Skip to main content

Posts

Showing posts from August 16, 2009

नेशनल मेडिकल कलेज आतंकवादीको अखडा

वीरगंज, ३२ साउन । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आबद्ध अखिल नेपाल स्वास्थ्यकर्मी श्रमिक संघ पर्साका घाइते मजदूर कर्मचारीले आज सांझ नारायणी उपक्षेत्रीय अस्पतालको प्रांगणमा एक पत्रकार सम्मेलनको आयोजना गरी नेशनल मेडिकल कलेज आंतकवादीको अखडा भएको आरोप लगाएका छन्। आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै घाइते कर्मचारीहरुले आफूहरुको अवस्थाको बारेमा जानकारी गराएकाथिए। पत्रकार सम्मेलनमा विभिन्न १३ वटा स्वास्थ्यकर्मी संगठनहरुले संघर्ष समिति गठन गरी सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

नक्कली परीक्षार्थी पक्राउ

रामेछाप, ३२ साउन । एसएलसी पूरक परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। आज बिहान एसएलसी पूरक परीक्षा केन्द्र मन्थली उ.मा.वि.मा परीक्ष्ँा दिइरहेका शेखर खड्काले सोही विद्यालयको सि.नं.०१८०८९२ जे का छात्र कुमार मोक्तानको प्रवेश पत्रमा आप\mनो फोटो टांसी परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेका हुन्। खडका श्री काली देवी स्कूलबाट २०६५ को एसएलसी परीक्षामा सम्मिलीत भई सि.नंं.०१८०८४६ एल बाट द्वितीय श्रेणीमा उतर्ीण्ा भएका थिए।

विभिन्न स्थानमा दुर्घटना

वीरगंज, ३२ साउन । सडक निर्माणको मांग गर्दै पर्साको बहुअर्वा भाटाका स्थानीयवासीले सो सडकखण्डमा आज बिहान चक्काजाम गरेका थिए। आज बिहान हेटौडा, कर्रर्ााडकखण्डमा श्रमिक मा.वि.मा कार्यरत प्रधानाध्यापकलाई विद्यालय व्यवस्थापन समितिले हटाउन खोजेको विरोधमा अभिभावक, विद्यार्थीहरुले चक्काजाम गरेका थिए। गएराति निजगढको भमरा पुल नजिकै भैंसी लोड गरी आईरहेको ना.३.ख.५६१२ नं.को ट्रक अचानक दर्ुघटना हुंदा चालक सहित ५ जना यात्रुहरु घाइते भएका छन्। घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । आज बिहान सर्लाहीको हरिवन-९ नजिकै टाटा मोबाइलको चक्कबाट उछिदिएको ढुंगा लागेर कर्मैया-६ निवासी सनराइज वोडिङ स्कूलमा अध्यनरत वर्ष१८ को श्याम पुडासैनी घाइते भएका छन्। गए राति मकवानपुरको सामरी पुलमा पालुङबाट हेटौंडातर्फआईरहेको बा.३३प ५६५० नं.को मोटरसाइकल अचानक दर्ुघटना हुंदा हेटौडा-३ बस्ने मधुसुदन श्रेष्ठ र दिपक बुढाथोकी घाइते भएका छन्, दुवैको हेटौडा अस्पतालमा उपचार भइरहेको छ।

ब्युटिहरुले तीज मनाए

वीरगंज, ३२ साउन । ब्युटिसियन संघ पर्साले एक समारोहबीच तीज मनाउंदै दर खाएका छन्। आज होटल सूरजमा सम्पन्न कार्यक्रममा ब्युटिसियनहरु रानी जोन, मनिका रेडी, गुडडी जोशी लगायत ३० जना भन्दा बढी ब्युटिसियनहरुले दर खाइ नाचगान गरेका थिए। यसैगरी आज बिहान माइडिया पोखरी, वीरगंजमा श्री गोविन्दजीको पूजा सम्पन्न भएको छ। शोभायात्राले नगर परिक्रमा गरेको थियो।

पञ्चेश्वर अगाडि बढाइए देशका लागि दर्ुभाग्य

काठमाडौं, साउन ३२। एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले पञ्चेश्वर परियोजना अगाडि बढाइए देशकै लागि दर्ुभाग्य हुने टिप्पणी गरेका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै पञ्चेश्वरमा गर्न लागिएको सहमतिले देशको हित नगर्ने तर्क गरे। वर्तमान सरकारले पञ्चेश्वर परियोजना अगाडि बढाउन नसक्ने जिकिर गरे। भारतको आशिर्वाद पाएर सरकार गठन भएको भन्दै पञ्चेश्वर सहमति बनाउन खोज्नुले आशंकाहरु जन्माएको बताए। उनले भने,'पञ्चेश्वर अगाडि बढाउने सहमति बनाइए देशका लागि सबैभन्दा दर्ुभाग्यपर्ूण्ा हुन्छ।' प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमण कड्सी भ्रमणमै सिमित पार्न आग्रह गरे।

अपराधमा राजनीतिकरण भयो

काठमाडौं, साउन ३२। नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीको सशस्त्र युद्धपछि अपराधमा राजनीतिकरण भएको बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार दीपेशकुमार केसीको 'डकैतीको कारण र परिणाम' र 'खून' नामक दर्ुइवटा पुस्तक विमोचन गर्दै अपराधीलाई राजनीतिक आवरण दिने क्रम बढेकाले दण्डहीनता बढेको बताए। 'अपराधमा राजनीतिकरण भएको छ,' कांग्रेस उपसभापति समेत रहेको पर्ूव गृहमन्त्री पौडेलले भने,'माओवादीको सशस्त्र युद्धपछि अपराध बढेको हो।' सशस्त्र युद्धपछिनै अपराधले राजनीतिक आवरण लिएको तर्क गरे। देशमा अपराध चुनौतीपर्ूण्ा रुपमा बढेको भन्दै त्यसको अन्त्यका लागि गम्भीर हुनुपर्ने बताए। अपराधले राजनीतिक आवरण लिदा लोकतन्त्रमाथिनै चुनौती बढेको बताए।

आफनै पत्नी र छोराको एसिड हालेर हत्या

वीरगंज, ३२ साउन । एक व्यक्तिले आफनै पत्नि र छोराको एसिड हालेर हत्या गरी फरार भएका छन्। आज बिहान वीरगंजको महावीर टिवडेवाल धर्मशालाको रुम नं. ११८ मा मृत अवस्थामा फेला परेका सुनसरी, इटहरी-५ बस्ने राम देव मण्डलको पत्नी र छोराको नाम खुल्न सकेको छैन। अनुहारमा नाइटि्रक एसिड हालेर हत्या गरि पति मण्डल फरार भएको प्रहरीले दाबी गरेको छ।

धर्नाकारीमाथि लाठीचार्ज, विरोध रयाली

वीरगंज, ३२ साउन । बन्द रहेको वीरगंज चिनी कारखाना तथा कृषि औजार कारखानाका मजदूर, कर्मचारीले पूर्व घोषित आन्दोलन अनुसार आज जिल्ला प्रशासन कार्यालय पर्सामा दुइ घण्टा धर्ना दिने क्रममा प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जको विरोधमा कर्मचारी मजदूरले वीरगंज नगरमा विरोध र्‍याली प्रदर्शन गरेका थिए। संयुक्त संघर्ष समितिका कर्मचारीहरूले नौं सूत्रीय मांग राखी विगत केही दिनदेखि आन्दोलनमा उत्रिएका हुन्।

नेशनल मेडिकल कलेजका आन्दोलनरत कर्मचारी र प्रहरीबीच भिषण भिडन्त, दर्जनौं घाइते, अश्रुग्यास, गोली प्रहार

वीरगंज, ३२ साउन । नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका आन्दोलनरत कर्मचारी र प्रहरीबीच भीषण भिडन्त भएको छ । आज बिहान वीरगंज-१८ स्थित अस्पतालको मुलगेटमा शान्तिपुर्ण धर्ना दिइरहेका अस्पतालका आन्दोलनरत कर्मचारीबीच झडप भएपछि प्रहरीले लाठी चार्ज, ७ राउन्ड अश्रुंग्यास र १ राउन्ड हवाइ फायर गरेपछि करिब दर्जनौं कर्मचारी घाइते भएका हुन्। लाठीचार्जमा जाकिर रहमान, गीता श्रेष्ठ, सरिता अधिकारी, सीता चौधरी, राजकपूर मण्डल, अहमद हवारी, वीरेन्द्र साह कानु, लोककुमारपौडेल, कल्याणी घिमिरे, ब्यास महतो गम्भीर घाइते भएका छन्। घाइते सबैको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ। अहिले पनि कर्मचारीले अस्पतालमा धर्ना दिइरहेका छन् भने अस्पतालमा व्यापक प्रहरी परिचालन गरिएको छ। विभिन्न २१ बुंदे मांग र निष्काशित दुइ कर्मचारीको पुनरबहालीको मांग राखी गत साउन १८ गतेदेखि कर्मचारी आन्दोलनमा उत्रिएका थिए।

सरकार र पेट्रोलियम मजदूरबीच वार्ता

Image by jaqian via Flickr वीरगंज, ३२ साउन । एक वर्षअघि पेट्रोलियम डिलर्स एसोसिएसनसमक्ष प्रस्तुत गरेको १५ सूत्रीय माग पूरा नभएकोविरोधमा नेपाल पेट्रोलियम मजदूर युनियनले तराइ तथा उपत्यकाका केही जिल्लाहरुमा पेट्रोलियम पदार्थ विक्री वितरण्ँ बन्द गरेपछि सरकार र मजदुर यूनियनबीच आज विहान वार्ता हु“दैछ। पेट्रोलियम पदार्थको अभाव सिर्जना भएपछि सर्वसाधारण उपभोक्ताहरु मारमा परेका छन्। युनियनले पेट्रोलपम्पमा कार्यरत मजदूरहरुलाई नियुक्तिपत्र दिनुपर्ने, न्यूनतम वेतन, दैनिक आठ घण्टा मात्र काम गर्नुपर्ने र त्यसभन्दा बढी काम गरे ओभर टाइमको व्यवस्था गर्नुपर्ने, कामदारको विमालगायतका १५ बु“दे माग राखेको छ । निजी पेट्रोलपम्पहरु बन्द भएपछि काठमाडौं उपत्यकामा रहेका १ सय १५ पेट्रोलपम्पमध्ये नेपाली सेना, प्रहरी र साझा पेट्रोलपम्पबाट मात्र पेट्रोलियम पदार्थ विक्रीवितरण्ँ भएको छ । त्यहा“ विहानैदेखि पेट्रोल र डिजल लिने सवारी साधनको लामो लाइन लागेको छ। युनियनका अध्यक्ष गोकर्ण्ँ खड्काले भने मजदुरका माग पूरा नभए अझ कडा आन्दोलन थाल्ने चेतावनी दिएका छन् भने नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले एक्कासी पेटोलियम पदार

अनुशासन उल्लघंन गरेको आरोपमा प्रेस चौतारीका तीन सदस्यमाथि कारबाही

मकवानपुर, ३२ साउन । प्रेस चौतारी मकवानपुरले सङ्गठनको अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै आफ्ना तीनजना सदस्यलाई कारबाही गरेको जनाएको छ । शनिवार सम्पन्न बैठकले चौतारीको पाँचौँ जिल्ला सम्मेलनका सर्न्दर्भमा धर्मेन्द्र दाहाल, सन्तोष पौडेल र इन्द्रजित देवकोटाले अनुशासन उल्लङ्घन गरी मिथ्या प्रचारप्रसार गरेकाले सातदिने लिखित स्पष्टीकरण माग गरेको हो । सन्तोषजनक जवाफ नआए सदस्यता निलम्बनको प्रक्रिया अघि बढ्ने सचिव सरिता दाहालले बताउनुभयो । नवनिर्वाचित चौतारीको पहिलो बैठकमा नेकपा (एमाले) मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहाल, प्रचार विभाग प्रमुख गोपाल श्रेष्ठ, चौतारीका मध्यमाञ्चल उपाध्यक्ष देवराज रिमाललगायतको सहभागिता थियो । उहाँहरुले नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै मकवानपुरका नागरिकलाई सन्तुलित सञ्चार सम्प्रेषणका लागि चौतारीले मुख्य भूमिका खेल्नुपर्ने बताउनुभयो । चौतारी मकवानपुरका अध्यक्ष रामकुमार एलनको अध्यक्षतामा बसेको बैठकले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन तथा अनुगमन, प्रचार, सङ्गठन, महिला, आर्थिक, कार्यालय सञ्चालन र प्रकाशन विभाग गठन गरेको छ ।

फोरम नेपालको पत्रकार सम्मेलन

काठमाडौं, ३२ साउन । वर्तमान राजनीति घटनाक्रम र मधेशीहरुमाथि भइरहेको विभेदपूर्ण दमनात्मक निर्णयको विरुद्ध मधेशी जन अधिकार फोरम नेपालले आज -आइतवार) एक पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ। दिउंसो १२ बजे काठमाडौंको अनामनगरस्थित मधेश मिडिया हाउसमा फोरम नेपालका केन्द्रीय प्रसार विभाग प्रमुख, केन्द्रीय युवा, विद्यार्थी इन्चार्ज, केन्द्रीय सदस्य एवं सभासद वीपी यादवले बताएका छन्।

स्वास्थ्यकर्मीलाई काम गर्ने बाताबरण मिलाउन आग्रह

-सुभाषप्रसाद साह- बारा, ३२ साउन । बिरगंज स्थित नेशनल मेडिकल कलेजको बारेमा जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बर्तामा आफुलाई नेकपा एमालेको प्रतिनिधि भनि बिभिन्न पत्रपत्रिकामा शनिबार आएको समाचार प्रति नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य रामबिध्याप्रसाद कुशवाहाले दुख व्यक्त गरेका छन्। साथै आफु स्वास्थयकर्मी संघको प्रतिनिधिको रुपमा सो बार्तामा सामेल भएको उनले एक बिज्ञप्ति मार्फ शनिबार जनाउनु भएको छ। कलेजमा व्यस्थापन पक्ष र स्वास्थ्यकर्मी बीच चलिरहेको बिबाद बर्ताको माध्यमबाट समाधान गर्न उनले आग्रह गर्नु भएको छ । साथै पैसाको भरमा कलेजले खेलिरहेको दोहोरे खेलको घोर भर्त्सना गरेका छन्। यसै बीच स्वास्थ्यसंग सम्बद्ध बिभिन्न संस्थाहरुले कलेजमा चलिरहेको आन्दोलन प्रति एक्यबद्धता जनाउंदै निष्काशन गरिएका तीन स्वास्थ्यकर्मीलाई काम गर्ने बाताबरण मिलाउन आग्रह समेत व्यवस्थापन पक्षसंग गरेका छन्। यसैगरी नेकपा एमाले निकट प्रजातान्त्रिक राष्टिूय युवा संघ बाराको बैठक शनिबार सिमरामा सम्पन्न भएको छ। जिल्ला अध्यक्ष सुरेन्द्र यादवको अध्यक्षतामा बसेको सो बैठकले भदौ २९ र ३० गते गर्ने भनिएको जिल्ला अधिबेश

उच्च माबिको उदघाटन

-सुभाषप्रसाद साह- बारा,३२ साउन। बाराको कवहीगोठ स्थित रहेको नेपाल राष्टिूय उच्च माबिको बयोबद्ध समाजसेबि देवधारी यादवले शनिबार उदघाटन गर्नुभएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बच्चा यादवको अध्यक्षतामा सम्पन्न सो उदघाटन शत्र कार्यक्रममा रामअयोध्या यादव, हरिशंकर यादव, बच्चा यादव लगाएतकाले सम्बोधन गरेका थिए।

माग पुरा नभए आन्दोलन गर्ने स्वास्थ्यकर्मी युनियनको चेतावनी

-सुभाषप्रसाद साह- बारा, ३२ साउन। १२ सुत्रिय माग तोकिएकै समयमा पुरा नभए नेपाल स्वास्थ्यकर्मी युनियन बाराले चरणबद्ध आन्दोलन गर्ने चेतावनी शनिबार दिएको छ। युनियनद्वारा शनिबार कलैयामा आयोजित पत्रकार सम्मेलनमा यस्तो चेतावनी दिईएको हो। युनियनको केन्द्रीय कमिटिले बिभिन्न १२ सुत्रिय माग सहितको एक ज्ञापनपत्र दिदै सो माग साउन १७ गते सम्म पुरा गर्न माग गरेको युनियनका बारा जिल्ला अध्यक्ष रामएकबालप्रसाद साहको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । सो पत्रकार सम्मेलनमा युनियनका केन्द्रीय सदस्य अनिल पाण्डे, केन्द्रीय पार्षद अच्छेलाल साह लगाएतको उपस्थिति रहेको थियो।