Skip to main content

Posts

Showing posts from October 10, 2009

अबुर्द रोगको वाषिर्कोत्सव

वीरगंज, २४ असोज । नेपाल अबुर्द्ध रोग निवारण संस्थाको २७ औं वाषिर्कोत्सव कार्यक्रम सम्पन्न भयो। आज स्थानीय होटलमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष गंगाबहादुर थापाले गरेका थिए। कार्यक्रममा प्रेस चौतारी पर्साका अध्यक्ष जीवनलाल श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए।

दोहोरो सुरक्ष्ँाको लागि कण्डम

वीरगंज, २४ असोज । १५ औं राष्ट्रिय कण्डम दिवस २०६६ को अवसरमा दोहोरो सुरक्ष्ँाको लागि कण्डममा पहुंच बढाऔं नाराका साथ कण्डम दिवस विविध कार्यक्रम गरी मनाइएको छ। आज जिल्ला एडस समन्वय समितिको आयोजनामा घण्टाघरबाट निकालिएको र्‍यालीले नगर परिक्रमा गरेको थियो। र्‍यालीमा नेपाल रेडक्रस सोसाइटी पर्सा, विद्यार्थी जागरण मंच, निलहीरा समाज, सानो पाइला लगायत संघसंस्थाहरुको सहभागिता रहेको थियो। यसैगरी नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाकक्ष्ँमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। विद्यार्थी जागरण मंच, भिएससो को सहयोगमा र नेपाल पत्रकार महासंघ पर्सर्ााे आयोजनामा भएको सो कार्यक्रममा स्थानीय संचारकर्मीहरुले आआफनो मन्तव्य राखेका थिए।

समयमै संविधान लेख्न नसकिने

काठमाडौं, २४ असोज । संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले आफ्नो अधिकार खोज्दा अरुको अधिकार खोस्न नहुने विचार राखेका छन्। उनले अहिले प्रमुख तीन दलहरुको आपसी द्वन्द्वलाई सांढेको जुधाइ भन्दै यस्तै जुधाइ रहेमा समयमै संविधान लेख्न नसकिने चेतावनी दिएका छन्। थारु कल्याणकारिणी सभाले शनिबार राजधानीमा आयोजना गरेको संविधान निर्माण प्रकृयामा थारुहरुको आवाज विषयक कार्यक्रममा बोल्दै आचार्यले प्रमुख तीन राजनीतिक दललाई सबैले खबरदारी गरेर एक ठाउंमा उभिने वातावरण बनाउन र दवाब दिन पनि अपिल गरे। राजतन्त्र फाल्नलाई सबै राजनीतिक दलहरु एकजुट भएजस्तै संविधान निर्माण हुने बेलामा सबै राजनीतिक दल एकजुट हुने विश्वाश गर्दै बेलैमा संविधान नबन्ने पो हो कि भनेर निराश नहुन पनि आग्रह गरे। उहाँले थारु कल्याणकारिणी सभाले विगतमा गरेको शान्तिपुर्ण आन्दोलन सबैका लागि उदाहरणीय छ पनि भने। कार्यक्रममा संविधानसभा राज्यको शासकीय स्वरुप निर्धारण समितिका सभापति शम्भु हजारा पासवानले पनि निर्धारित समयमै संविधान बनाउन दलहरु चिन्तित हुनर्ुपर्ने विचार राखेका थिए।

विभिन्न भूमिगत पार्टी परित्याग गरी टार्इगर्समा २१ जना प्रवेश

वीरगंज, २४ असोज । जनतान्त्रिक तराइ मुक्ति मोर्चा ज्वाला सिंह र राजन समूह त्यागेर २१ जना कार्यकर्ताहरु मधेशी मुक्ति टार्इगर्समा प्रवेश गरेका छन् । आज रिपोर्टस क्लब नेपाल पर्साको साक्ष्ँात्कारमा टार्इगर्सका केन्द्रयि सदस्य भरत राउत कर्ुर्मीको उपस्थितिमा कार्यकर्ताहरु प्रवेश गरेका हुन्। मधेश मुक्ति टार्इगर्स शान्ति र वार्ताको पक्ष्ँमा रहेको हु“दा भूमिगत पार्टी परित्याग गरी सो पार्टीमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा भरत राउत कर्ुर्मी, राजु साह , आक्रोश, र्सर्ूय, आकाश, भवानी, नागा, नागराज, गबर सिंह, अमर प्रताप, भिम राज, डाका सिंह, अजनबी सिंह, विक्रान्त सिंह, उमाकान्त झा, अरविन्द सिंह, क्रोध सिंह, भोला जी, राज सिंह, शिवाजी, कमान सिंह रहेका छन् । साक्षात्कारमा बोल्दै भरत साहले हामी जहिले पनि शान्तिको पक्ष्ँमा रहेको र शान्तिपूर्ण आन्दोलनमाथि नै जोड दिएको बताए। नेपाल सरकारले आह्वान गरेको वार्ताका अथक प्रयासका बावजुद पनि पार्टीलाई वार्तामा ल्याउन सम्भव नभएपछि हाल सरकारसंग वार्तामा रहेको मुक्ति टार्इगर्स आजदेखि शान्ति पर्ूण्ा आन्दोलनमार्फ मधेशी जनताको हकअधिकारको लागि लडिरहने बताए। उनले मधे

दुवै मृगौला बिग्रिएपछि वृद्धको अनुरोध

वीरगंज, २४ असोज । वीरगंज, वडा नं. ४ बिर्ता निवासी ६३ वषर्ीय दीपमान शाक्यको दुवै मृगौलाले काम गर्न छाडेपछि अहिले उनी लगायत उनका परिवारले उपचार खर्च धान्न गाह्रो भएको बुझिन आएको छ । नेशनल किडनी सेन्टर काठमाडौंका कार्यकारी निर्देशक डा. ऋषिकुमार काप\mलेले शाक्यको उपचार असार १५ गतेदेखि गर्न थालेपछि शाक्यको दुवै मृगौलाले काम गर्न छाडेको पत्ता लागेको थियो । महंगो उपचार एवं मृगौला प्रत्यारोपण गर्दा करिब ६-७ रूपैयां लाख थप लाग्ने एवं जीवनभर औषधि खानुपर्ने अवस्था सिर्जना भएबाट मासिक १५ हजार रूपैयां औषधि खर्च हुने कार्यकारी निर्देशक काप\mलेले प्रमाणित गर्नुभएको छ । यसरी दुवै मृगौलाले काम गर्न छाडेपछि हालसम्म शाक्य परिवारको करिब ५-७ लाख रूपैयां खर्च भइसकेको अवस्थामा निजका परिवारले थप उपचारका लागि आर्थिक सहयोग जुटाइदिन आम नागरिकसंग अनुरोध गर्नुभएको छ ।

लाखौंको पटका नेपाल भित्रिदै

अजय यादव बारा, २४ असोज । खुल्ला सिमानाका कारण लाखौंका पटका नेपाल भित्रिरहेको छ । बारा जिल्लाको अधिकांश सिमानामा प्रहरी जवान नभएकोले लुकाइ छिपाइ भारतबाट पटका लगायत अन्य सामान छलेर व्यापारीहरूले ल्याइरहेका छन्। छौडादानोबाट बेलदारी हुंदै स्रि्रौनगढ बजार भित्र्याउने, त्यस्तै छौडादानो आदापुरबाट चनरमन, सनफुलवा, कबही हुंदै बरियापुर बजार पुर्‍याउने, आदापुरबाट उत्तर झिटकैया, फूलबरिया हुंदै कलैया भित्र्याउने काम भइरहेको छ । सो कार्यउपर प्रहरीले नियन्त्रण गर्न सकेको छेन । चार्डपर्वको बेला व्यापारी लगायत अपराधी समूहले विस्फोटक पदार्थ नेपाल भित्र्याउने काम समेत गरिरहेका छन् ।