Skip to main content

Posts

Showing posts from November 28, 2009

दुइ दिन भन्सार कार्यालय बन्द हु“दा राज्यलाई ७ करोड रूपैया“ राजश्व घाटा

वीरगंज, १३ मंसिर। कृषि तथा सहकारी राज्य मन्त्री करिमा बेगमलाई कारबाहीको मांग गर्दै पर्साको सरकारी कार्यालयका काम काज आज तेश्रो दिन पनि बन्द रहे। तत्कालिन प्रमुख जिल्ला अधिकारी दर्ुगा प्रसाद भण्डारीलाई हातपात गर्ने कृषि तथा सहकारी राज्यमन्त्री करीमा बेगमलाई सरकारले कारबाही नगरेको बिरोधमा आक्रोशित कर्मचारीहरूले बिहीबारदेखि पर्साका सम्पर्ूण्ा सरकारी कार्यालयहरू अनिश्चितकालका लागि बन्द घोषना गरे अनुरुप आज तेश्रो दिनपनि कार्यालयहरु बन्द भएका हुन। पर्साका सरकारी कर्मचारीहरू राज्यमन्त्री बेगमलाई कारबाहीको मागगर्दै गत सोमबारदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेका थिए। राज्यमन्त्री बेगमले कार्त्तिक २४ गते सिमरा विमानस्थलमा प्रजिअले पुरानो गाडी पठाएको झोकमा प्रजिअकै कार्यकक्षमागएर चार थप्पड लगाएकी थिइन्। यस घटनालाइ लिएर उनि माथि कारवाही नहुने प्रधानमनत्रीले स्पष्ट पारेका। तर राजय मन्त्री बेगमले आफु द्धारा कुनै किसीमको माफी नमगेको बताए। यसैगरी दुइ दिन भन्सार कार्यालय बन्द हु“दा राज्यलाई ७ करोड रूपैया“ राजश्व घाटा भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। पर्साका तत्कालीन प्रमुख जिल्ला अधि

एचआईभी संक्रमणको रोकथाम तथा नियन्त्रण बारे अन्तरक्रिया

वीरगंज, १३ मंसिर । महिला माथि हुने हिंसा अन्त्य गर्न प्रतिवध्ता, तसरता र जवाफ देहिता भन्ने मूल नाराका साथ चौथो दिन महिला हिंसा तथा एच आइ भी एडस बिरुधको १६ दिने अभियान अन्तरगत एचआईभी संक्रमित भएका ब्यक्तिहरुको संस्थागत एक दिने अन्तरक्रिया कार्यक्रम आज दिव्य युवा क्लव पर्साको हातामा सम्पन्न भएको छ। दिव्य युवा क्लव पर्सा, अरुणोदय युवा क्लव पर्साको संयुक्त आयोजनामा र एक्सन एड नेपालको सहयोगमा संचालित सो कार्यक्रममा एचआईभी संक्रमणको रोकथाम तथा नियन्त्रण र एडसको उपचार गरि सोबाट पर्ने ब्यक्तिगत सामाजिक आर्थिक तथा अन्य प्रभावलाई कम गर्दै र्सार्वजनिक स्वास्थ्य स्थितीलाइ सुदृढ तुल्याउन तथा एचआईभी संक्रमित एडस भएका तथा प्रभावकारी ब्यक्तिहरुको अधिकारको संरक्षणर पर््रवर्धन गर्नको लागि संस्थागत अन्तरक्रिया कार्यक्रम गरिएको बताइयो। अन्तरक्रियामा निल हिरा समाजका, युथ भिजन, करुणा भवन लगायत संस्थाका प्रतिनीधिहरुको उपस्थिती रहेको थियो।

गजल तथा श्रृजना वाचन कार्यक्रम

वीरगंज, १३ मंसिर । ५३ औ राष्ट्रिय क्षयरोथग निवारण दिवसको उपलक्ष्यमा नेपाल क्षयरोग निवारण संस्था पर्सा र गजल साहित्य मंच नेपालको संयुक्त आयोजनामा गजल तथा श्रृजना वाचन कार्यक्रम आज बीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रागंणमा सम्पन्न भएको छ। गजल तथा श्रृजना वाचन कार्यक्रममा कवि कवियत्रीहरुले कविता, रचना वाचन गरेका थिए। गजल साहित्य मंच नेपाल पर्साकी अध्यक्ष लक्ष्मी शाक्यको अध्यक्षतामा सम्पन्न सो गजल कार्यक्रममा ध्रुवलाल शास्ती, शमिर पाख्रिन, दिलीपराज कार्की, सुदर्शनराज पाण्डे, रितेश त्रिपाठी, अरुण ब्रि्रम शाह लगायतले कबिता वाचन गरेका थिए।

राजकुमार लेखीलाई उम्मेदबार बनाउने घोषणा

वीरगंज, १३ मंसिर। नेपाल आदिवासी जनजाति महासंघको आगामी महाधिवेशनमा थारु कल्याणकारिणी सभाले आफना महामन्त्री राजकुमार लेखीलाई अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको छ। यही पुष २५, २६ र २७ गते काठमाडौंमा हुन गइरहेकोले महाधिवेशनमा थारु कल्याणकारिणी सभाको राजधानीमा आज बिहान सम्पन्न केन्द्रिय सचिवालय वैठकले लेखीलाई आदिवासी जनजाती महासंघको अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो। त्यस अघि थारु कल्याणकारिणी सभाको सिराहामा सम्पन्न केन्द्रिय समितिको वैठकले लेखीलाई आदिवासी जनजाति महासंघको महाधिवेशनमा उम्मेदवारी दिने अख्तियारी सहितको प्रतिनिधि बनाउने निर्णय गरेको थियो। थारु कल्याणकारिणी सभाको सचिवालयले लेखीलाई उम्मैदवार बनाउने निर्णय गर्नुका साथै नेपालको आदिवासी आन्दोलनलाई पहाडी मधेशी ब्राम्हणवादी गठवन्धनबाट खतरा रहेको निष्कर्षपनि निकालेको छ।

इएमआइ नेपालबारे छलफल

वीरगंज, १३ मंसिर । आर्थिक स्वतन्त्रताको सहयात्री बिशुद्ध नेपाली उत्पादनको लागि बजार ओगट्न सफल भएको इएमआइ नेपालले आज बीरगंजस्थित बीरगंज पब्लिक क्लेजमा अभिमुखिकरण गोष्टी सम्पन्न भएको छ। गोष्टीमा इएमआइ नेपालको स्थापना काल देखि सक्रिय हुँदै आउनु भएको पदम राणाले इएमआइको बारेमा जानकारी तथा इएमआइ आबद्ध भएपछि आफुले पाएको खुशीहरु कार्यक्रममा साटासाट गर्नु भएको थियो। साथै सोही कार्यक्रममा इएमआइ तथा बिश्देश्वरी राणाले इएमआइको उपलब्धीको बारेमा जानकारी गराएका थिए। इएमआइ नेपालले बिगत ५ बर्ष देखि हर्बलको उत्पादनको सामानहरुको बिक्रि बितरण गरिरहेको बताए।