Skip to main content

Posts

Showing posts from August 15, 2009

ठक्करबाट एक घाइते

कलैया, ३१ साउन । मोटरसाइकलको ठक्करबाट एकजना गम्भीर घाइते भएकी छन्। हिजो सांझ बाराको बरियारपुर-९ स्थित सडकखण्डमा कलैयाबाट बरियारपुर तर्फगईरहेको ज.१ज ७ नंं.को जिपले बिपरीत दिशाबाट आईरहेको मोटरसाइकलाई ठक्कर दिंदा मोटरसाइकल चालक बबुआईन-१ बस्ने आशा राउत सख्त घाइते भएका छन् । घाइतेको नाउक्षे अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने जिप चालकलाइ प्रहरीले पक्राउ गरेको छ। यसैगरी गए राति अरनिको राजमार्गको भंैसेपाटी-१ नजिकै बा.१ख ८३२७ नंं.को गाडीले पैदल यात्री भैंसेपाटी-६ बस्ने भिमसेन कुंवरलाई ठक्कर दिएको बिषयलाई आज बिहान ७ः३५ बजे बाट पनौतीबाट काठमाडौ चल्ने सवारी साधनलाई पीडित पक्षले अवरोध सिर्जना गरेका थिए। घाइतेलाई उचित उपचार गर्ने र्सतमा बिहान साढे १० बजे बाटो सुचारु गराइएको प्राप्त जानकारीमा उल्लेख छ।

दुइ ट्रक एकआपसमा ठोक्किदा...

मकवानपुर, ३१ साउन । दुइ ट्रक एकआपसमा ठोक्किदा एकजना घाइते भएका छन्। गए राति १०-३० बजे मनहरी-७ स्थित महेन्द्र राजमार्गमा हेटौंडाबाट नारायणगढ तर्फगईरहेको बा.१ख २३८० नंं.को ट्रक र विपरीत दिशाबाट आईरहेको ना.२ख २७३२ नं.को ट्रक एक आपसमा ठक्कर खादा ना.२ख २७३२ नंं.को ट्रकको यात्रु सोही ठाउं वडा नं.-३ बस्ने बर्ष २० को झलक मोक्तान घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ भने चालक फरार भएका छन्।

आगलागीमा लाखौंका क्षति

सर्लाही, ३१ साउन । लामखुटे धपाउन बालेको आगोबाट अचानक आगलागी हुंदा लाखौंको धनमाल जलेर नष्ट भएको छ। गए राति ११ बजे मुर्तीया गा.वि.स.-३ निवासी माथवर जंग पाण्डेको गोठमा आगलागी हुंदा धान २० मन, १ वटा गाई घाइते र २ तले गोठ पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। राति १ बजे सो आगलागी लिएको प्रहरीले जनाएको छ।

पञ्चेश्वर परियोजना अगाडि बढ्छ-ऊर्जामन्त्री डा.महत

काठमाडौं, साउन ३१ । ऊर्जामन्त्री डा.प्रकाशशरण महतले प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणमा पञ्चेश्वर सम्झौता अनुसार थाती रहेका समस्या समाधान गरी काम अगाडि बढाउने सहमति बन्ने बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै पञ्चेश्वर परियोजना निर्माणको काम अगाडि बढाउन राष्ट्रिय सहमति भइसकेकाले टुंगो लगाउन कसैले आपत्ती जनाउन नमिल्ने जिकिर गरेका हुन् । 'पञ्चेश्वर सम्झौता राष्ट्र हितमा छ,' ऊर्जामन्त्री महतले भने,' प्रधानमन्त्रीको भारत भ्रमणमा सम्झौता अनुसार काम अगाडि बढाउने टुंगो लाग्नेछ ।' माओवादीले आफू सरकारमा रहदा पञ्चेश्वर परियोजनालाई सकारात्मक रुपमा लिएको र सरकार बाहिर पुगेपछि राष्ट्रघाती भनेर दोहोरो चरित्र देखाएको बताए । राष्ट्रवादको मुकुण्डो ओढेर गरिबको नाममा नारा तयार गर्ने अभ्यास नगर्न माओवादीलाई चेतावनी दिए । रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा पञ्चेश्वर सम्झौताको विरुद्ध भारतभित्रबाट आवाज उठिरहेको उल्लेख गर्दै नेपालबाट पनि विरोध गर्नु पञ्चेश्वर विरोधी भारतीयको लहलहैमा लाग्नुसरह हुने बताए । भारतले विगतको

वीरगंज टुडेको बारेमा

मुकेश बस्नेत वीरगंज, वडा नं. १९ प्रतिमा चोक पर्सा, नारायणी, नेपाल विज्ञापनको लागि सर्म्पर्क नं. मोबाइल नं. ९७७-९८४५१२११५४ समाचार पठाउने स्थान mukeshbasnet@gmail.com सदस्यताको लागि सर्म्पर्क mukeshbasnet@gmail.com सहयोगी संस्थाहरु राष्ट्रिय दैनिक पत्रिका -वीरगंज), सीमाना साप्ताहिक, उत्थान साप्ताहिक नेपाल आम संचार मंच -फोमन) पर्सा, रिपोर्टस क्लब नेपाल पर्सा, क्रियाशील युवा पत्रकार मंच पर्सा सहयोगी व्यक्तिहरु- महेशचन्द्र गौतम, कुबेरचन्द्र गौतम, सुदर्शनराज पाण्डे, भद्रनाथ अधिकारी, उत्तम खडगी, प्रणय कुमार, फैजुल्लाह आलम, सुभाष साह, रामकुमार उपाध्याय, अजय यादव, दीपक सिंह ।

मुम्बइ हमलाको दोषीलाइ कारबाही गरेर छाडछु- अमेरिका

वासिंगटन, ३१ साउन । पछिल्लो वर्ष भारतको मुम्बइमा भएको आतंकवादी हमलाकारीलाइ सजाय दिनको लागि अमेरिकाले पूरा दबाब बनाएको छ । अमेरिकाको नयाँ राजदूत टिमोथी रोमरले भन्छन्- त्यो चाहे लश्कर ए तैयबा होस् या तालिबान अथवा अलकायदा सभै भारत र अमेरिकाको साझा दुश्मन हो। अमेरिकाले यिनीहरुविरुद्ध कारबाहीको लागि पाकिस्तानमाथि दबाब बनाएर राख्नेछ।-एजेन्सी

तराइमा महाविरी झन्डा मेला सुरु

वीरगंज, ३१ साउन । प्रत्येक वर्ष तराइमा लाग्ने महाविरी झन्डा मेला सुरु भएको छ। आज वीरगंज वडा नं. १८ लक्ष्मनवामा महाविरी झन्डा मेला लाग्दैछ। दिउँसोदेखि लाग्ने सो मेलामा तराइको संस्कृति झल्कने वस्तुहरु तथा मौलिकता देख्न पाइन्छ, मेलामा कुस्ती, नाँच, पिंङ, झुला, हाटबजार, रहने गरेको छ। मेलामा तातात्तो जुलेबी खान मन लागेछ भने घुम्न नबिर्सनुहोला। तराइको विभिन्न गाविसमा महाविरी झन्डा मेला फरक फरक समयमा हुने गर्दछ। जनै पुर्णिमापछि तराइमा मनाइने मेलामा स्थानीयवासीहरुको उल्लेख्य सहभागिता हुन्छ।

भीमसेन जात्रा सुरु

भक्तपुर, ३१ साउन । एघार साल आउन अव साढ् १६ महिना मात्र बाँकी छ। यसै सर्न्दर्भमा गन्तब्य नेपाल पत्रिकाले एक सभा गर्न लागेको छ। नेपाल पर्यटन बोर्डको हलमा सभा आज सनिवार साउन ३१ गते हुने भएको हो। पर्यटन क्षेत्रसंग सरोकार राख्नेहरुको सो सभामा सहभागिता रहने छ। पाटनमा आज भीमसेन जात्रा आज बिहान दश बजे बाट पाटनको बंगलामुखीबाट जात्रा सुरु हुने भएको छ।-ग्रीन समूह

पाटनमा मयुर जात्रा सम्पन्न

भक्तपुर, ३१ साउन। द्धापरयुगको भदौ कृष्ण अष्टमीमा जन्मेका भगवान श्री कृष्णलाई बिपतीमा परेकाहरुको देवता भनेर मानिन्छ। यी नै कृष्णको भक्तहरुको सहर पाटनमा उनलाई घरघरमा पुजा गर्ने गरिएको छ। "त्यसैले त यहाँ सितिमिति महामारी फैलदैन" पाटनका बृद्ध बिलबहादुर डंगोल बताउँछन्। भगवान श्री कृष्णको जन्माष्टमीको भोलिपल्ट पाटनमा भब्य मयुर जात्रा सम्पन्न भएको छ। पाटनमा रहेका कृष्ण मन्दिरहरुको परिक्रममा गरेर जात्रा मनाइएको थियो। जात्रामा भगवान कृष्णलाई मन पर्ने मयुरको प्वाँख बोकेर युवतीहरुले नगर घुमे। यी प्वाँखहरु कृष्ण मन्दिरमा चढाइएको थिए। यो जात्राका सहभागीहरुको लागि मात्र बर्षो एक दिन पाटन दरवार क्षेत्रमा रहेको सुन्दरी चोक र च्यासिङ मण्डप र्सबसाधारणको लागि खुल्ला गर्ने गरिएको छ। प्वाँख चढाउन नसकेकाहरुले भने भगवानलाई मन पर्ने दुध, दही, मखन र खीर आदि चढाए। जात्रामा युवायुवतीहरुको उल्लेख्य सहभागिता थियो। बाजा गाजा सहितको टोलीहरुले कृष्ण मन्दिरहरुमा गइ, बषर्ा ऋतुमा हुने महामारीबाट जोगाउन भगवानसंग भक्तजनहरुले पुकार गरे। "यो जात्रामा सहभागी भएमा झाडाबान्ता जस्ता समस्याहरु नहुने जनबिश्वास रह

ब्युउटिसियनको सहर बन्दै पाटन

पाटन, ३१ साउन । युवतीहरुमा ब्युटिसियन बन्नेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने धारणाको बिकास भएको छ। यहाँ खुलेका ब्युउटिपार्लरहरुले यही संकेत गर्दछ। पाटनमा करीब ५ सय वटा साना ठुला ब्युउटिपार्लर रहेका छन्। पाटनका महिलाहरु कामकाजी हुन थाले पछि आफ्नो कार्यस्थलसम्म पुग्न राम्री भएर जानु पर्ने मान्यताको कारण ब्युउटिसियन ब्यबसाय फस्टाएको छ। "नजिकै आएको तीज त हाम्रौ लागि दशैं नै हो" बिगत ५ बर्षेखि पाटनको चाकुपाटमा रीनाज ब्यउटिपार्लर चलाइरहेकी रीना महर्जनले भने। रीनाका अनुसार हिजोआज कामकाजी महिलाहरु बाहेक गृहणीहरु समेत आफ्ना बालबच्चाहरुलाई स्कुलमा लिन जान र पुराउन जानु पर्ने कारण बेलाबेलामा ब्युउटिपार्लरमा आएर फेसियल सेवा उपयोग गर्दछन्। ब्युउटिपार्लर खोलेर पुख्र्योली पेशालाई आधुनिकरण गरेकी छिन्। अहिले भने उनको पार्लरमा नंग मात्र काटिदैन, ग्राहकहरुको चाहना बमोजिम रंगरुप नै परिबर्तन गरिदिन्छन्। पाटनका हरेक टोलमा खुलेका ब्युउटिपार्लरका ब्युउटिसियनहरुलाई आधुनिक नारीहरुलाई श्रृङगार गर्न भ्याइनभ्याइ छ। डेटिङमा जान लागेका टिनएजरहरु पनि ब्युउटिपार्लहरुमा मेक अप गर्न आउने गरेका छन्। मेक अप गर्

अज्ञात समूहद्वारा काशीनाथमाथि गोली प्रहार

वीरगंज, ३१ साउन । अज्ञात समूहको गोली लागी एक व्यापारी घाइते भएका छन्। आज बिहान बाराको जीतपुरस्थित आफनै घरमा सुतिरहेका बरफ फयाक्ट्रीका संचालक काशीनाथ साहमाथि अज्ञात समूहले गोली प्रहार गरेका हुन्। मुख र बायां हातमा गोली लागेर गम्भीर घाइते भएका साहको वीरगंज नर्सिङ होममा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं पठाइएको तथा गोली प्रहार गर्ने व्यक्तिको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

भारत भ्रमणमा हतियार किन्ने तयारी हुदैछ-माओवादी

काठमाडौं, ३१ साउन। नेकपा-माओवादी)का स्थायी समिति सदस्य देव गुरुङले प्रधानमन्त्री माधवकुमार नेपालको यहि भाद्र २ गते हुने भारत भ्रमणका क्रममा हतियार खरिद गर्ने तयारी भईरहेको दावी गरेका छन्। रिपोर्र्टर्स क्लव नेपालद्वारा आज राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै माओवादी नेता गुरुङले प्रधानमन्त्रीले हतियार किन्ने सम्झौता गरेमा आफनो पार्टीले शसक्त आन्दोलन गर्ने बताए। 'प्रधानमन्त्री हतियार किन्न भारत जान लागेका हुन्। हामीसँग त्यसको सूचना छ। त्यस्तो भएमा हमीलाई स्वीकार्य हुनेछैन। हामी आन्दोलनमा जन्छौं।', गुरुङले भने। रिपोर्र्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्मा सम्पन्न साक्षात्कार कार्यक्रममा बर्तमान सरकारलाई कुनै पनि सन्धी सम्झौता गर्ने अधिकार नभएको दावी गर्दै नेता गुरुङले भने, 'प्रधानमन्त्रीले यसपटक कुनै पनि सन्धी सम्झौता गर्नुुहुन्न। भारतसँग व्यापार सम्झौता पनि हुनु हुदैन। यसैगरी प्रधानमन्त्रीले जलविद्युतमा पनि हात हाल्नु हुदैन। यदि त्यस्तो सन्धी सम्झौता भएमा ठूलो दर्ुघटान हुन्छ।' महाकाली सन्धी असमान र राष्ट्रघाती सन्धी भएको र त्यो सन्ध