Skip to main content

Posts

Showing posts from August 13, 2009

आध्यात्मिक महत्वलाई बुझौं- सूचना तथा संचारमन्त्री

वीरगंज, २९ साउन । सूचना तथा संचार मन्त्री शंकर पोखरेलले शान्ति, सुख आमा भएको हुंदा आध्यात्मिक महत्वलाई बुझ्नुपर्ने बताएका छन्। आज ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजको झांकी तथा प्रवचन कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पोखरेलले सो कुरा बताएका हुन्। कार्यक्रममा कृष्णाष्टमीको अवसरमा विभिन्न झांकी प्रदर्शन गरिएको थियो । कार्यक्रममा सभासद, नागरिक समाज, पार्टी प्रतिनिधि लगायतको उपस्थिति थियो।

सडक दुर्घटनामा दुइजना घाइते

मकवानपुर, २९ साउन । मकवानपुरको दुइ स्थानमा सडक दुर्घटना हुंदा दुइजना घाइते भएका छन्। गए राति पौने १० बजे खहरेमा ना.१च ८६४५ नंंको भेनले बा.१०प ४७४८ नं.को मोटरसाइकललाई ठक्कर दिएपछि हटीया-८ बस्ने लक्ष्मण गुरुङ घाइते भएका छन्। घटनापछि दुवै चालक सवारी साधन छाडेर फरार भएका छन्। यसैगरी गए राति सवा १० बजे थानाभर्‍याङ नजिकै ना.१प ७३८९ नं.को मोटरसाइकलको ठक्करबाट पैदल यात्री बारा रतनपुर-८ बस्ने रमेश घिमिरे घाइते भएका छन्। दुवै घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको छ।

वर्षा, पहिरो र चटयाङबाट क्षति

वीरगंज, २९ साउन । अबिरल वर्षासंगै पहिरो र चटयाङमा परेर सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा धनजनको क्षति भएको छ। प्राप्त जानकारी अनुसार बुधवार सांझ सिन्धुपाल्चोकको अतरपुर-९ निवासी ३६ वर्षीया शान्ता के.सी.लाइ चटयाङ लागेपछि गम्भीर घाइते भएकी छन्, उनको खाडीचौर अस्पतालमा उपचार भइरहेको छ। यसैगरी नुवाकोट, मदनपुर-१ बस्ने कृष्ण बहादुर नेपालीको घर गोठमा पहिरो खसेपछि १ गोरु, १ गाइ २ वटा वाच्छाको बगाएर मृत्यु भएको छ भने रसुवाको ठूलोगाउंमा बाढी पसेपछि मइत गुरुङ, वीचबहादुर गुरुङको बारी र पुलहरु बगाएको प्रहरीले जनाएको छ।

१०८ कुमारी तथा स्त्रीहरुको कलश यात्रा

वीरगंज, २९ साउन । कृष्ण जन्माष्टमीको अवसरमा श्रीमदभागवत कथामृत ज्ञान महायज्ञको यही साउन ३० गते गीता मन्दिर प्रांगणमा बिहान ८ बजेदेखि हुने भएको छ। आज बिहान ९ बजे गीता मन्दिरबाट निस्किएको १०८ कुमारी कन्या एवं शौभाग्यवती स्त्रीहरुको कलश यात्राले घडीअर्वा पोखरीमा पुगेर जल भरेर नगर परिक्रमा गरेको थियो।

भुटानी शरणार्थीद्वारा स्थायी कार्य दल/आयोग गठन गर्न आग्रह

काठमाडौं, २९ साउन । भुटनीज मुभमेन्ट स्टेरिङ कमिटीले आज प्रधानमन्त्रीलाइ तीन बुंदे मांगसहितको ज्ञापनपत्र बुझाएको छ। आज बिहान स्टेरिङका सभापति टेकनाथ रिजाल र भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले प्रधानमन्त्री माधवकुमार नेपाललाई उनकै निवास वालुवाटारमा भेटेर ज्ञापनपत्र दिएका हुन्। ज्ञापनपत्रमा शरणार्थीलाइ पहिलो स्वदेश फिर्ती, दोस्रोमा शरणभूमिमा समायोजन र अन्त्यमा तेस्रो मुलुक पुनर्वासको ढोका खोलिनु पर्ने लगायत उल्लेख छ। ज्ञापनपत्रमा नेपालमा सरकारको फेरबदल संगसंगै भूटानी शरणार्थी समस्यामा पनि अन्योलमा परेको हुंदा स्थायी कार्य दल/आयोग गठन गर्न आग्रह गरिएको छ।

तीन दिनभित्र क्षतिपुर्ति दिने सहमतिपछि सडक सुचारु

वीरगंज, २९ साउन । सडक दुर्घटनामा मृत्यु भएका सहचालकका परिवारले अवरुद्ध गरेको पूर्व पश्चिम महेन्द्र राजमार्गको पथलैया सडकखण्ड सुचारु भएको छ। आज बिहान सर्वपक्षीय छलफलमा तीन दिनभित्र उचित क्षतिपुर्ति दिने सहमति भएपछि पीडितका परिवार तथा यातायात मजदूरले आन्दोलन फिर्ता लिएका हुन्। गत साउन २८ गते कविलास-५ घुमाउने भन्ने स्थानमा ना.३ख ४१२७ नंंको ट्रकबाट खसेर सोही ट्रकको सहचालक पिपरा सिमरा-९ निवासी करिब २६ वर्षीय रन्जु लामाको मृत्यु भएको थियो। मृतकका परिवारले रु ३ लाख क्षतिपुर्तिको मांग गर्दै ट्रकमा शव राखेर बिहानैदेखि प्रदर्शनमा उत्रिएका थिए।

जग्गा सम्बन्धी विवादका कुटाकुट

वीरगंज, २९ साउन । जग्गासम्बन्धी दुइ समूहबीच कुटाकुट हुंदा तीनजना घाइते भएका छन्। गए राति ८ बजे बाराको, बन्जरिया-५ निवासी विद्यानन्द साह कानु र प्रभु महत्तोवीच विवाद भइ कुटाकुट हुंदा विद्यानन्दकी पत्नी सीता देवी, उमेश साह र रामदेव महत्तो घाइते भएका हुन्। घाइतेको ना.उ.क्षे.अस्पताल वीरगंजमा उपचार भइरहेको छ।

हतियारसहित भण्डारी पक्राउ

सर्लाही, २९ साउन । हतियारसहित प्रहरीले एकजनालाइ पक्राउ गरेको छ। गए राति ९ बजे सुदामा-७ बस्ने मनोज भण्डारीलाइ १२ बोरको कटुवा पेस्तोल १ थान, सोको मिस राउण्ड गोली र खाली खोकासहित प्रहरीले पक्राउ गरेको हो। प्रहरी कार्यालयमा आएका भण्डारीलाई शंका लागी प्रहरीले चेकजांच गर्ने क्रममा हतियार फेला परेको तथा भण्डारीलाई हिरासतमा लिइ अन्य अनुसन्धान कार्य भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

यातायात व्यवसायीद्वारा आन्दोलनको चेतावनी

काठमाडौं, साउन २९ । यातायात व्यवसायीले आन्दोलनको चेतावनी दिएका छन् । सवारी दर्ुघटना र क्षतिपर्ूर्ति सम्बन्धमा सरकारको नीति स्पष्ट नभएको भन्दै नौं सूत्रीय माग अगाडि सारेर आन्दोलनको चेतावनी दिएको हो । नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघका अध्यक्ष विष्णु शिवाकोटीले भाद्र १ गतेबाट लागू गर्ने भनिएको विमा सम्बन्धि व्यवस्थामा स्पष्ट नीति बनाउन माग गरे । दर्ुघटनामा तेस्रो पक्षको मृत्यु भएमा बिमा वापत् पांच लाख रुपियां विमा कम्पनिहरुबाट उपलब्ध गराइने भनिएपनि प्रिमियम रकम स्पष्ट नभएको, गाडी भित्र रहेका यात्रु र मजदुरको हकमा के हुने भन्ने स्पष्ट नभएको बताए । महासंघका सचिव बयानबहादुर कार्कीले साउन मसान्तभित्रै वार्ताबाट समस्या समाधान गर्न माग गरे । समस्या समाधानका लागि सरकार गम्भीर नभए कडा कदम चाल्न वाध्य हुने बताए ।

वीरगंजमा जात्रा तथा मेला

वीरगंज, २९ साउन । यही आउने शनिवार वीरगंजमा भिमसेन जात्रा सम्पन्न गर्न विभिन्न तयारी भएको छ भने सो अवधिमा पसलेले मदिरा बेचबिखन गर्न नपाउने भएको छ। जात्रा शान्तिपूर्ण सम्पन्न गर्न सुरक्षा निकायले यथोचित व्यवस्था गर्ने भएको छ। प्रत्येक वर्षमनाइने सो जात्रामा कुटपिट, होहल्ला हुने गरेपछि अप्रिय घटना घट्न नदिन सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गर्ने पर्सा प्रहरीले जनाएको छ। यसैगरी शुक्रवार वीरगंज-१८ लक्ष्मणवा गाउंमा महावीर झन्डा मेला लाग्ने भएको छ।

गण्डक सडकखण्डमा १२ घण्टा चक्काजाम

वीरगंज, २९ साउन । बन्द रहेको वीरगंज चिनी कारखाना तथा कृषि औजार कारखानाका कामदार कर्मचारीले आज वीरगंजको गण्डकमा १२ घण्टा चक्काजाम गर्ने भएका छन्। आज बिहान ७ बजेदेखि गण्डक चोकमा टेण्ड गाडेर बसेका संयुक्त संघर्ष समितिमा आबद्ध मजदूर, कर्मचारीले राति ७ बजेसम्म चक्काजाम गर्ने संयोजक लालबहादुर पटेलले बताए। विभिन्न ९ सूत्रीय मांग राख्दै आन्दोलनमा उत्रिएका मजदूर, कर्मचारीले विगत केही दिनदेखि चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन्।

श्रीकृष्ण जन्माष्टमीको उपलक्ष्यमा विभिन्न कार्यक्रम

वीरगंज, २९ साउन । श्रीकृष्णको ५२३६ औं जन्माष्टमीको उपलक्ष्यमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजले चैतन्य झा“की तथा प्रवचन कार्यक्रम भव्यरूपमा मनाउने भएको छ। ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगंजकी संचालिका रविणा दिदीको सभापतित्वमा हुने सो कार्यक्रमको उद्घाटन सूचना तथा संचारमन्त्री शंकर पोखरेलले गर्नुहुने बताइएको छ। कार्यक्रममा राजनीतिक दल, पार्टी प्रतिनिधि, उद्योगी व्यापारी लगायतको उपस्थिति रहने ब्रह्माकुमार गोवर्द्धन चौधरीले बताउनुभएको छ।