Skip to main content

Posts

Showing posts from October 11, 2009

कात्तिक ९ र १५ गते मधेशमा नेपाली भाषा प्रतिबन्ध लगाउने चेतावनी

वीरगंज, २५ असोज । मधेश तराइ फोरमका केन्द्रीय अध्यक्ष अमर यादवले अन्तरमि संविधान संशोधन गर्ने ग्यारेण्टी सरकारले नगरे नेपाली भाषा मधेशमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै उनले कात्तिक ९ र १५ गते नेपाली भाषा मधेशमा प्रतिबन्ध लगाउने बताए। उनले मधेशवादी दलहरु फोरम, तमलोपा, सदभावना पहाडी पार्टीहरुसंग मिलेर सत्ता प्राप्तिको लागि मधेशी जनताको घांटी रेटने काम गरेको बताए। यादवले भने- मधेश र देशको नयां संविधानको माध्यमबाट सामाजिक आर्थिक र राजनीतिक रुपान्तरण नगरेमा देश विखण्डन हुने र यसको जिम्मेवारी पहाडी राज्य सत्तावादीहरु हुने बताए। यादवले उपराष्ट्रपति यादवको हिन्दी सपथको र्समर्थन गर्दै देशको सर्म्पर्क भाषा हिन्दी हो र धोती, कर्ुता, गम्छा, लाठी हाम्रो संस्कृति पहिचान हो यसैको लागि हाम्रँे अभियान जारी रहने बताए। कार्यक्रम रिपोर्टस क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ताको सभापतित्वमा सम्पन्न भएको थियो ।

गैर-आवासिय नेपाली संघ -एनआरएन)को नेतृत्व र्सवसम्मत हुन्छ(उपेन्द्र महतो

काठमाडौं, २५ असोज । गैर-आवासिय नेपाली संघ -एनआरएन) का अध्यक्ष डाक्टर उपेन्द्र महतोले गैर आवासिय नेपाली संघको नेतृत्व र्सवसम्मत हुने बताएका छन्। आइतबार रिपोर्टस क्लब नेपालको साक्षत्कारमा उनले र्सबसम्मत नेतृत्व पनि चुनाव नै भएको विषयमा सबै प्रत्यासीहरु सहमत भएकाले नेतृत्व र्सवसम्मत हुने बताए। आगामि मंगलबार हुने एनआरएनको सम्मेलनमा देवमान हिराचन, रामप्रताव थापा क्षेत्री र भीम उदासले अध्यक्ष पदका लागि उम्मेद्वारीको घोषणा गरिसकेका छन्। ऋषि धमलाको अध्यक्षमा सम्पन्न साक्षत्कारमा नेपाल सरकारका कारण गैरआवासिय नेपालीले चाहे जति लगानी गर्न नसकेको बताए। 'सरकारले ६ महिनामा नै बनाउने भनेको ऐन ६ बर्षपछि बल्ल बनेको छ ,जसले गर्दा गर्नसक्ने सयूक्त लगानीमा ढिलाइ भएको छ। महतोले भने, 'नेपालमा हाइड्रो पावर, सडक, शिक्षा स्वास्थ्य जस्ता क्षेत्रमा गैरआवसिय नेपालीले लगानी गर्न चाहेका छन्।' यदि सरकारले वातावरण निर्माण गरिदिने हो भने धेरै ठुला प्रोजेक्टमा लगानी भित्रने छ। उनले एनआरएनहरुलाई भने नेपालमा ऐन कानुन बन्दै जान्छ, हामीहरु पनि लगानी गर्दै जाँउ। साझा लगानीले मात्र मुलुकलाई समुन्नत बनाउँने छ।

टेलिभिजन हर्ेदाहर्ेर्दै करेन्ट लागेर मृत्यु

सिन्धुपाल्चोक । टिभीमा र्सट भइ करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। गए राति ९ बजे गाती गा.वि.स.-२ बस्ने रत्न बहादुर श्रेष्ठको छोरा ४१ वर्षीया पे्रम बहादुर श्रेष्ठ घरमा टि.भी. हेरिरहेको अवस्थामा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी आज बिहान सिन्धुपाल्चोकको कदमबास-५ स्थित अरनिको राजमार्गमा चरिकोट तर्फग्यांस सिलिण्डर लिएर आईरहेको ना.२ख ६४६९ नं.को कन्टेनर भ्यान आफै पल्टिदा भ्यानको सहचालक दोलखा भिमेश्वर-८ बस्ने सुरेश तामाङ सामान्य र्घाईते भएका छन्। उनको खाडीचौर अस्पतालमा उपचार भइरहेको छ। यसैबीच तातोपानी-३ स्थित अरनिको राजमार्ग अर्न्तगत मिनीभेन पार्क आज बिहान पहिरो खसेपछि अवरुद्ध रहेको सडक ११ः२५ बजे सुचारु भएको थियो।

रक्तदान गरेपछि शेर्पाको मृत्यु

तातोपानी, २५ असोज । रक्तदान कार्यक्रममा रक्तदान दिएपछि बेहोस भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ। आज बिहान नेपाल बंगलादेश बैंकको आयोजनामा तातोपानी-४ मा रहेको तातोपानी नि.मा.वि.को प्राङगणमा रक्तदान दिएका सोही ठाउं निवासी तेम्बे स्याङग्य शर्ेपा बेहोस भएपछि उपचारको क्रममा काठमाण्डौ नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ।

लुटेराद्वारा भार १ लाख ७५ हजार लुटपाट

रौतहट, २५ असोज । अज्ञात लुटेरा समूहले एक र्सवसाधारणको साथमा रहेको नगद भारु १ लाख ७५ हजार लुटेको छ। गए राति ९ बजे करुनिया-६ बस्ने शेख सेराजुल गौरबाट घर तर्फजाने क्रममा जिंगडवा कामदेही पुल नजिकै अज्ञात ५/६ जना लुटेराहरुले लुटेको प्रहरीले जनाएको छ।

अग्रवालको रहस्यमय तरिकाले हत्या

बीरगंज २५ असोज/ वीरगंजका एक फैन्सी स्टोरका व्यवसायीको रहस्यमय तरिकाले हत्या भएको छ। गए राति करिब १२ बजे वीरगञ्ज उपमहानगरपालिका वडा नं. १२ मीना बजार नजिकै रहेको रुंगटा मार्केटमा रहेको फैन्सी स्टोरका सञ्चालक ५२ वषर्ीय विनोद अग्रवालको टाउकोमा अज्ञात व्यक्तिले चोटिलो बस्तुले प्रहार गरी हत्या गरिएको हो। मृतक अग्रवालको टाउकोमा चोट लागेपछि अत्याधिक रक्तश्राबका कारण उनको मृत्यु भएको प्रहरीले अनुमान गरेको छ । मृतक अग्रवालको शव बिहान मृत अवस्थामा भेटिएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। मृतक अग्रवालको शव पोस्ट मार्टमका लागी वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ । आक्रमणकारीको खोजी भइरहेको र घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। सोही मार्केटमा अज्ञात चोरहरुले सोहन पोद्धार र छेदीलाल अग्रवालको सटर फोडेर सामानहरु चोरेका छन्। अग्रवालको मृत्यु हुनुमा चोरहरुको हात हुनसक्ने प्रहरीले जनाएको छ।

राजु लामा र दिपक बज्राचार्यले हङकङमा कार्यक्रम प्रस्तुत गर्ने

हङकङ, २५ असोज । चर्चित गायकद्वय राजु लामा र दिपक बज्राचार्यले हङकङमा आयोजना हुन लागेको सांस्कृतिक कार्यक्रममा गायन कला प्रस्तुत गर्नेभएका छन्। दिपावलीको अवसरमा नेपाली जनसम्पर्क समिति हङकङले आगामी १८ अक्टोबरमा हङकङको जोडनस्थित हेनरी जिउङ कमिटि हलमा सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउने भएका हुन् । जनसम्पर्क समिति हङकङका अध्यक्ष इश्वर खांणले सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको बताए। गायकद्वयलाई भव्य स्वागत गर्नेलगायतका कार्यक्रम पनि रहेको उनले बताए। कार्यक्रममा हङकङमा रहेका सयौं नेपाली सहभागी हुनेछन्। नेपाली कांग्रेसको प्रवासस्थित भातृ संस्था नेपाली जनसर्म्पर्क समिति हङकङले विविध सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । उसले नेपालीहरुलाई एकै ठाउंमा भेला गराएर आपसी सम्बन्ध विस्तारमा योगदान पुर्‍याउंदै आएको छ।