बिभिन्न माग गर्दै बाराको एउटै कार्यालयमा बिभिन्न तीन संगठनको तालाबन्दी . प्ररायु संघ बाराको बैठक सम्पन्न . लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न एमाले न
-सुभाषप्रसाद साह- बारा २३ भदौ। बिभिन्न माग गर्दै जिल्ला स्वास्थ्य कार्यालय बारामा आज बिभिन्न तीन संगठनले छुटाछुटै तालाबन्दी गरेका छन्। दिउँसो एक बजे देखी गरिएको तालाबन्दीका कारण स्वास्थ्य कार्यालयको काम ठप्प भएको छ। नेपाल स्वास्थ्यकर्मी युनियन बारा अखिल प्रगतिशिल स्वास्थ्यकर्मी युनियन बारा र भुपु कार्यालय सहयोगी संगठनले छुटाछुटै तालाबन्दी गरेको हो। नेस्वायुका केन्द्रीय सदस्य अनिल पाण्डेका अनुसार स्वास्थ्यकर्मीहरुको समस्याको बारेमा बार्ता नगरिएको भन्दै दुईटै युनियनले दुई घण्टाको लागि तालाबन्दी गरेको हो। त्यसैगरी भुपु कार्यालय सहयोगीहरुलाई पुर्नबहालि गर्नुपर्ने माग गर्दै कार्यालय सहयोगीहरुले अनिश्तिकालको लागि तालाबन्दी गरेको कार्यालय सहयोगी बाराका अध्यक्ष नागेन्द्रप्रसाद सहनीले बताउनु भयो। एकजनाले कम्तीमा १० देखी १५ हजार खर्च गरी सम्बन्धीत निकायबाट पत्र ल्याए पनि स्वास्थ्य कार्यालयका प्रमुख अरुणकुमार िसंहले त्यसको बारेमा कुनै किसिमको चासो नदिई भाग्ने काम गरेको आरोप भुपु कार्यालय सहयोगीहरुले लगाएका छन्। आफुहरुको माग जब सम्म पुरा हुदैन तब सम्म तालाबन्दी रहिरहने उनीहरुले जनाएका छन्। ...