Skip to main content

Posts

Showing posts from November 6, 2009

एम्नेस्टीद्वारा भारतीय दूतावासलाई ज्ञापनपत्र

वीरगंज, २० कार्तिक । खानीले गर्दा भारतमा जनजाति समुदायको जीवन जोखिममा परेको लगायतको विषयलाई लिएर आज एमनेष्टी इनटरनेशनल नेपाल सेक्सन वीरगंज गु्रप १६ का संयोजक सुरेश उपाध्यायले वीरगंज स्थित भारतीय महावाणिज्य दूतावासमा एक ज्ञापनपत्र बुझाएको छ। भारत सरकार र उडिसा राज्यका अधिकारीलाई एमनेष्टीका तर्फाट गरिएको अनुरोधमा बेदान्त आल्मुनियमले वातावरण सम्बन्धी आप\mना प्रतिबद्धता पूरा नगरेसम्म यस्को विस्तार हुन नदिइयोस् लगायतको विषयमा नेपालमा हस्ताक्षर संकलन गरि दूतावासमा बुझाएको हो।

वीउवासंघ र भारतीय रेल अधिकारी बीच छलफल

वीरगंज, २० कार्तिक/भारतीय रेल्वेले केही महिनादेखि रक्सौल स्टेशनमा पैठारी हुने मालसामानहरुमा ६ गुना विलम्ब शुल्क लगाई रहेको विषयलाई लिएर वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधि मण्डलले समस्तीपुर स्थित भारतीय रेल मण्डलका डिआरएम कुन्दन चौधरीसँग भेटघाट गरेको समाचार प्राप्त भएको छ। नेपालमा रक्सौल स्टेशनल मार्फ् पैठारी हुने सामानमा ६ गुना विलम्ब शुल्कका कारण नेपाली उद्योगहरु मर्कामा परिरहेका थिए र वीउवासंघले यस सम्बन्धमा समाधानको लागि विभिन्न निकायमा माग उठाउँदै आएको थियो। रक्सौल स्टेशनबाट मालसामान उठाएर लैजान आयातकर्ताहरुले अत्यधिक विलम्ब गर्ने गरेकोले उनीहरुको कार्यदक्षता बढाउने उद्देश्यले नै भारतीय रेल्वेले विलम्ब शुल्क बढाएको कुरा भारतीय रेलका अधिकारीले स्पष्ट गर्नुभयो। विलम्ब शुल्कको कारण आयातकर्ताहरुको कार्य दक्षता बढेको विगत महिनामा रक्सौल स्टेशनले ५० रेक मालसामान ढुवानी गरेर नयाँ कर्ीर्तिमान स्थापित गरेको कुरा रेल प्रबन्धकले बताउनुभयो। रक्सौलमा क्रेन, लोडर र ट्रकहरुको अभावको समस्या रहेको र रेलका वैगनहरु अल्भिmएर रेललाई नोक्सान हुने गरेकोले विलम्ब शुल्क लगाउनु परेको वहाँले स्पष्ट

दुर्घटनामा एकजनाको मृत्यु

धादिङ, २० कार्तिक । धादिङको छुटाछुटै स्थानमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आधा दर्जन घाइते भएका छन्। आज बिहान पृथ्वी राजमार्गको बेनीघाट-९ सलाङ नजिकै बा.३१प ७९२६ नं.को मोटरसाइकललाई ना.२ख ५९४७ नं.को ट्रकले ठक्कर दिंदा मोटरसाइकलमा सवार भक्तपुर दधिकोट-४ बस्ने महेश खड्का र कृष्ण खड्का गम्भीर घाइते भएका छन्। घाइतेको मलेखु अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने ट्रकचालक फरार भएको प्रहरीले जनाएको छ । ट्रकलाई पक्राउ गर्ने र्सतमा सो राजमार्ग बिहान सुचारु भएको थियो । आज बिहान बैरेनी-८ नजिकै बा.२ख ५५२० नं.को टिपरले बाटो काट्ने क्रममा एक महिलालाई ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको छ। मृतकको नाम, थर खुल्न नसकेको तथा गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको प्राप्त जानकारीमा उल्लेख छ। आज बिहान बैरेनी-९ महेश दोभान नजिकै बा.१झ ७६६६ नं.को गाडी दर्ुघटना हुँदा दुइजना गम्भीर घाइते भएका छन्। घाइतेको वैरेनीमा उपचार भइरहेको छ।

६ जना तिब्बतीयन नागरिक पक्राउ

सिन्धुपाल्चोक, २० कार्तिक । चीन हुँदै नेपाल भित्रिएका ६ जना तिब्बतीयन नागरिकलाइ नेपाल प्रहरीले पक्राउ गरेको छ। आज बिहान ८ः३० बजे इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरीले चेक जाँच गर्ने क्रममा ४ पुरुष र २ महिलालाइ पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

भारतीय नेताहरुद्वारा वर्तमान सरकारको निरन्तरतामा जोड

ऋषि धमला, नयां दिल्ली, २० कार्तिक। भारतीय नेताहरुले प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारको निरन्तरतामा जोड दिएका छन्। उनीहरुले सरकार लोकतान्त्रिक प्रणालीबाट बनेकाले र्समर्थन र सहयोग रहने बताएका हुन्। भारतीय सत्तारुढ कांग्रस आइका विदेश विभाग प्रमुख डा.करण सिंहले माधव नेपाल नेतृत्वको सरकारलाई र्समर्थन रहेको बताए। नेपालमा शान्ति प्रक्रिया अगाडि बढिरहेकाले सत्ता परिवर्तन भन्दा मिलेर अगाडि बढ्न सुझाव दिए। उनले भने, भारत नेपालको शान्ति, स्थायित्व र लोकतन्त्रको सुदृढीकरण चाहन्छ। दलहरुलाई सहमतिका साथ संविधान निर्माणको एजेण्डामा केन्द्रित हुन आग्रह गरे। पछिल्लो समयमा उत्पन्न राजनीतिक असमझदारीप्रति चिन्ता समेत व्यक्त गरे। आन्दोलनभन्दा सहमतिमा जादा नेपालको हिन हुने बताए। दर्ुइ देशको सम्बन्ध अझै सुदृढ हुदै गएकाले विकासका क्षेत्रमा भारतले सहयोगलाई अझै बढाउने बताए। भारतीय जनता पार्टर्ीी अध्यक्ष राजनाथ सिंहले माधवकुमार नेपाल नेतृत्वको सरकारकै निरन्तरतामा जोड दिए। वर्तमान नेपाल नेतृत्वको सरकारले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले भने, माधव नेपाल
वीरगंज, २० कार्तिक । मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल -क्रान्तिकारी)ले आज वीरगंजमा एक पत्रकार सम्मेलन गरी यही कार्तिक २१ गते मोर्चाको एकता राष्ट्रिय सम्मेलन भइरहेको जानकारी गराएको छ। मोर्चाका संयोजक कृष्ण देव सिंहले सो सम्मेलनको उद्घाटन अध्यक्ष प्रचण्डले नारायणी रंगशालामा दिउंसो १२ बजे उद्घाटन गर्नुहुने बताएका छन्। उनले परिवर्तित परिस्थितिमा मधेश आन्दोलनको समग्र कार्यदीशा तर्जुमा गर्नुका साथै नयां नेतृत्व छनोट गर्न यो सम्मेलन जनताको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु नेपाली जनताको आदर्श र निर्देशलाई लागू गर्न ज्यादै महत्वपर्ूण्ा बताए। सम्मेलनको तयारीको सम्पूर्ण काम सकिएको छ जानकारी गराउंदै उनले सबैलाइ सहयोग गर्न आग्रह गरेका छन्।

हतियारसहित भारतीय एसएसबीहरुद्वारा नेपालमा गस्ती

-अजय यादव बारा, २० कार्तिक । हतियारसहित भारतीय एसएसबीका जवानहरु नेपालको बारा जिल्लामा गस्ती गर्न सुरु गरेका छन्। दिनहुं उनीहरु बाराको बसतपुर शनिचरेमन्दिर नजिकै गस्ती गरिरहेको स्थानीयबासिन्दाले जानकारी दिएका छन्। नेपालमा हतियार सहित प्रवेश गरी गस्ती गर्नाले सिमावर्ती बस्तीका बासिन्दाहरु आतंकित बनेका छन्। तर यर्सतर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । सीमा सुरक्ष्ँार्थ मटिअर्वा प्रहरी चौकी हुंदा हुंदै पनि भारतीय एसएसबीहरु प्रवेश गर्दा थप स्थानीयवासीहरु आतंकित बन्न पुगेका छन्। यही कार्तिक २१, २२ र २३ गते मधेशी राष्ट्रिय मुक्ति मोर्चाको एकता सम्मेलन हुन गइरहेको अवस्थामा भारतीय एसएसबीले गस्ती गर्न सुरु गरेको एक स्थानीयवासीले बताएका छन्।

अपांगतासम्बन्धी छुट्टै समाचार पोर्टल

काठमाडौं, २० कार्तिक । नेपालमा हाल करिब ३० लाख व्यक्तिहरु शारिरीक अपांगता भएका व्यक्तिहरु रहेको अनुमान छ। जन्मदै अपांगता भएका र दुर्घटनाका कारण अपांगता व्यहोरेका देशभरिका यस्ता नागरिकहरुका उत्प्रेरक गतिविधि, उपलब्धी, तथा यस क्षेत्रमा क्रियाशील सम्पूर्ण संघसंस्थाका समाचार, विचार, विश्लेषण सम्प्रेषण गर्ने उद्देश्यसहित पहिलो पटक छुट्टै समाचार पोर्टल सञ्चालनमा ल्याइएको छ। नेपालमा अपांगातासम्बन्धी गतिविधिका समाचारलाई सञ्चारमाध्यममा त्यति प्राथमिकता दिइएको पाइदैन, यही समस्यालाई ध्यान दिएर अपांगतासम्बन्धी मात्र समाचार, लेख, विश्लेषण तथा अन्तर्वार्ताहरु प्रकाशन/प्रशारण गर्ने उद्देश्यसहित सरोकार डटकम एडएनपी सुरु गरिएको छ। यो साइटको सञ्चालन तथा व्यवस्थापनमा मिडिया चौतारीको निःशुल्क सहयोग रहेको छ।