Skip to main content

Posts

Showing posts from October 30, 2009

जनतान्त्रिक तराइ मुक्ति मोर्चाको निर्णय

वीरगंज, १३ कार्तिक। जनतान्त्रिक तराइ मुक्ति मोर्चाको सम्पन्न दितीय महाधिवेशनले तराइ क्षेत्रमा वैचारिक एवं सशस्त्र गतिविधि बढाउने निर्णय गरेको छ। आज मोर्चाको केन्द्रीय समितिले जारी गरेको प्रेस विज्ञप्ति खस शासन सत्ता समाप्त गर्न पहल गर्ने, जनतान्त्रिक सरकार गठन गर्ने प्रक्रिया अगाडि बढाउने, वर्गीय संगठन विस्तार गर्ने निर्ण्र्ाागरेको उल्लेख छ। विज्ञप्तिमा मोर्चाको केन्द्रीय अध्यक्ष पदमा राजन, उपाध्यक्षमा उज्जवल मुक्तिको निर्विरोध निर्वाचित भएको उल्लेख छ। मोर्चाको तत्कालीन रहेको २३ सदस्यीय केन्द्रीय कार्यसमितिलाई विस्तार गरी ३५ सदस्यीय एवं ९ पोलिटब्यूरो सदस्य गठन गरेको समेत जनाएको छ।

अज्ञात समूहको गोलीबाट युवक घाइते

वीरगंज, १३ कार्तिक । अज्ञात समूहको गोली लागी पर्सामा एक युवक गम्भीर घाइते भएका छन्। आज दिउंसो १२ बजे विश्रामपुर ६ स्थित कटीबालुवामा अज्ञात समूहले चलाएको गोलीबाट स्थानीय १८ वषर्ीय अनोखीलाल चौरसिया घाइते भएका हुन्। उनको पेटमा गोली लागेको छ। नेरामावि कटीमा शिक्ष्ँक नियुक्तिको विषयलाई लिएर डेढ महिना अघि गाउंलेबीच झडप भएको विवाद साम्य पार्न आज दिउंसो १ बजे भेला बोलाइएको थियो। भेला सुरु हुन नपाउंदै गोली चलेपछि त्यहां तनाव बढेको छ। शिक्षक विवादमा माओवादी एकातर्फर कांग्रेस एमाले अर्कोतिर देखिएको छ। घाइते युवकलाई उपचारका लागि नारायणी उपक्ष्ँेत्रीय अस्पतालमा ल्याइएको छ।

जाम निवारण गर्न रक्सौलको सट्टा डर््राईपोर्टमा फलाम ल्याउने मांग

वीरगंज, १३ कार्तिक/ वीरगंज भन्सार क्षेत्रमा हुने गरेको बढ्दो ट्राफिक जामबाट सृजित समस्याको निवारणका लागि वीरगंज उद्योग वाणिज्य संघको सभाकक्षमा संघका अध्यक्ष ओमप्रकाश सिकरियाको अध्यक्षतामा सरोकारवाला पक्षहरुको उपस्थितिमा आज एक गोष्ठीमा छलफल भयो। उक्त छलफल कार्यक्रममा संघका अध्यक्ष सिकरियाले मन्तव्य व्यक्त गर्दै नेपालको प्रमुख प्रवेशद्वारको रुपमा परिचित वीरगंज भन्सार क्षेत्रमा हुने गरेको ट्राफिक जामका कारक तत्वहरुलाई पहिचान गरी व्यवस्थित गर्न सबैले आफनो स्थानबाट सक्दो प्रयास गर्न जोड दिनु भयो। सो बैठकमा श्री केवल प्रसाद भण्डारी, प्रमुख भन्सार अधिकृत, वीरगंज भन्सार कार्यालय, श्री विनोद मानन्धर, क्षेत्रीय उपाध्यक्ष, नारायणी यातायात व्यवसायी संघ, श्री बद्री प्रसाद चौलागाईं, सचिव, नारायणी यातायात व्यवसायी संघ, श्री एक नारायण कोइराला, प्रमुख, जिल्ला ट्राफिक कार्यालय, श्री राजेन्द्र प्रसाद गुप्ता, पर्ूव अध्यक्ष तथा बरिष्ठ सल्लाहकार, ढुवानी व्यवसायी संघ, संधका पदाधिकारी उधोगी र व्यापारी लगायतका उपस्थिति रहेको थियो। रक्सौल स्थित रेल्वे माल स्टेशनमा आउने गरेको फलामको कारणले अत्यधिक जाम हुने

विद्यार्थीद्वारा आन्दोलन फिर्ता, २४ बुंदे सहमतिसंगै पर्ूवाञ्चल विश्वविद्यालय खुल्यो

काठमाडौं, कात्तिक १३। विद्यार्थीहरुको आन्दोलनका कारण भदौ ४ बाट बन्द पर्ूवाञ्चल विश्वविद्यालय आजबाट खुलेको छ। रिपोर्र्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गरी विश्वविद्यालय प्रतिनिधि र संयुक्त स्वास्थ्य प्राविधिक विद्यार्थी संर्घष्ा समितिबीच २४ बुंदे सहमति भएपछि आन्दोलन फिर्ता लिइएको जानकारी गराइयो। संर्घष्ा समितिका सचिव सन्तोषप्रकाश जोशीले दुइ महिना देखि जारी आन्दोलन फिर्ता लिइएपछि १५ कात्तिकका लागि तोकिएको परिक्षामा अवरोध नहुने बताए। विद्यार्थीको आन्दोलनले यसअघि तोकिएको दर्ुइवटा प्रवेशपरीक्षा सार्नुपरेको थियो। सहमतिअनुसार १० प्रतिशत विद्यार्थीले यसै शैक्षिक सत्रबाट छात्रवृत्ति पाउने, स्नातकोत्तर तहको पब्लिक हेल्थ पढ्न स्वास्थ्य संकायबाट पर्ूव तह उत्तर्ीण्ा भएको हुनुपर्ने , २८ दिनभित्र परिक्षाफल प्रकाशित गर्नुपर्ने, अनुत्तर्ीण्ा विद्यार्थीले सोही शैक्षिक सत्रमै मौका परिक्षा दिनपाउनेलगायतका विषय समावेश छन्। सहमतिमा विश्वविद्यालयका रजिष्ट्रार राजकुमार ठाकुर, विद्यार्थीका तर्फाट संर्घष्ा समितिका संयोजक राजन अधिकारीलगायतले हस्ताक्षर गरेका छन्। विगतमा छात्रवृत्तिको व्यवस्था उपयु

प्रहरीको गैरजिम्मेवारीपूर्ण व्यवहार

वीरगंज, १३ कार्तिक । जिल्ला प्रहरी कार्यालय, पर्सामा नागरिक सुरक्ष्ँाका लागि अपराधिक गतिविधि, असुरक्ष्ँा लगायतका अन्य जुनसुकै समाचार, गुनासो प्रहरी समक्ष तत्काल पुर्‍याउने उद्देश्य अनुरूप राखिएको ०५१- ५२४६०१ टेलिफोन नम्बरमा फोन सर्म्पर्क गर्दा घण्टौं फोन नउठ्ने गरेको पाइएको छ । जिल्लामा बढ्दै गइरहेको असुरक्ष्ँाको अवस्था, अपराधिक गतिविधिको प्रचुरताका बावजुद आम नागरिकको सुविधालाई ध्यानमा राखी प्रहरी समक्ष सर्म्पर्क गर्न राखिएको उक्त फोन सम्बन्धित शाखामा खटिएका प्रहरीहरूले लापरवाही गरी नउठाउने गरेबाट आम नागरिकले ठूलै असुरक्ष्ँा बेहोर्नुपर्ने अवस्था उब्जिएको छ । हिजो दिउंसो १२ः२० बजे उक्त नम्बरको टेलिफोनमा केही कुरा बुझ्नको लागि फोन गर्दा तीन पटकसम्म पर्ूण्ा रूपमा फोनको घण्टी जांदा समेत कसैले उक्त फोन नउठाएपछि सो बारेमा प्रहरी उपरीक्षक सुबोध घिमिरेलाई जानकारी गराएपछि तत्काल प्रहरी उपरीक्ष्ँक घिमिरेले सो कुरा बुझ्न लगाइ ड्युटीमा रहेका प्रहरीलाई कारबाही गर्ने समेत बताउनुभएको थियो । मानिसको जीवन एवं समाजको सुरक्ष्ँा अवस्थासंग सरोकार गांसिएको सो टेलिफोन बज्नासाथ उठाउनुपर्नेमा नउठा

सूचना पर्यटन केन्द्रको जग्गा तस्करीको सामान राख्ने गोदाम

वीरगंज, १३ कार्तिक । वीरगंजको वडा नं. १९ स्थित इनर्वा प्रहरी चौकीका इन्चार्ज प्रसनि विकास कार्की अहिले अनाधिकृत रकम कमाउने होडमा उक्त प्रहरी चौकी नजिक रहेको सूचना पर्यटन कार्यालयको सरकारी जग्गामा जग्गामाफिया मेघराज यादवद्वारा अनाधिकृत रूपमा बनाइएको तस्करीको सामान थुपार्ने गोदामलाई संरक्षण प्रदान गरेको नाममा समेत मासिक नजराना उठाउने गरेको कुरा खुल्न आएको छ । गृह मन्त्रालयको सहसचिवको नातेदार रहेको रवाफ वीरगंज नगरका तस्कर जमातमाझ र्छर्दै हिंडेका प्रसनि कार्कीले आफू माथिको जिल्लादेखि मध्य क्ष्ँेत्रीय प्रहरी कार्यालय हेटौडा सम्मका प्रहरी अधिकृतहरूलाई कोशेली पुर्‍याउनुपर्ने नाममा सवारी नम्बर इन्ट्री, नेपाल-भारत दशगजा सीमा मितेरी पुल नजिकै अवैध संचालित रक्सी भट्ट,ि तस्करी लाइन वितरणबाट मासिक लाखौं रकम संकलन गरिरहेको बताइन्छ । भरपर्दो स्रोतका अनुसार भारतीय नम्बरका प्रति पर्यटक बससंग नम्बर इन्ट्रीका नाममा भारू दुइ सय, लहरी भारू एक सय, ट्रक भारू पचास, जीप, कार भारू ३० देखि ५० रकम संकलन गर्ने गरेका इन्चार्ज प्रसनि कार्कीले नेपाल-भारत सीमा नाका मितेरी पुल मूल सडक छेउमा अवैध रूपमा संचालन गर

माओवादीलाई परास्त गर्र्छौं-मन्त्री खाणं

काठमाडौं, कात्तिक १३। सिचाईंमन्त्री बालकृष्ण खांणले एकीकृत नेकपा माओवादीलाई परास्त गर्ने दाबी गरेका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आन्दोलनका नाममा माओवादीले अराजकता मच्चाउन खोजेकाले शक्ति प्रयोग गरेर परास्त गर्ने चेतावनी दिएका हुन्। खाणंले माओवादीसंग मुकाबिला गर्न सरकार तयार रहेको बताए। 'माओवादीसंग मुकाबिला गर्न सरकार तयार छ,' मन्त्री खाणंले भने,'अराजक शैलीमा प्रस्तुत भएको माओवादी परास्त हुने निश्चित छ।' हतियारको बलमा सत्ता कब्जा गर्न खोज्नेहरु समाप्त भएको उल्लेख गर्दै माओवादी अहिलेको शैलीमा अगाडि बढ्न खोजे समाप्त हुने चेतावनी दिए। माओवादीप्रति कडा रुपमा प्रस्तुत भएका उनले आन्दोलनका नाममा हुने अराजकतालाई नियन्त्रणमा लिन सुरक्षा निकायलाई प्रभावकारी बनाइने बताए। उनले भने,'जनताको सुरक्षाका लागि सुरक्षा निकाय सुदृढ छन्।' रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा उनले अब लोकतन्त्रवादी र अलोकतान्त्रिक शक्तिबीच संर्घष्ा हुने बताए। माओवादीलाई अलोकतान्त्रिक भन्दै ऊविरुद्ध लोकतान्त्रिक शक्ति एक हुनुपर्ने बताए।

प्रहरीको कुटाइबाट एकको मृत्यु, सहमतिपछि भन्सार नाका खुल्यो

बीरगंज १३ कात्तिक। बीरगंज उपमहानगर पालिका वडा नम्बर ९ इनर्वामा मोजाहिद्दिन मियाँ अन्सारीलाई सशस्त्र प्रहरीले कुटपिट गर्दा मृत्यु भएको छ। आफनो खेतमा पानी पटाइरहेको बेला ५३ बषर्ीय अन्सारीलाई तस्बर सम्झी सशस्त्र प्रहरी राजस्व गस्ती टोलीले उनलाई पक्राउ गरी कुर्टाई गरेका थिए। कुर्टाई पछि उनको मृत्यु भएको स्थानीय बासीले बताएका छन्। यसैबीच आज बिहान स्थानिय बासी र उनका आफनत जनले मृतक अन्सारीको परिवारलाई क्षतिपर्ूर्ति दिनु पर्ने र दोषी प्रहरीलाई कार्यवाही गर्नु पर्ने माग राखदै बीरगंज भन्सार नाकामा चक्का जाम गरी बाटो अवरुध गरेका थिए। सोही बाटो खुलाउने सर्न्दर्भमा बीरगंज भन्सारमा भएको बार्तामा प्रमुख जिल्ला अधिकारी दर्ुगा प्रसाद भण्डारी, जिल्ला प्रहरी कार्यालय पर्सर्ाा प्रहरी उपरिक्षक सुबोध घिमिरे, सशस्त्रका प्रहरी उपरिक्षक राजेन्द्र बस्नेत र मृतकका परिवार तथा आफन्तहरुको सहभागिता रहेको थियो। बार्तामा दोषी प्रहरीलाई कार्यवाही गरिने, क्रियाखर्चबाट त्तकाल २५ हजार दिने र पछि शिपारिस मार्फ १० लाख रुपैया क्षतिपर्ुर्ति दिने, मृतक अन्सारीका एक जना परिवारलाई रोजगारीको ब्यवस्था मिलाईने