Skip to main content

Posts

Showing posts from July 3, 2009

शिक्षक सेवाको परिक्षा लिन माग

कलैया, १९ असार । शिक्षक सेवा अध्यापन अनुमति पत्रको परिक्षा अनिश्चिच तथा अन्यौलमा परेको भन्दै शिक्षा सेवा अध्ययापन अनुमति पत्रको परिक्षा छिटोभन्दा छिटो सञ्चालन गर्न लाइसेन्स संघर्ष समिति बाराले आज माग गरेको छ। समितिका अध्यक्ष भवानी देबीले जिल्ला शिक्षा कार्यालय बारामा एक ज्ञापनपत्र दिदै यस्तो माग गरेका हुन्। लाइसेन्स संघर्ष समितिको मागलाइ आलटाल गरेर यदि परिक्षा तत्काल सञ्चालन नगरेमा कडाभन्दा कडा आन्दोलन गरिने समितिका सदस्य सुनिता साहले बताइन्।

शनिबार मधेस बन्दको घोषणा

वीरगंज, १९ असार । तराइ मधेसमा सशस्त्र आन्दोलनरत तराइ मुक्ति टाइगर जनतान्त्रिकले शनिवार तराइ मधेश बन्दको घोषण गरेको छ। जनतान्त्रिकका बारा जिल्ला इन्चार्ज जालिम सिंह र जिल्ला कमाण्डर तिलक सिंहद्वारा शुक्रबार जारी प्रेस बिज्ञप्तिमा तराइ मधेस एक दिन बन्दको घोषण गरेको हो। शिक्षण संस्था, उधोग कलकरखाना, बजार , यातायात लगाएत बन्द गरेर मधेसीको अधिकार सुनिश्चित गर्न सबैमा अनुरोध गरिएको छ । बन्दको अवज्ञा गर्नेलाई कडाभन्दा कडा कारवाही गरिने बिज्ञप्तिमा जनाईएको छ।  

बिद्यार्थीद्वारा जिशिका बारामा तोडफोड

-सुभाष साह- कलैया, १९ असार ।  जिल्ला शिक्षा कार्यालय बारा तथा परिक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरको लापरवाहीको कारण सतप्रतिशत रिजलट ल्याउँन सफल हुदै आएको कलैया स्थित भरतबाबा सेकेण्डरी बोर्डिङ स्कुलका सबै बिद्यार्थीहरु २०६५ सालको प्रबेशिका परिक्षा एसएलसीमा अनुतिर्ण भए पछि आक्रोसित भएका भरतबाबाका बिद्यार्थीहरुले आज जिल्ला शिक्षा कार्यालय बारामा तोडफोड गरेका छन्।  भरतबाबा स्कुलबाट निष्केको बिद्यार्थीको जुलुसले जिशिअ तथा प्रशासन कार्यालय बिरुद्ध कडा नारा लगाउँदै जिशिकामा पुगि कार्यालय तोडफोड गर्नुका साथै कार्यालय भित्र रहेका फनिचरहरु बाहिर निकालि तोडाफो गरेका छन् । साथै उनीहरुले कार्यालयको सिसा समेत तोडफोड गरेका छन् । तोडफोड गर्ने क्रममा प्रहरी तथा बिद्यार्थीबीच केहि बेर झडप समेत भएको छ । झडपमा परी भरतबाबा स्कलमा अध्ययनरत कक्षा १० का धुरेन्द्र यादव र कक्षा ८ का पुरुषोतम पटेल प्रहरीको कुर्टाईबाट र्घाईते  भएका छन् । यादवको काख तथा पटेलको टाउँकोमा चोट लागेको भरतबाबा स्कुलका शिक्षक सुभाषप्रसाद यादवले बताए । उनीहरुको कलैया अस्पतालमा उपचार भईरहेको छ । भरतबाबा स्कुलका बिद्यार्थीहरुले भर

बाबुद्वारा छोरीको हत्या

-सुभाष साह कलैया, १९ असार । मानसिक सन्तुलन गुमाएका एक बुवाले बारामा आफनै आठ बर्षीया छोरीलाइ खुकुरी प्रहार गरेर आज हत्या गरेका छन्। इलाका प्रहरी कार्यालयका अनुसार निजगढ- ६ निवासी महेश भण्डारीले आफ्नै आठ बषर्ीया छोरी पुणिर्मा कुमारी भण्डारीको खुकुरीले घांटी रेटी हत्या गरेका हुन् । बिगत एक महिनादेखी बिरामी भएकी छोरीलाई उपचार गराउँनुको साटो बाबुले खुकुरी प्रहार गरी हत्या गरेपछि बुवा भण्डारीलाईर् इलाका प्रहरी कार्यालय निजगढले पक्राउ गरेको छ ।  

वर्डफलु नियन्त्रण अभिमुखीकरण कार्यक्रम

वीरगंज, १९ असार । वर्ड फलु नियन्त्रणका लागि एभियत इन्फलुन्जा अभिमुखीकरण कार्यक्रम आज वीरगंजको स्थानीय होटलमा सम्पन्न भयो। वीरगंज उपमहानगरपालिका र नेपाल सरकार स्थानीय विकास मन्त्रालयको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा कर्मचारी, वडा सचिव र स्थानीय पत्रकारहरुको सहभागिता थियो। नेवाहरुको अधिकार वीरगंज, १९ असार । संघीय लोकतान्त्रिक गणतन्त्रमा नेवारहरुको अधिकार विषयक अन्तर क्रिया कार्यक्रम आज वीरगंजमा सम्पन्न भयो।  कार्यक्रममा नेपाल राष्ट्रिय मुक्ति मोर्चा, नेपाल भोजपुरा राज्य समितिलगायतको उपस्थिति थियो। युथ फोर्सको गम्भीर ध्यानाकर्षण  वीरगंज, १९ असार । गत जेठ ९ गते कथित सडक दुर्घटनामा परी मृत्यु भएका युथ फोर्स पर्साका सदस्य पल्लव सिलवालको मृत्युप्रति युथ फोर्सले गम्भीर ध्यानाकर्षण गरेको छ। आज फोर्सका जिल्ला कमाण्डर अजय कुशवाहाले एक प्रेस विज्ञप्ति जारी गरी घटना नियोजित देखिएको भन्दै सत्य, तथ्य पत्ता लगाउन नेपाल सरकार र स्थानीय प्रशासनसंग माग गरेको छ।

थप ४१ वटा नगरपालिका गठन हुन्छ-स्थानीय विकासमन्त्री

काठमाडौं, १९ असार । स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माले थप ४१ वटा नगरपालिका गठनका लागि अन्तिम तयारी भइरहेको बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सय दिनभित्र थप नगरपालिका गठन खुलासा गरे। दलहरुको राजनीतिक संयन्त्र गठन गरी स्थानीय निकायलाई प्रभावकारी बनाइने बताएका छन् । तत्काल निर्वाचन हुने अवस्था नहरहेकाले दलहरुको सहमतिमा संयन्त्र बनाएर विकास निर्माणको काम अगाडि बढाइने बताए । स्थानीय निकायमा पदाधिकारी नहुदा काम गर्न समस्या आयो, मन्त्री शेर्माले भने, तत्काल राजनीतिक संयन्त्र गठन गरी काम अगाडि बढाइनेछ । राजनीतिक संयन्त्र गठनको आधारबारे सोधिएको प्रश्नमा सबै बसेर सहमतिबाट तय हुने बताए । सहमति, सहकार्य र एकताको विकल्प नभएको भन्दै स्थानीय तहबाट त्यसको सफल परीक्षण हुनुपर्ने बताए । दलहरुबीच सहमतिमा जोड दिदै राष्ट्रि्य सहमतिको सरकार गठनमा जोड दिए। जसले सहमति बनाउन सक्छ उसैको नेतृत्वमा सहमतिको सरकार बन्नुपर्ने बताए। शेर्माले भने, सहमतिमा जो पनि सरकारको नेतृत्वमा पुग्नसक्छ । नगरपालिका संघका अध्यक्ष डोरमणि पौडेलले तत्काल स्थानिय निकायको रिक्त पदाधिकारीको विकल्प दिन आ

कालो कारमा बन्दना राणा

-रविन राचलिका हरीत समूह भक्तपुर..... पत्रकारिता पेसा धन कमाउनहरु क्षेत्र होइन । तर हिजोआज यस क्षेत्रमा लागेर कालोधन जम्मा गर्नेहरुको जमात बढेको छ । सञ्चारिका समूहका पर्ुब अध्यक्ष बन्दना राणा पनि कार चढ्नेहरु मध्ये एक हुन । उनले सञ्चारिका हुदा प्रशस्त धनलाभ गरेको बताइन्छ । महिला पत्रकारहरुको बिकासको लागि स्थापित समूहले सञ्चार क्षेत्रमा लागेका महिला पत्रकारहरुको उत्थान भन्दा पनि आपनै लागि कार र ऐसआरामको जीबन तथा महंगा होटेलको खाना स्वाद लिन बाहेक राम्रा काम गर्न सकेको छैन । राणालाई नेपाल टिभीमा अंग्रेजी समाचार पढेर बिदेसी दाताहरु रिझाउन सजिलो थियो । तर कालोकार चढ्ने राणा आजभोलि पनि भने चाहिने जति धन जम्मा गर्न भ्याएका छन् । हालै सडक जाममा कारभित्र देखिएका राणा भने आरामका साथ बसेका छन् । उनी आफुले महिला पत्रकारको लागि भित्रयाएको डलरको प्रयोग के कसरी भयो भनेर जानकारी गराउन चाहदैन् । अब भने सञ्चारिका समूह जस्ता एनजीओहरुको बारेमा नेपाली पत्रकारितामा आउन चाहने महिलाहरु सजग हुनु पर्ने देखिन्छ । राणा जस्तै टिभीमा अनुहार देखाएर डलर खेती गर्ने महिलाहरु सक्रियता बढेको छ । अवका दिनमा यस