Skip to main content

Posts

Showing posts from August 9, 2009

विधवा महिलासंग विवाह गर्नेलाई ५० हजार दिने सरकारी नितीको खारेजीको मांग

वीरगंज, २५ साउन । विधवा महिलासंग विवाह गर्नेलाई सरकारले रु ५० हजार दिने सरकारी नीति खारेजको मांग गर्दै नेपाल सदभावना -आ)ले प्रधानमन्त्रीलाइ ज्ञापनपत्र पठाएको छ। आज जिल्ला प्रशासन कार्यालय पर्साका प्रजिअ दुर्गाप्रसाद भण्डारीमार्फत प्रधानमन्त्रीलाई पठाइएको सो ज्ञापनपत्रमा सरकारी राजनीति भ्रष्टाचारको अन्त्य, विधवा विवाहको लागि सरकारले दिने रु ५० हजार रकमको निति खारेज लगायत १२ बुंदे मांग राखेका छन्।

उराव जातिले पहिलोपटक पर्सामा दण्डा काटे

वीरगंज, २५ साउन । विश्व आदिवासी दिवसको अवसरमा पर्सा जिल्लामा पहिलोपटक दलित जाति उराव समुदायले दण्डा काटने -पूजा गर्ने) गरेका छन् । दण्डा काटेपछि उनीहरुले कार्यक्रममै जांड खाएका थिए। उराव जातिले यसभन्दा पहिले पर्सा जिल्लामा दन्डा काट्ने गरेका थिएनन्। आज वीरगंज, घण्टाघरमा महिला अधिकार मंच पर्साले आयोजना गरेको र्‍यालीमा आदिवासी, थारु, जनजाति लगायतको उपस्थिति थियो। आदिवासी जनजाति महिलाको पहिचान कायम गरियोस्,लगायतका नाराहरु महिला तथा पुरुषहरुले बोकेका प्लेकार्डमा बोकेर नगर परिक्रमा गरेका थिए।

सात वर्षको तलब भत्ता, सुविधाको मांग गर्दै घेराउ

वीरगंज, २५ साउन । सात वर्ष अघि बन्द भएको वीरगंज चिनी कारखानाका १९४ जना कार्यरत कर्मचारी मजदूरहरुले पूर्व घोषित आन्दोलनको कार्यक्रम अनुसार कोष तथा लेखा नियन्त्रण कार्यालय पर्सामा घेराउ गरेका छन्। आज बिहान ११ बजेदेखि १ बजेसम्म कर्मचारीहरुले ७ वर्षो तलब भत्ता सुविधाको मांग गर्दै घेराउ गरेका हुन्। धर्ना कार्यक्रममा अनेटे्रयू महासंघ इकाइ समितिका प्रतिनिधि, कार्यकर्ता लगायतको उपस्थिति थियो।

भत्ता वितरण नगरेपछि सचिवको रामधुलाइ

वीरगंज, २५ साउन । वृद्ध, अपांग भत्ता वितरण नगरेको विरोधमा बाराका गाविस सचिवलाइ स्थानीयवासीले कुटपिट गरी प्रहरीमा बुझाएको छ। आज बिहान रतनपुरीका स्थानीय बासिन्दाले सचिव ध्रुवकुमार थापालाई कुटपीट गरी घाइते बनाएका हुन्। कार्यालयमा अनुपस्थित रहेका थापाले लामो समयदेखि बृद्ध र अपाङ, विधवा भत्ता वितरण नगरेपछि स्थानीयवासीले कुटपिट गरी प्रहरीमा बुझाएको छ। पर्सा र बारामा लामो समयदेखि भत्ता वितरण नगरेपछि यहांका वृद्ध, अपांग, विधवा मर्कामा परेका छन्।

सिन्धुलीमा अज्ञात रोगबाट ५ को मृत्यु, २ सिकिस्त

सिन्धुली, २५ साउन । अज्ञात रोगबाट सिन्धुलीको क्यानेश्वर-९ मा मृत्यु हुनेको संख्या पांच पुगेको छ। एक हप्ता अघिदेखि फैलिएको अज्ञात रोगबाट १३ वर्षीया सुनमाया घलान, कालीमाया वि.क.को लालबन्दी स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको छ भने १० वर्षीय राजु बल लगायत अन्य ४ जनाको स्थानीय शिविरमा उपचार भइरहेको छ। चारजना मध्ये दुइको अवस्था अत्यन्तै नाजुक बन्दै गइरहेको छ। प्रभावित क्षेत्रमा खटेका चिकित्सकका अनुसार सो स्थानमा डेंगु हेमोरेजीक फिवर फैलिएको अनुमान गरेका छन्। अन्य थप बिशेषज्ञको टोली मगाउन आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ ।

अबिरल वर्षा, डुबान र पहिरो

वीरगंज, २५ साउन । अबिरल वर्षाको कारण विभिन्न स्थान बाढी, पहिरो र डुबान परेको छ। दुइ दिनदेखि अविरल पानी परेपछि मकवानपुरको मनहरी, नयां बस्तीका ४० घर डुबानमा परेपछि आज बिहानैदेखि उद्धार कार्य सुरु भएको छ। आज बिहान पहिरो खसेर सिन्धुपाल्चोकको तातोपानी-३ मा भन्सार गर्न आएका ना.३ख ७३१४, ना.३ख ८६०, र ना.२ख ४९०१ नं.को कन्टेनर पुरिएको छ।

दुर्घटना र सडक अवरुद्ध

वीरगंज, २५ साउन । विभिन्न स्थानमा दुर्घटनामा परी एकजना मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। आज बिहान महेन्द्र राजमार्गको भरतपुर, आंपटारी नजिकै नं.नखुलेको सवारी साधनको ठक्करबाट एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। मृतकको नाम ठेगाना खुल्न सकेको छैन। आज बिहान सर्लाही, कर्मैया-३ गोडारीपुल नजिकै ना.३ख ७५३३ नंं.को अग्नी यातायात बस दुर्घटना हुंदा १० जना घाइते भएपछि उनीहरुको नमूना अस्पतालमा उपचार भइरहेको छ। आज बिहान काभे्रको पांचखाल-३ केराघारीमा बा.२ख ८७१३ नं.को बसको ठक्करबाट पुकार सापकोटा घाइते भएपछि उनको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ। आज बिहान सडकमा ग्राभेलको मांग गर्दै सर्लाहीको मुसैलीका स्थानीयवासीले गडहियामा सडक अवरुद्ध गरेका छन्। आपसी विवादमा झडप हुंदा अवरुद्ध रहेको सडकखण्ड आज बिहानदेखि सुचारु भएको छ। र्सलाही जिल्ला अदालतका लेखापाल सत्यनारायण साह र नेपाल बैंक लि.शाखा कार्यालय मंलगवाका कर्मचारी आनन्द साह कुटाकुट हुंदा प्रहरीले १४ जनालाइ पक्राउ गरेका थिए। बिपक्षी आनन्द साहले घटनाको विरोध गर्दै गएरातिदेखि सो सडकखण्ड अवरुद्ध पार्दै आएका थिए।

झोले पत्रिका नियन्त्रण गर्न नयां ब्यवस्था

भक्तपुर, २५ साउन। झोले पत्रिका छापेर सरकारले दिने गरेको लोककल्याणकारी विज्ञापन लुट्न तल्लीन ब्यक्तिहरूलाइ निरूत्साहित गर्न नयँं पत्रपत्रिका बर्गीकरणको नियम लागु भएको छ। साउन १९ गते प्रेस काउन्सिलले एक सूचना प्रकाशित गरी सो ब्यवस्थाको बारेमा जानकारी गराएको छ। यो व्यवस्था अनुरूप प्रत्येक आर्थिक वर्षो साउनदेखि असार मसान्तसम्ममा सो बमोजिमको अंक प्रकाशित गरी असोज मसान्तभित्र प्रकाशन वितरणको लेखा परीक्षकद्वारा संपरीक्षण गर्राई आवेदन दिने पत्रपत्रिकाको मात्र संपरीक्षण मूल्यांकन गरिने भएको छ। म्याद समाप्त भएको मितिले ७ दिनभित्र दोब्बर दस्तुर तिरी आवेदन दिन सकिने ब्यवस्था पनि गरिएको छ। वर्गीकरणका निम्ति प्रस्तुत भएको पत्रपत्रिका प्रष्टसंग छपाई प्रेस -प्रिन्टिङ प्रेस) बाट छापिएको हुनुपर्ने छ। अन्यथा वर्गीकरणमा समावेश गरिने छैन। संस्थागत पत्रिकाको हकमा कुनै दाताको सहयोगमा वा आप\mनो संस्थाको प्रचार वा पर््रवर्द्धनको उद्देश्यले प्रकाशन भएको भए वर्गीकरणमा समावेश गरिने छैन। समाचारलाई सम्पादकीय भनी उल्लेख गर्ने, प्रायजसो समाचार सामग्री विभिन्न पत्रपत्रिकाबाट साभार गर्ने, विभिन्न न्यूज एजेन्सीको

नेपालकै सबैभन्दा ठूलो निजी क्ष्ँेत्रको अस्पताल नेशनल मेडिकल कलेज बन्द गर्न भूमिगतको धम्की

वीरगंज, २५ साउन । नेपालकै सबैभन्दा ठूलो निजी अस्पताल नेशनल मेडिकल कलेज शिक्षण अस्पताललाई बन्द गर्न भूमिगत समूहले धम्की दिएको छ। आज जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय पर्सामा अस्पताल प्रशासनमा उजुरी दिंदै अस्पताल बन्द नगरे भौतिक कारबाही गर्ने चेतावनी दिएको बताइएको छ। आज नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. बसरुद्दिन अंसारीले वीरगंज टुडेलाई फोन मार्फत जानकारी गराउंदै ०५१-६२१२६० एवं ९८४५०३७८६४ नम्बरबाट आइसीयु, एनआइसीयू, ओटी लगायतको वार्डहरुमा कार्यरत स्वास्थ्यकर्मी एवं चिकित्सकहरुलाई भूमिगत समूहको नामबाट धम्की आएको बताएका छन्। वीरगंज-१८ भेडियाहीमा रहेको सो अस्पताल तराइको सबैभन्दा ठूलो अस्पताल हो, त्यहा उपचारार्थ तराइ लगायत भारतबाट बिारमीहरु आउने गरेका छन्। विगत केही दिनदेखि अस्पतालका केही कर्मचारीहरुले तीनजना कर्मचारीहरुको पुनरबहालीको मांग गर्दै धर्ना दिंदै आइरहेता अस्पतालको सम्पूर्ण डिपार्ट संचालन गर्दै आइरहेको छ।

धर्मको राजनीति गर्नेले देशलाइ विखण्डनमा लैजाने- बिहार राज्यसभा सदस्य अंसारी

वीरगंज, २५ साउन । अलइन्डिया पाचवन्दा मुस्लिम समाजका राष्ट्रिय अध्यक्ष एवं बिहारका राज्यसभा सदस्य अलि अनवर अंसारीले नेपाल भारतको जनताको विचार एउटै प्रकृतिको भएकोले नै एक अर्काको दुःखसुख राम्ररी बुझ्न सकेका छन्। रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै उनले राजशाहीको अन्त्य गरी नेपालमा लोकतन्त्र आएपछि भारत खुशी भएको बताए। अंसारीले १० महिनाभित्र संविधान निर्माण भएमा नेपालले दीगो विकास गर्ने आशा गरेका छन्। छिमेकी देश भारतसंग नेपालको रोटीबेटीको सम्बन्ध रहेको भन्दै दुवै देशले गरिब, अशिक्षति, गरिबी, बेरोजगारी मुद्दालाइ उठान गर्नुपर्ने आवश्यकता औंल्याए। अन्सारीले १५ वर्ष यता बिहारमा निकै सुधार आएको दाबी गर्दै जातजाति, धर्मको राजनीति गर्नेले देशलाई टुक्राउने बताए । इस्लामिक मुलुकहरुमा धर्म, जातिको राजनीति भएको हुनाले त्यहा जहिले पनि हत्या, हिंसा भइरहेको दाबी गर्दै अहिले नेपालमा हिन्दू धर्म कायम गराउन सक्रिय हुनेहरुले मुलुकलाई बिखण्डनको बाटोमा डोर्याउने दाबी गरे। रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो।