नेशनल मेडिकल कलेजका आन्दोलनरत कर्मचारी र प्रहरीबीच भिषण भिडन्त, दर्जनौं घाइते, अश्रुग्यास, गोली प्रहार
वीरगंज, ३२ साउन । नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका आन्दोलनरत कर्मचारी र प्रहरीबीच भीषण भिडन्त भएको छ ।
आज बिहान वीरगंज-१८ स्थित अस्पतालको मुलगेटमा शान्तिपुर्ण धर्ना दिइरहेका अस्पतालका आन्दोलनरत कर्मचारीबीच झडप भएपछि प्रहरीले लाठी चार्ज, ७ राउन्ड अश्रुंग्यास र १ राउन्ड हवाइ फायर गरेपछि करिब दर्जनौं कर्मचारी घाइते भएका हुन्।
लाठीचार्जमा जाकिर रहमान, गीता श्रेष्ठ, सरिता अधिकारी, सीता चौधरी, राजकपूर मण्डल, अहमद हवारी, वीरेन्द्र साह कानु, लोककुमारपौडेल, कल्याणी घिमिरे, ब्यास महतो गम्भीर घाइते भएका छन्।
घाइते सबैको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ।
अहिले पनि कर्मचारीले अस्पतालमा धर्ना दिइरहेका छन् भने अस्पतालमा व्यापक प्रहरी परिचालन गरिएको छ।
विभिन्न २१ बुंदे मांग र निष्काशित दुइ कर्मचारीको पुनरबहालीको मांग राखी गत साउन १८ गतेदेखि कर्मचारी आन्दोलनमा उत्रिएका थिए।
Comments
Post a Comment