Skip to main content

Posts

Showing posts from December 13, 2009

संचारमन्त्रीलाई ज्ञापन, संचार मन्त्रालय घेराउ

-सुदर्शनराज पाण्डे काठमाडौं, २८ मंसिर । प्रेस काउन्सिल नेपालले पक्षपातपुर्ण पत्रपत्रिका वर्गीकरण गरेको विरोधमा वर्गीकरणमा नपरेको पत्रपत्रिकाका संचारकर्मीहरुद्वारा गठित राष्ट्रिय संघर्ष समितिले आज संचारमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुको साथै संचारमन्त्रालय काठमाडौंमा दुइ घण्टा धर्ना दिएका छन्। संघर्ष समितिले पत्रिकाको पुनरमूल्याकंन, हुबहुको नाममा छुटेका सबैलाई सामेल गरियोस लगायत चार बुंदे मांग उल्लेख भएको ज्ञापनपत्र संचारमन्त्री शंकर पोखरेललाइ बुझाइएको थियो।

दुर्घटनापछि अवरुद्ध सडक सुचारु

वीरगंज, २८ मंसिर । दुर्घटनामा वीरगंज- हेटौडा सडकखण्डको अमलेखगंज-७ स्थित सडकखण्ड अवरुद्ध भएपछि प्रहरीले आज बिहान सुचारु गराएको छ। गए राति ना.४ख १०८९ नं.को बस र ना.३ख ३५८९ नं.को ट्रक ठोक्किएपछि अवरुद्ध रहेको सडक आज बिहान ८ बजे प्रहरीले सुचारु गराएको थियो। दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

धूलो उडेपछि सडकमै चक्काजाम

वीरगंज, २८ मंसिर । धूलो उडेर वातावरण प्रदूषण भएपछि स्थानीयवासीले सडक मर्मत हुनुपर्ने मांग गर्दै आज बिहान पथलैया बीरगंज सडक खण्डको परवानीपुर बजारमा पौने घण्टा चक्काजाम गरेका थिए। सो स्थानको ५०० मिटर सडक बिग्रिएर धुलो उडेपछि स्थानीयवासीले पटक पटक सरोकारवालालाई जानकारी गराए पनि कुनै पहल नभएको विरोधमा आज बिहान ९ बजेदेखि सडक अवरुद्ध गरेका थिए। नगरपालिकाले दैनिक रुपमा पानी हाल्ने र्सतमा प्रहरीले पौने ९ बजेदेखि सो सडकखण्ड सुचारु गराएका थियो।

मधेश मुक्तिको पर्चासहित सकेट बम

सर्लाही, २८ मंसिर । मधेश मुक्ति संग्रामले राखेको बम र पर्चा फेला परेपछि आज बिहान स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। आज बिहान खयरवा-८ इनरवा टोलको बागमति नदिको तटबन्ध निर्माण भईरहेको स्थानमा सकेटबम १ थान र पर्चा फेला परेको प्रहरीले जनाएको छ। पर्चामा तटबन्ध निर्माण गर्ने ठेकेदारहरुलाई भौतिक कारवाही गरिने उल्लेख छ।

भूमिगत संगठनद्वारा विद्यालयमा आगजनी

महोत्तरी, २८ मंसिर । भूमिगत संगठनले महोत्तरीको एक विद्यालयको कार्यालयमा आगजनी गरेको छ। आज बिहान सवा ६ बजे अन्कार-९ मा रहेको बरिवभाट उ.मा.वि.को कार्यालयमा आगजनी भएपछि कागजपत्र र दुइवटा दराज जलेर नष्ट भएको हो। अउला मधेशी लिबरेशन र्फम नेपाल आनन्द समूह लेखिएको पर्चा टांसेर सो आगजनी गरिएको थियो भने प्रहरी र बारुण यन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो।

भारतीय सुरक्ष्ँाकर्मीद्वारा नेपालको पसल, टहरा भत्काइयो

महोत्तरी, २८ मंसिर । नेपाल भारतको दशगजा क्षेत्रमा बनाइएको पसल, टहरा भारतीय सुरक्ष्ँाकर्मीले भत्काउनुको साथै तोडफोड गरेका छन्। गए राति सीमावर्ती क्ष्ँेत्र महोत्तरी सम्सी गा.वि.स.स्थित दशगजा क्ष्ँेत्रमा रहेको दुइवटा घुम्ती, पसलहरु भारतीय सीमा सुरक्षा बलका सबइन्सपेक्टरको कमाण्डमा आएर तोडफोड गरी भोलि विहानसम्म सबै पसल, घुम्ती हटाउन चेतावनी दिएको छ। घटनापछि नेपालको सुरक्ष्ँाकर्मीले सो स्थानका निरीक्षण गरी गए राति ११ बजे एमाले, माओवादी, फोरमको स्थानीय नेताले छलफल गरी अप्रिय घट्ना घटन नदिनको लागि सशस्त्र प्रहरी बल सम्सी पोष्टलाई निर्देशन दिएको थियो। आज बिहान ८ बजे प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा भारतीय सितामढीका एमडिसंग छलफल हुने भएपनि कुनै छलफल हुन सकेन।

हत्याको अभियोगमा एक युवक पक्राउ

वीरगंज, २८ मंसिर । विरगञ्जस्थित पशुपति रोड क्यारीयरका प्रबन्धक राजेश्वर दुवेलाई हत्या गरेको आभियोगमा प्रहरीले आइतबार १ युवकलाइ पक्राउ गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाले हत्याको घटनामा संलग्न रहेको आशङ्कामा बाराका १ युवकलाइ पक्राउ गरेको जानकारी दिए। प्रमुख जिल्ला अधिकारी कोइरालाले पक्राउ परेका युवक हत्याको घटनामा संलग्न रहेको केहि आधारहरू भेटिएको र थप अनुशन्धान जारी रहेको बताए।

आज संचारमन्त्रीलाइ ज्ञापन बुझाइने

वीरगंज, २८ मंसिर। प्रेस काउन्सील नेपालद्वारा पक्ष्ँपात, धांधलीयुक्त वर्गीकरण गरेको विरुद्ध गठित राष्ट्रिय संघर्ष समितिले आफनो विरोधको कार्यक्रम अगाडि बढाएको छ। आजदेखि चरणबद्ध कार्यक्रम अघि सारेको संघर्ष समितिका संयोजक विष्णु कुमार प्रसाइ एवं महासचिव धीरेन्द्र झा मैथिलीको संयोजकत्वमा गठित राष्ट्रिय संघर्ष समितिसंग आबद्ध देशभरिका १३२ संचारगृहका संचारकर्मीहरुले आज ११ बजे संचारमन्त्रीलाई एक ज्ञापनपत्र बुझाउने भएको बुझिन आएको छ। हुबहुको नाममा पक्ष्ँपातपर्ूण्ा रुपले वर्गीकरणमा नपरेका पत्रपत्रिकालाई स्वार्थपूर्ण हिसाबले समावेश गरेको हुंदा वर्गीकरणमा नपरेका सम्पर्ूण्ा पत्रपत्रिकाहरुलाई पुनमूल्याकंन गरी समावेश गर्नुपर्ने मांग संघर्ष समितिले अघि सारेको बुझिन आएको छ।