वीरगंज, २४ असोज । वीरगंज, वडा नं. ४ बिर्ता निवासी ६३ वषर्ीय दीपमान शाक्यको दुवै मृगौलाले काम गर्न छाडेपछि अहिले उनी लगायत उनका परिवारले उपचार खर्च धान्न गाह्रो भएको बुझिन आएको छ ।
नेशनल किडनी सेन्टर काठमाडौंका कार्यकारी निर्देशक डा. ऋषिकुमार काप\mलेले शाक्यको उपचार असार १५ गतेदेखि गर्न थालेपछि शाक्यको दुवै मृगौलाले काम गर्न छाडेको पत्ता लागेको थियो ।
महंगो उपचार एवं मृगौला प्रत्यारोपण गर्दा करिब ६-७ रूपैयां लाख थप लाग्ने एवं जीवनभर औषधि खानुपर्ने अवस्था सिर्जना भएबाट मासिक १५ हजार रूपैयां औषधि खर्च हुने कार्यकारी निर्देशक काप\mलेले प्रमाणित गर्नुभएको छ । यसरी दुवै मृगौलाले काम गर्न छाडेपछि हालसम्म शाक्य परिवारको करिब ५-७ लाख रूपैयां खर्च भइसकेको अवस्थामा निजका परिवारले थप उपचारका लागि आर्थिक सहयोग जुटाइदिन आम नागरिकसंग अनुरोध गर्नुभएको छ ।
Comments
Post a Comment