Skip to main content

प्रेसवालाले नदेखेका फोहरी बातावरण

काठमाडौं, १९ माघ। उपत्यकामा फोहर संकलन नगरिदा सडक दर्ुगन्धित भएको खबर र फोटोहरु सञ्चार माध्यम आइरहन्छन्। तर, सञ्चार माध्यमका अडाहरु नजिकमा भएको फोहरी बाताबरणको बारेमा भने चर्चा चल्दैन।
    शेरचन साहूको राजधानी दैनिको अफिस अघि कुमण्डोबाट फोहर नउठेको बेलाको कुरा हो। गृह मन्त्रालयले सडकमा फोहर नफाल्न गरेको अनुरोधलाई बेवास्ता गर्दै दैनिकबाट निस्केका कागजपत्र सडक छेउमा फालिएको पाइयो।
    कान्तिपुरका बिकास रौनियार कार चढ्ने पत्रकार मध्ये एक हुन। उनले केही दिन अघि पत्रिकामा फोहर थुप्रिएको स्थानमा एक युवक हिडिरहेको दृष्य आफ्नो कारको ऐनामा देखिएको फोटो प्रकाशित गरेका थिए। रौनियारले आफ्नो कारले सडकको फोहर कुल्चेर फोहर फैलाएको फोटो भने खिचेनन्।
    पत्रकार पर्ुण्ाभक्त दुवालको कामना प्रकाशन जाने सोल्टीमोडमा फोहरका रास थुप्रिएका हुन्छन्। कामनाको समाचारपत्र दैनिकमा छरछिमेकमा भएको बाताबरणको बारेमा समाचार आउने गरेको पाइदैन।
    बिज्ञापन संकलक रेडियो भक्तपुर एफएमको अगाडि रहेको अस्पतालको सडकपेटीलाई स्थानीबासीले फोहर थुपार्ने थलो बनाएका छन्। यहाँबाट निस्कने दर्ुगन्धको बारेमा एफएमले चर्चा चलाएको छैन। यही सडक हुदै प्रेस चौतारी भक्तपुरकी उपाध्यक्ष र्सर्मिला लवजू नयाँ नयाँ केटाहरु लिएर सिद्धपोखरी घुम्न जानेका गर्दछिन्।
    सल्लाघारीको खुल्ला ढलछेउको दुषित बाताबरणमा रहेको तरकारी बजारबाट युवा पत्रकार कबिता थापाले नियमित खाद्य पर्दाथ किन्ने गरेको छ। चोर्चा टोलमा मजदुर दैनिकको कार्यलय संगैको तीनदोवाटो, खुल्ला शौचालयको रुपमा प्रयोग हुदै आएको छ। त्यो ठाउँ चर्चित जमिन्दार रबिन्द्र पुरीको नमुना घर अगाडि रहेको छ।
    अनामनगरको जनदिशा दैनिकको कार्यलय नजिकको फोहर नउठ्ने बेलामा, त्यहाँ ओहरदोहर गर्नेहरुलाई दशा लाग्ने गरेको छ। आजको शिक्षा साप्ताहिकका पत्रकारहरु पनि फोहरुको कारण समस्यामा छन्। तर, उनीहरु यस बिषयमा मौन छन्। सगरमाथा टिभीका दादागिरी सुसिलबन्धु थापा लिवाली खोला किनारमा थुप्रिएको फोहर देख्न चाहदैनन्। त्यसैले उनी कालो चश्मा लाएर हिड्ने गर्दछन्।
    अरुको गलत गतिबिधि र आलोचना मात्र गर्ने नेपाली मिडियामा चलन चलेको छ। आफ्नो बारेमा पनि आत्मआलोचना गर्न सकिएमा नै अरुलाई थप बिश्वास दिलाउन सकिएला।  - रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।