरुको जमात ठुलो छ । जिल्ला युवा सुचना कार्यलय नाम दिइएको सो अफिस युवाहरु प्रति लक्षित छ । तर एमाले नमान्ने युवाहरु सो कार्यलयमा जान हिच्किचाउछन् । आफुलाई वास्ता नै नभएको दलको कार्यलयमा उनीहरु जान चाहदैनन् । अरुले एमालेमा लागेको आरोप लगाउला भन्ने समस्या देखिन्छ । सरकारी कार्यलयहरु कुनै दल बिषेशको हुदैन । त्यसैले पनि दल रहेको घरमा सरकारी कार्यलय चलाउनु उपयोगी छैन । सरकारी भवनहरु खाली हुदा हुदै एमालेको सरकार भएको मौकामा पार्टी कार्यकर्ता भर्ती गर्न कार्यलय खोलिएको हो । सरकार कै स्थानीय बिकास मन्त्रालय अन्र्तगतको भक्तपुर नगरपालिकाले मातहतमा रहेका भवनहरु खाली छन् । युवाहरुको ब्यापक जमघट हुने माहेश्वरी स्थित पाँचखेल मैदानमा युवा कार्यलय स्थानान्तरण गर्न उपयुक्त देखिन्छ । राजनितिक दलह...

मुर्तिको चिडियाघर खोज्न जादा

भक्तपुर २३ भदौ। साउन पुर्णिमा दिन भक्तपुरका बिभिन्न स्कुलमा पढ्ने सनिष राजचल मनिषा राजचल विक्रम सिल्पकार रिनिका सिल्पकार र ऐलेन सिल्पकार जनै पुर्णिमा मनाउन आफन्तको घरमा जम्मा भएको थिए। उनीहरु त्यस दिन गोमारीमा भेला भए। उनीहरुले त्यस दिन बिहानै खेत खेतमा गएर भ्यागुतालाई पुजा गरे। नेवारहरुले जनैपुर्णिमा खेतमा बस्ने भ्यागुताहरुलाई भात खुवाएर पुजा गर्ने गर्दछन्। भ्यागुताको पुजा सकिए पछि भने सबैजना घरमा जम्मा भएर गेडागुडी उमालेर बनाइएको तातो पाँचै जनाले क्वाँटी खाए। क्वाँटी खाने कार्यक्रक सके पछि बिक्रमले भने लौ आज हामी भक्तपुर सहरमा रहेका मुर्तिका जनावरहरु खोज्न जाऔं। यो कुरा सुन्नासाथ फुच्चे ऐलेन जुरुक्क उठेर मुर्तिको पनि जनावर हुन्छ र भनी प्रश्न गरे। धेरै ठाउँमा जनावरहरुका मुर्तिहरु देखेका मनिषाले किन नहुनु नि पुराना मन्दिरको ढोका अगाडि त बाघ र िसंह जस्ता डरलाग्दा मुर्तिहरु बनाइएका हुन्छन् सबैलाई भने। यो कुरा अघि देखि सुनिरहेका रिनिकाले ए त्यसो भए आज बिदाको दिन मन्दिरहरुमा के केको मुर्ति बनाइएका छन् खोज्न हिडौं है यस पछि उनीहरु भक्तपुरको दरवार क्षेत्रमा पुगे। त्यहाँ उनीहरुले मन्दिर गन...

उद्योगढोकामा भयानक खाल्डो

भक्तपुर २३ भदौ । उद्योग क्षेत्र प्रशेश गर्ने प्रमुखद्धारमा ठुलो खाल्डो परेको छ। निजी सरकारी साझेदारी अन्र्तगत यो क्षेत्रको सरसफाइको काम गर्न भक्तपुर नगरपालिकाले आगामी पौष १६ गतेसम्मको लागि भक्तपुर उद्योग बाणिज्य संघलाई दिएको थियो। तर प्रबेशद्धार नजिकै तिनतले घरमा कार्यलय भएको संघले सम्झौता अनुरुप काम नगरेको स्पष्ट भएको छ। आफ्नै आँगनको बाताबरण समेत संघले ब्यबस्था गर्न सकेको छैन। उद्योग क्षेत्रभित्र आउने र जाने सम्पुर्ण सवारीसाधन यही बाटो भएर आउनु पर्दछ। खाल्डो पार गर्न सवारीसाधनहरुलाई बडो कस्त हुने गरे पनि संघले यस बिषयमा चासो देखाएको देखिदैन। संघ कै बेवास्ताको कारण फोटो नम्बर ०८० मा झै धेरै सवारीहरुलाई उद्योग क्षेत्रमा प्रबेश गर्न समस्या रहेको देखिन्छ। नगरपालिका पुराना मेयर प्रेम सुवाल पनि दैनिक यही बाटो भएर आफ्नो पजेरो गुडाउछन्। तै पनि खाल्डो पुर्ने बिषयमा ध्यान गएको छैन। संघको भवनले अन्तराष्ट्रिय गुणस्तर चिन्ह पाएको छ। यही गुणस्तरको इज्जत जोगाउन पनि भवन नजिक रहेको खाल्डोको उचित ब्यबस्था गरेमा मात्रै संघको नाक रहने देखिन्छ। -रविन राचलिका हरीत समूह भक्तपुर