Skip to main content

Posts

Showing posts from February 2, 2010

राप्रपा नेपालद्वारा उपत्यका केन्द्रीत आन्दोलनको घोषणा

वीरगंज, १९ माघ । राप्रपा नेपालले उपत्यका केन्द्रीत आन्दोलन घोषणा  गरेको छ। आज वीरगंजमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले समयमा संविधान घोषणा नभए फागुन ७ गतेदेखि ११ गतेसम्म आन्दोलनको घोषणा गरेका हुन्।     उनले फागुन ७ र ८गते घरदैलो प्रचार-प्रसार, ९ गते मशाल जुलुस, १०गते उपत्यका बन्द, कोणसभा, ११ गते सत्याग्रह र सिंहदरबार घेराउ गर्ने बताउनुभयो ।     राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज बाराको कलैयामा कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै संविधान सभाको म्याद थप्ने र माधव नेपाल नेतृत्वको सरकार फर्ेर्ने षडयन्त्र भइरहेको आरोप लगाएका छन्।     उनले आगामी जेठ १४ मा संविधान घोषणा नभए मुलुकमा गृहयुद्ध हुने र विदेशी हस्तक्षेप निम्तिने चेतावनी दिए। आफूले बिपीको नीतिलाई आत्मसात गर्ने बताउँदै राजसंस्थालाई संविधानमा स्थान नदिए लोकतान्त्रिक शक्तिलाई परास्त गर्ने चेतावनी दिए।     अहिले थापा वीरगंजको होटल सूरजमा कार्यकर्ता भेलामा सहभागी भएका छन्।

जल विद्युत आयोजनामा अवरोधको विरोध

वीरगंज, १९ माघ/ ए. नेकपा माओवादी पार्टर्ीी केही नेताहरुद्वारा मिति २०६६ माघ १५ गतेदेखि मुलुककै ठूलो जल विद्युत आयोजनाको रुपमा रहेको माथिल्लो "कर्ण्ााली जल विद्युत आयोजना" बन्द गर्ने चेतावनी दिएको समाचार प्रति वीरगंज उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षा भएको प्राप्त समाचारमा उल्लेख छ।       मुलुकमा विद्यमान नियमित विद्युत आपर्ूर्तिको अभाव -लोडसेडिङ्ग) ले आम नागरिक, उद्योग, व्यापार, सेवा लगायतका सम्पर्ूण्ा क्षेत्र नराम्ररी प्रभावित भई रहेको वर्तमान परिवेशमा जल विद्युत आयोजना/परियोजनाहरुको निर्माण कार्य श्रि्र सम्पन्न गर्ने वातावरणको सृजना गर्ने तर्फसम्पर्ूण्ा राजनीतिक दलको साझा प्रतिबद्धता एवं सकारात्मक भूमिका हुनु पर्ने संघको धारणा रहेको छ।       राजनीतिक उद्देश्यबाट अभ्रि्रेरित भएर नेपालको राष्ट्रिय प्राथमिकता प्राप्त माथिल्लो "कर्ण्ााली जल विद्युत आयोजना" को निर्माण कार्य प्रभावित गर्न खोज्नु कसैको हितमा नहुने, यस किसिमको प्रवृत्तिले मुलुकले व्यहोरि रहेको विद्युत संकट अझ लम्बिने, निजी क्षेत्रका लगानीकर्ताहरु हतोत्साहित हुनुका साथै राष्ट्रिय अर्थतन्त्रमा नै प्र

भोलिदेखि हेटौडा एकेडेमीमा पठनपाठन संचालन

परमेश्वर बर्तौला हेटौडा, १९ माघ। एकसातादेखी बन्द रहेको हेटौँडा एकेडेमीको पठनपाठन भोलीदेखि सञ्चालन हुने भएको छ। आफ्नै बिद्यालयका बसले ठक्करदिदा एकेडेमीमा कक्षा ३ मा अध्ययनरत बिद्यार्थी आयुस आलेको मृत्यु भएपछि बन्द बिद्यालय ब्यबस्थापन समिती र मृतकका परिवार बिच आज भएको सहमती पछि सञ्चालन हुने भएको हो। बिद्यालय ब्यबस्थापन समिती र मृतकका परिवारबिच र्सार्बजनीक सञ्चारमाध्यम मार्फ माफी माग्ने, मृतकका एकाघरका परिवारका अन्य २ जना सदस्यलाई बिद्यालयमा सञ्चालन भएको कक्षासम्म निशुल्क पढाउने, दुम्सिडाडा टोल बिकास संस्था अर्न्तर्गतका एक बिद्यार्थीलाई मृतक आलेको स्मृतीमा छात्रबृती दिने लगाएतको सहमती भएको हो।

अतिक्रमण गरी बनाइएका घर टहराहरु भत्काउन सुरु

१९ माघ, वीरगंज । बाराको पिपरा सीमरा गाविस वडा नम्बर ९ पथलैया स्थित पूर्व पश्चिम राजमार्ग छेउछाउमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहराहरु जिल्ला वन कार्यालयले मंगलबारदेखि भत्काउन सुरु गरेको छ । जिल्ला बन कार्यालय बाराका साहायक बन अधिकृत भक्त लामाको नेतृत्वमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले मंगलबार पाँच बिगाहा क्षेत्रफलमा रहेको बीस वटा घर टहरा भत्काएको छ । मंगलबार टहरा भत्काउने क्रममा वन टोली र स्थानीय सुकुम्बासीवीच सामान्य विवाद भए पनि अपि्रय घटना भने नभएको बताइएको छ । बाँकी रहेका घर टहराहरु भोलि बुधबार भत्काइने सहायक वन अधिकृत लामाले बताउनुभयो । वन अतिक्रमण गर्दै बस्ती बसाल्ने क्रम नरोकिएपछि अतिक्रमण नियन्त्रण गर्नका लागि अवैध घर टहरा भत्काउन सुरु गरिएको जिल्ला वन कार्यालय बाराले जानकारी दिएको छ । साभार- अनलाइनखबर

प्रहरीसँगको भिडन्तमा ज्वालासिँह कमान्डरको मृत्यु

वीरगंज, १९ माघ। जनतान्त्रीक तर्राई मुक्ति मोर्चा ज्वाला सिंहका सैन्य कमान्डर कालीचरण भन्ने मोतिराम चमारको प्रहरीसंगको दोहोरो भिडन्तमा मृत्यु भएको छ।     पर्सा जिल्लाको महुवन गाविस-५ मा सोमबार राति प्रहरी र मोर्चाका कार्यकर्ता  बीच झडप हुँदा चमारको घटनास्थलमै मृत्यु भएको हो।     फिरौती रकम लिन मोटरसाइकलमा जाँदै गरेका मोर्चाका दर्ुइ जना कार्याकर्तालाई विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सर्ााट खटिएको टोलीले पछ्याउँदै जाँदा महुवन र गम्हरीयाको बीचमा भिडन्त भएको जिल्ला प्रहरी कार्यालय पर्सर्ाा प्रहरी निरीक्षक भुवनेश्वर साहले जानकारी दिए।     मृतकको शवलाई पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा राखिएको छ। घटनास्थलबाट नलकटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने गोली एक थान, खोका एक थान, मोवाइल सेट एक थान तथा ग १. प ७०७ नम्बरको एउटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

राष्ट्रिय दैनिक पांचौ वर्षमा प्रवेश

वीरगंज, १९ माघ । राष्ट्रिय दैनिक चार वर्ष पूरा गरी पांचौ वर्षमा प्रवेश गरेको छ।     आज वीरगंजको बिर्तास्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मनाएको छ।     राष्ट्रिय दैनिकका प्रधान सम्पादक सुदर्शनराज पाण्डेले सभापतित्व गरेको सो कार्यक्रमको उदघाटन  प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य महेश दासले गरेका थिए।     कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सर्ाा शाखा अध्यक्ष शत्रुघन नेपाल, वीरगंज उपमहानगरपालिकाका पूर्व मेयर प्रदीप सुवेदी, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष जीवनलाल श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए।

दलित समुदायद्वारा आन्दोलनको चेतावनी

मातृका दहाल काठमाडौ,१९ माघ।विभिन्न राजनीतिक दलसंग आवद्व  दलित नेताहरुले नयांवन्ने संविधानमा आफ्ना अधिकार सुनिश्चित  हुँनुपर्ने माग राख्दै प्रधानमन्त्री माधवकुमार नेपाललाई ज्ञापनपत्र वुझाएका छन्।     नेपालको प्रजातान्त्रिक आन्दोलन देखी पछिल्लो लोकतान्त्रिक आन्दोलन सम्म आईपुग्दा दलितसमुदायले उल्लेखनिय भूमिका खेलेको भन्दै नयाँवन्ने संविधानमा आफूहरुका माग पूरा गर्नुपर्ने उनीहरुले वताएका छन्।     राज्यले मुलुकवाट छुवाछुत प्रथा उन्मूलन गरेको भएपनि अहिले सम्म कार्यन्वयन हुँन नसकेको भन्दै यसको कार्यन्वयनका लागी राज्यले विशेष पहल गर्नु पर्ने पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ। उनीहरुले माग पूरा नगरे अधिकारका लागी  संयुक्त रुपमा निर्ण्ाायक आन्दोलन गर्ने चेतावनी पनि दिएको छ।     आफूहरुका माग पूरागर्न दवाव स्वरुप प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाउँनेमा प्रतिपक्षमा रहेको माओवादी निकट दलित मोर्चा देखी सरकारमा सहभागी एमाले,कागं्रेस, सद्भावना, माले लगायतका पार्टर्ीी आवद्व दलित संगठन रहेका छन्।     माओवादी निकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष  तिलक परियार, नेपाली कांगे्रस निकट नेपाल दलि

शहिदको नामवाट अपे्रसन थिएटर वन्ने

मातृका दहाल काठमाडौ,१९ माघ। काठमाडौको मिनभवनमा अवस्थित निजामति कर्मचारी अस्पतालमा जनआन्दोलनका शहिद विष्णुलाल महर्जन तथा जीउँदा शहिद मुकेश कायस्थको नामवाट दर्ुइवटा अप्रेसन थिएटर-ओ.टी)सेवा कक्ष निर्माण गरिने  भएको छ।     ६५ रोपनी क्षेत्रफलमा चिनिया सरकारले ६५ करोड रुपैंया  लगानीमा वनाएको एकसय ३२ शैयाको उक्त अस्पतालमा जनआन्दोलनका शहिद महर्जजन तथा जीउँदा शहिद कायस्थको नाममा दुइवटा ओ.टी कक्ष निर्माण गर्न  लागीएको हो।     सोमवार सामान्यप्रशासन मन्त्री रवीन्द्र श्रेष्ठ, स्वास्थ्य सचिव,प्रविण मिश्र लगायतको टोली लिएर अस्पतालको निरिक्षण गर्न गएका प्रधानमन्त्री माधवकुमार नेपालले उक्तकक्ष वनाउँन निर्देशन दिएका हुँन्।     जनआन्दोलनका क्रममा काभ्रेमा प्रहरीको गोली लागेर घाइते भएका कायस्थ अहिले सरकारी खर्चमा स्वास्थ्योपचार गर्राई रहेका छन्।  उनी अहिले पनि वोल्न सक्ने अवस्थामा छैनन् भने जनआन्दोलनकै क्रममा काठमाडौमा प्रहरीको गोली लागी र्घाईते भएका महर्जनको करिव महिनादिन अघि उपचारका क्रममा निधन भएको थियो।      प्रधानमन्त्री नेपालले अस्पताल निरिक्षण गर्ने क्रममा अस्पतालमा उपचार गर्राई रहेका दशजना वी

विद्युत महसुल बढ्छ ः ऊर्जामन्त्री

काठमाडौं, माघ १९। ऊर्जामन्त्री डा. प्रकाशशरण महतले तल्लो वर्गका उपभोक्तालाई मर्का नपर्नेगरी विद्युत महसुल बढाउन लागेको बताएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा मन्त्री महतले नौ वर्षेखि विद्युत महसुल नबढेकाले समायोजन गर्न लागिएको जानकारी दिए।     'हरेक वस्तुको हरेक महिना भाउ बढ्छ, तर नौ वर्षम्म विद्युत महसुल बढेको छैन,' उनले भने- नेपाल विद्युत प्राधिकरणले विभिन्न वर्गीकरण गरेर महसुल वृद्धिको तयारी गरेको छ। उनले विचाराधीन विषय भएको भन्दै थप कुरा खुलाएनन्।     रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कार कार्यक्रममा उनले मुलुकको ऊर्जा संकट ४, ५ वर्षा समाप्त गर्न विभिन्न पर्ूवाध्ाार निर्माणका काम भइरहेको बताए। 'दस वर्षलामो द्वन्द्वका कारण मुलुकमा जलविद्युतमा लगानी हुन सकेन,' उनले भने- अहिले आत्मनिर्भर हुने स्थिति नभए पनि १२ घण्टाभन्दा बढी लोडसेडिङ नबढाउने पक्षमा छौं।     भारतबाट सोमबारमात्र ३० मेगावाट बिजुली आएको र अहिले भारतबाट १३० मेगावाट बिजुली आपर्ूर्ति भएको उनले बताए। विद्युत संकट कम गर्न थर्मल प्लान्ट मर्मत ग

प्रमंले भने बन्द, हडताल गर्ने प्रवृत्ति अन्त्य गर

सन्ध्या रेग्मी, बर्दिया, १९ माघ। प्रधानमन्त्री माधवकुमार नेपालले बन्द, हडताल गर्ने प्रवृत्तिको अन्त्य गरि उद्योगधन्दाको विकास गरि आर्थिक संकटबाट बच्नुपर्ने बताउनु भएको छ। मुलुकको वर्तमान अर्थिक स्थिति र अर्थतन्त्रमा यसको प्रभाव विषयमा नेपाल उद्योग वाणिज्य महासंघले आज राजधानीमा गरेको अर्न्तर्कृया कार्यक्रममा प्रधानमन्त्रीले गरिबी, बेरोजगारी हटाउनका लागि आर्थिक सुधार गर्नुपर्ने बताउनुभयो। सम्भावित आर्थिक संकटप्रति निजी क्षेत्रको चिन्ता र सरोकारप्रति सरकार गम्भीर हुने बताउँदै प्रधानमन्त्रीले अनियन्त्रित व्यापार, मौद्रिक नीतिमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जाशीले आर्थिक एजेन्डालाई सरकारले चासो नदिएकाले आर्थिक संकट आउन लागेको बताउनुभएको छ।

गाविसमा गुलेली प्रयोग गर्न नपाइने

सन्ध्या रेग्मी, बर्दिया, १९ माघ। बर्दियाका तीन ओटा गाविसमा अब गुलेली प्रयोग गर्न नपाइने भएको छ। गुलेलीको प्रयोगबाट चराचुरुङ्गी मार्ने क्रम बढेपछि जिल्लाका र्सर्ूयपटुवा, ठाकुरद्वारा र शिवपुर गाविसमा गुलेलीको प्रयोगमा प्रतिबन्ध लगाइएको हो। विश्व सिमसार दिवसको अवसर पारेर बर्दिया राष्ट्रिय निकुञ्ज, पर्यटन बोर्ड, संरक्षण विकास र स्थानिय विद्यालयका क्लबहरुको संयुक्त आयोजनामा यी गाविसहरुलाई गुलेली प्रयोग निषेधित क्षेत्र घोषणा गरिएको हो। कसैले गुलेली प्रयोग गरेको पाइएमा निकुञ्जले कडा कारबाही गर्ने जनाएको छ।

संखुवासभा घुमाउन चैनपुर महोत्सब

संखुवासभा, १९ माघ। संखुवासभाको पर्यटकीय गन्तब्यहरुको उजागर गर्ने उदेश्यले चैनपुर महोत्सब हुन लागेको छ। संखुवासभा उद्योग बाणिज्यसंघले माघ २८ गते देखि फागुन १ गते सम्म महोत्सब गर्न लागेको हो।     जिल्ला सदरमुकमाम खाँदबारीबाट काठमाण्डौं ७२० किलोमिटर सडक दुरीमा रहेको छ। गुप्तेश्वर महादेवमा लाग्ने शिबरात्रीको मेलाका दर्शकलाई लक्षित गरी महोत्सब गरिन लागेको हो। यो महादेब २ सय जना मानिस अटाउन सक्ने गुफा भित्र रहेको छ।     त्यहाँ रहेको सभा पोखरीको धार्मिक महत्व रहेको छ। धर्मशास्त्र अनुसार यस क्षेत्रमा ब्यासले ८८ हजार सन्तहरु भेला गराइ मानब जातिले जीबनकालमा कसरी शान्ति पाउन सकिन्छ र मृत्यु पछि र्स्वर्गमा बास बस्ने बारेमा प्रबचन गरेका थिए। जिल्लाको टुङलिङटारमा मनोकामना देबीको मन्दिर छ। बरुण राष्ट्रिय निकुञ्जले संखुवासभालाई ओगटेको छ। यस निकुञ्जमा ७५ थरी सुनाखरी, ७० प्रजाति बासनादार बनस्पति, २५ थरीका गुराँस, १९ प्रजातिका बाँस, ८६ प्रजातिका घाँसहरु पाइन्छ। यहाँ ४ सय प्रजातिका चराचुरुङी पाइन्छन्।     च्यकूटी भन्ज्याङ, हुमुङ, चैनपुर, खाँदवारी, चन्दनपुर, पाँचपोखरी, सभापोखरी, बाह्रबिसे, माडिबिर्ता आद

मकर मेलाको भीडमा भब्य कारोबार

पनौती, १९ माघ। मेलाहरुमा हरेकले मौका खोजेका हुन्छन्। पनौती मेलाको भीडलाई लक्षित गर्दै आयआर्जन गर्नेहरुलाई साइत जुरेको छ। हरेक दिन शिबजीको पुजा अर्चना गरी निधारमा टिका लाउने गौथली कोइराला मकर मेलामा सामेल छिन्। उनी पनौतीको त्रिबेणीमा भक्तजनहरुलाई टिका र प्रसाद बाँड्न ब्यस्त छिन्। उनले हरेक दिन पाँचसय बढी दर्शनार्थीहरुलाई टिका लाउदै आएको सुनाए। सनिवार भने यो संख्या दोब्बर भन्दा पनि हुन्छ। यसबाट गौथली दैनिक पाँचसय देखि एक हजार रुपियाँसम्म दक्षिणा पाएका छन्।     मेलाको कारण सिक्का साट्नेहरुको पनि ब्यापार फस्टाएको छ। मकर मेलाको अवसरमा दुइ दर्जन बढीले यस किसिमको ब्यापार गरिरहेको छ। उनीहरुले दैनिक एक सय देखि तीन सय रुपियँासम्म नाफा गर्ने बुझिएको छ।     बिद्यालय बिदा भएको मौकामा बिद्यार्थीहरुले पनि गोरखनाथ डाँडामा मिनरल वाटरको ब्यापर गरिरहेका छन्। मेलाको मौकामा बजारमा १५ रुपियाँमा बिक्री हुने बोटल २० रुपियाँमा सजिलै बेच्न सकिएको पानीको ब्यापार गरिरहको बिद्यार्थी सुवास पन्तले सुनाछन्।     गोरखानाथबाट फर्किने सिढीहरुमा सय वटा जति नाङलो पसलहरु खुलेका छन्। त्यहाँ खासगरी खुवाका पसलहरु रहेका छन्।

साली नदी ठुलाको सानो चित्त

भक्तपुर, १९ माघ। सालीनदी मेलामा भर्न पुगेका केही ठुला बडाको सानो चित्तको पर््रदर्शन गरेको पाइयो। टुरिजम युथ सोसाइटीको अध्यक्ष रामकृष्ण खायमली र उनीसंग आएका सोसाइटीकी सदस्य रमिला दुवालले माधब नारायणको दर्शन गरेर दक्षिणा चढाएनन्। उनीहरुले टिका प्रसाद ग्रहण गराउने ब्रतालु समेत दान दिएनन्। प्रख्यात साहित्कार अमन गोर्साईले पनि दान दक्षिणा दिन चाहेनन्। नेपाल इन्जिीनियरीङ कलेजकी सिभिल इन्जिीनियर रोजी ब्याञ्जूले दान दिन छुटाए। ब्यापारी बिबेकमान कर्माचार्यले भने ठुलाबडाको नाक राख्न माधब नारायणलाई पाँच रुपियाँ दक्षिणा चढाए। मेला भर्न आएका ठुलाबडाको भीडले कुण्डमा स्नान गरेको पनि देखिएन। रविन राचलिका हरीत समूह भक्तपुर

प्रेसवालाले नदेखेका फोहरी बातावरण

काठमाडौं, १९ माघ। उपत्यकामा फोहर संकलन नगरिदा सडक दर्ुगन्धित भएको खबर र फोटोहरु सञ्चार माध्यम आइरहन्छन्। तर, सञ्चार माध्यमका अडाहरु नजिकमा भएको फोहरी बाताबरणको बारेमा भने चर्चा चल्दैन।     शेरचन साहूको राजधानी दैनिको अफिस अघि कुमण्डोबाट फोहर नउठेको बेलाको कुरा हो। गृह मन्त्रालयले सडकमा फोहर नफाल्न गरेको अनुरोधलाई बेवास्ता गर्दै दैनिकबाट निस्केका कागजपत्र सडक छेउमा फालिएको पाइयो।     कान्तिपुरका बिकास रौनियार कार चढ्ने पत्रकार मध्ये एक हुन। उनले केही दिन अघि पत्रिकामा फोहर थुप्रिएको स्थानमा एक युवक हिडिरहेको दृष्य आफ्नो कारको ऐनामा देखिएको फोटो प्रकाशित गरेका थिए। रौनियारले आफ्नो कारले सडकको फोहर कुल्चेर फोहर फैलाएको फोटो भने खिचेनन्।     पत्रकार पर्ुण्ाभक्त दुवालको कामना प्रकाशन जाने सोल्टीमोडमा फोहरका रास थुप्रिएका हुन्छन्। कामनाको समाचारपत्र दैनिकमा छरछिमेकमा भएको बाताबरणको बारेमा समाचार आउने गरेको पाइदैन।     बिज्ञापन संकलक रेडियो भक्तपुर एफएमको अगाडि रहेको अस्पतालको सडकपेटीलाई स्थानीबासीले फोहर थुपार्ने थलो बनाएका छन्। यहाँबाट निस्कने दर्ुगन्धको बारेमा एफएमले चर्चा चलाएको छैन।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) को पोलिटब्युरोको बैठक सम्पन्न

काठमाडौं, १९ माघ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) को पोलिटब्युरोको मिति २०६६।१०।११ गतेदेखि पार्टीका अध्यक्ष क. ऋषि कट्टेलको अध्यक्षतामा केन्द्रीय कार्यालय धोबीधारा काठमाडौंमा बसेको बैठक आज सम्पन्न भयो। बैठकले गरेका महत्वपर्ूण्ा निर्ण्र्ाारु यो विज्ञप्ति मार्फ र्सार्वजनिक गरिएको छ।     बैठकमा पार्टी महासचिव क. रामसिंह श्रीसले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदन र्सवसम्मतिले पारित गरेको छ।     क. मुलुकको वर्तमान राष्ट्रि्र्रय राजनीतिमा गतिरोध, अन्यौल र अनिश्चितता गहिरिंदै गएको र यो प्रतिगामी, दक्षिणपंथी दिशातर्फजाने संभावना व्यापक देखिएका छ। संविधानसभाभित्रका प्रमुख दलहरु सत्ता संर्घष्ामा लिप्त रहेको संविधान निर्माणमा यथोचित ध्यान नदिएकाले समयमा र्सार्थक संविधान निर्माण हुन नसक्ने खतरा दिनानुदिन बढिरहेको छ। हाम्रो पार्टी नेकपा -एकीकृत) ले संविधानसभा निर्वाचनको परिणाम आएदेखि नै जनादेश प्राप्त वामपंथी शक्तिको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण र सहमतिको राजनीतिको पक्षमा आफूलाई उभ्याउँदै आएको थियो। त्यसको सान्दर्भिकता अझ बढेको छ। मुलुकलाई निकास दिन आत्मनिर्ण्र्ााो सिद्धान्त र ज

दलित समुदायको साझा मांगसहितको ज्ञापनपत्र

काठमाडौं, १९ माघ। दलित समुदायका साझा मागहरु सहितको एक ज्ञापन पत्र पत्र विभिन्न राजनीतिक दलित संघ/संगठनका प्रमुखहरुले बुझाएको छ।     नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा, नेपाल दलित संघ, नेपाल उत्पीडित जातीय मुक्ति समाज, जातीय समता समाज, उत्पीडित जातीय उत्थान संघ -एकीकृत), नेपाल सद्भावना दलित मंच, नेपाल राष्ट्रिय दलित केन्द्रले संयुक्त रुपमा बुझाएको ज्ञापनपत्रमा उल्लेख छ- नेपालमा विगत सात दशकदेखि नेपाल र नेपाली जनताको मुक्ति एवं स्वतन्त्रताको लागि विभिन्न रुपमा आन्दोलनहरू हु“दै आएका छन्। त्यसै सिलसिलामा २००७ को प्रजातान्त्रिक आन्दोलन, २०४६ को जनआन्दोलन, दश वर्ष सशस्त्र द्वन्द्व र ०६२/६३ को ऐतिहासिक जनआन्दोलन लगायतका सबै आन्दोलनहरूमा नेपाली दलित समुदायको महत्वपर्ूण्ा भूमिका रहेको तथ्य इतिहाससिद्ध नै छ। वर्ण्र्ाायवस्थाद्वारा जातपात-छुवाछूत र सामाजिक विभेदको मारमा पारिएका कला, कौशल र सीपका धनी ऐतिहासिक श्रमजीवी दलित संघ/संगठनहरुले समेत आफ्नो समुदायको मुक्तिका लागि विभिन्न चरणमा संयुक्त रुपमा र आफ्नो आफ्नो संगठनको नेतृत्वमा आन्दोलनहरु गरेको कुरा जग जाहेर छ।     नेपाली समाजमा विशिष्ट समस्याक

बिद्युत प्राधिकरणको कार्यालय निरिक्षण

ज्ञानेन्द्र शर्मा रोल्पा, १९ माघ। उर्जाराज्यमन्त्री चन्द्रसिङ  भट्टर्राईको १९ गते  रोल्पामा रहेको नेपाल बिद्युत प्राधिकरणको कार्यालय निरिक्षण गर्ने भनेर उनी वर्तमान अवस्थामा असुरक्षाको महसुस गरी कसैले पनि थाहाँ नपाउने गरी १८ गते बेलुका तिर नै आएर विद्युत प्राविधकरण निरक्षण गरे पछि रोल्पावासीले विद्युत कार्यालयमा आएर हेरी हतारमा भत्ता पचाउन मात्र आएको भन्दै जनताले आक्रोश व्यक्त  गरेका छन्।      उर्जा राज्यमन्त्री रोल्पामा आएर राती संझना होटेलमा बसेर विहान माओवादी कार्यकर्ताले कालो भण्डा देखाउने दरमा ५ बजे नै लिबाङबाट गएका थिए।      असुरक्षा महसुस गरेकाले विहानै उठेर रोल्पाबाट र्फकेपछि रोल्पाको प्राधिकरणमा कुनै पनि अनुगमन नभएको रोल्पालीहरुले बताएका छन्।     लिवाङ आउनु भएको राज्यमन्त्री भट्टर्राईले सरकार परिवर्तनको बारेमा आफुलाई कुनै जानकारी नभएको र समयमा नै संविधान सभाको निर्वाचन हुने कुरामा विस्वास रहेको समेत जानकारी दिनु भयो।      उहाँको रोल्पाको विद्युत प्राविधरणरमा आई सामान्य नजर अन्दाज कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिदैमा रोल्पा जिल्लाको विद्युतको अवस्थामा सुद्रित हुने र क

बिभिन्न कार्यक्रम सम्पन्न

ज्ञानेन्द्र शर्मा रोल्पा, १९ माघ। शहिद स्मृती मेलाको अबसरमा रोल्पाको ओट ६ पोखरामा जनता प्राथमिक बिद्यालय दिवाङचौर ओट रोल्पा र जीवन ज्योती प्रगतीशिल युवा क्लव ओत ७ रोल्पाको सयुक्त आयोजनामा माघ १५ गतेदेखी बिभिन्न कार्यक्रम सम्पन्न भएको छ।      मेलामा पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, घैताफोर प्रतियोगता, बिभिन्न सास्कृतिक कार्यक्रमहरु र झाकिँ पर््रदशन गरिएको थियो।     पुरुष भलिबल तर्फराष्ट्रिय मा.बि.मेलधारी प्रथम, नबचेतनशील युवा क्लव जिनाबाङ ९ द्वितिय, कृष्ण नि.मा.बि किमीचौर जवाङ ओत तृतिय र सगरमाथा युवा क्लव सान्त्वना भएका छन्।     यसैगरी महिला भलिबल तर्फसिर्द्धार्थ नि.मा.बि ओइलाम ओट प्रथम, राष्ट्रिय मा.बि मेलधारी ओटको बि समुह द्वितिय, राष्ट्रिय मा.बि मेलधारीको ए टिम तृतिय र जीवन ज्योती प्रगतिशील युवा क्लव सान्त्वना भएका छन्।     पुरुष भलिबल तर्फा उत्कृष्ट खेलाडी राष्ट्रिय मा.बि. मेलधारी ओटका जीवन कुमार डि.सी भएका छन् भने महिला भलिबल तर्फराष्ट्रिय नि.मा.बि का गौसरा बि.क भएकी छिन्।     यसैगरी लोकदोहोरी तर्फराष्ट्रिय मा.बि. मेलधारी ओटका जीवन कुम

मातृशिशु स्वास्थ्य सेवा तथा जन सहकारी अभियान

ज्ञानेन्द्र शर्मा रोल्पा, १९ माघ। नर्बे स्वास्थ्य टिमको आर्थिक सहयोग र केन्द्रीय जननमुना अस्पताल घोर्नेटी ओट रोल्पाको आयोजनामा मातृशिशु स्वास्थ्य सेवा तथा जन सहकारी अभियान अर्न्तगत दोस्रो चरणको अभियान आज सम्पन्न भएको छ।     दोस्रो चरणको अभियान अर्न्तगत प्रत्येक वडामा १ दिने स्वास्थ्य समिती र सहकारी बाख्रापालन समितीको बैठक बसेर बिभिद बिषयमा निर्ण्र्ााभएको थियो।     दोस्रो चरणको अभियानमा सामान्य शिशु परिक्षण, गर्भवती जाचँ तथा प्रसुती सेवा, नव जात शिशुको शारिरिक तथा पोषण स्थिती जाचँ, बच्चालाई दिईने खोप तथा व्यक्तिगत सरसफाई र बाताबरणीय सरसफाई सम्वन्धि शिक्षा, परिवार नियोजन सम्वन्धि परामर्श, पिउने पानी तथा शौचालय निर्माण सम्वन्धि स्वास्थ्य शिक्षा, जतिल बिरामीहरुलाई अस्पताल रिफर गर्ने बारे शिक्षा र सहकारी बाख्रापालन तथा बङ्गुर पालन अनुगमन तथा परामर्श लगायत रहेका छन्।     सहकारी बाख्रापालन अर्न्तगत ८१ वटा बाख्रापालन र २ वटा बङ्गुर पालन गरी ८३ वटा रहेका छन्। जस अर्न्तगत बाख्रापालन र बङगुर पालनका लागि प्रत्येक वडालाई ५० हजारका दरले ९ वटा वडाहरुमा जम्मा ४ लाख ५० हजार छुट्याईएको छ।     निशुल

प्रेस स्वतन्त्रताको पक्षमा संविधान बनाउने छौ

सरिता दाहाल, हेटौंडा १९ माघ/नेपाली का“ग्रेसका बरिष्ठ नेता तथा पर्ूव प्रधानमन्त्री शेरबहादर देउवाले रिपोर्टस क्लब मकवानपुर शाखाको कार्यआरम्भको घोषणा गर्नुभएको छ।       क्लबका अध्यक्ष सविन न्यौपानेको अध्यक्षतामा मंगलबार आयोजित क्लब उद्घाटन तथा कार्यआरम्भ कार्याक्रममा नेता देउवाले प्रेस स्वतन्त्रता र श्रमजिवि पत्रकारको पक्ष संविधानमै व्यवस्था गरिने बताउनुभयो। क्लबले समाजको जल्दोबल्दो विषयलाई वहसको रुपमा प्रस्तुत गर्न सशक्त भूािमका निर्वाह गर्नुपर्ने पनि नेता देउवाले बताउनुभयो।

रिपोर्टस क्लब पर्ूनर्गठित, देउवाले उद्घाटन गर्ने

हेटोडा, १९ माघ। रिपोर्टस क्लब मकवानपुर शाखा पर्ुनर्गठित भएको छ। पत्रकार सविन न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय कमिटी गनठ गरिएको हो। क्लबको उपाध्यक्षमा रुपेश दुलाल, सचिवमा सरिता दाहाल, कोषाध्यक्षमा मनोज ढोडरी र सहसचिवमा बिजयकुमार तिमल्सिना रहनुभएको छ। वविता ढकाल, सुनिल खड्का, अशोकसुजन श्रेष्ठ, प्रकाश दाहाल, बालकृष्ण अधिकारी, जितेन्द्र पौडेल, सीता सापकोटा र हरी हुमागाई क्लबका सदस्य रहनुभएको छ।       क्लबका पर्ूव अध्यक्ष गिरिजा अधिकारीको उपस्थितिमा क्लब पर्ुनर्गठन गरिएको हो। क्लबको सल्लाहकारमा पत्रकार महासंघका केन्द्रंीय सदस्य प्रताव विष्ट, जिल्ला अध्यक्ष राममणी दाहाल, माधव न्यौपाने, रोशन पराजुलि, पर्ूव अध्यक्ष गिरिजा अधिकारी, प्रेस चौतारीका जिल्ला अध्यक्ष, क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष र प्रेस युनियनका जिल्ला अध्यक्ष रहनुहुनेछ।       क्लब पर्ूनर्गठित क्लबको उद्घाटन नेपाली कांग्रेसका वरिष्ठन नेता शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय गरिएको छ।