Skip to main content

Posts

Showing posts from December 7, 2009

हतियारधारीको गोली लागि अपराधीको नै मृत्यु

वीरगंज, २२ मंसिर । हतियारधारी समूहले वीरगंजका एक व्यापारीलाई गोली चलाउने क्रममा व्यापारीले छलेपछि उल्टै एक अपराधीको गोली लागि मृत्यु भएको छ। आज सांझ ६ बजे वीरगंज ४ स्थित कार्यालयमा बसेका सदन तुलस्यानलाई चार जना हतियारधारीले गोली चलाउने क्रममा तुलस्यान छलेपछि अपराधीलाई गोली लागेको हो। मृतकको नाम, ठेगाना खुल्न सकेको छैन भने घटनास्थलबाट प्रहरीले एक थान कटुवा पेस्तोल र सोमा लाग्ने एक थान गोली बरामद गरेको छ। गोली हान्ने तीनजना फरार भएका छन्।

संचारमन्त्री र प्रेस काउन्सिलका अध्यक्षको पुतला दहन

वीरगंज, २२ मंसिर । पुन वर्गीकरणको मांग गर्दै पत्रकार संघर्ष समिति पर्साले संचारमन्त्री र प्रेस काउन्सिल नेपालका अध्यक्षको पुतला दहन गरेको छ। आज वीरगंजको घण्टाघरमा वीरगंजका स्थानीय संचारकर्मीले पुतला दहन गरेका हुन्। प्रेस काउन्सिल नेपालले आ.व. २०६४/६५ को पत्रिकाको वितरण सुपरिवेक्ष्ँणमा पूर्वाग्रही निर्णय गरेपछि पुनः वर्गीकरणको मांग गर्दै द्वयको पुतला दहन गरेका हुन्।

शान्तिपूर्ण आन्दोलनमाथि अस्पताल व्यवस्थापनपक्षद्वारा दमन गर्ने प्रयास

वीरगंज, २२ मंसिर । नेशनल मेडिकल कलेज वीरगंजमा आबद्ध अखिल नेपाल स्वास्थ्यकर्मी श्रमिक संघले निकालेको शान्तिपूर्ण आन्दोलनमाथि अस्पताल व्यवस्थापन पक्ष्ँले दमन गर्ने प्रयास गरेपछि प्रहरीको सक्रियतामा ठूलो झडप हुन पाएन। विभिन्न मांग राख्दै करिब चार महिनादेखि आन्दोलन गर्दै आउने क्रममा आज दिउंसो शान्तिपर्ूण्ा र्‍याली निकालेर नगर परिक्रमापछि अस्पतालको मूलगेटमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल टे्रड युनियन महासंघका केन्द्रीय उपमहासचिव राजन तिमिल्सनाले आगामी २४ गतेसम्ममा अस्पताल व्यवस्थापन पक्षले निष्काशित मजदूरहरुको पुनरबहाली र कर्मचारीहरुको जायज मांगलाई पूरा नगरे तेश्रो चरणको आन्दोलनको घोषणा गर्ने बताए। कोणसभाको क्रममा अस्पताल व्यवस्थापन पक्षले अस्पतालको गेट अगाडि लाठी, भाला, फार्सा, फाटासहित गुण्डाहरु तैनाथ गराएका थिए। गुण्डाहरुले कोणसभालाई विथोल्ने प्रयास गरेका थिए तर आन्दोलनरत मजदूर, कर्मचारीहरुले संयमता अपनाएको कारण ठूलो झडप हुन पाएन।

निशुल्क स्वास्थ्य शिविरको उद्घाटन

वीरगंज, २२ मंसिर । निशुल्क स्वास्थ्य शिविरको उद्घाटन श्री १००८ स्वामी श्री कालीदास बाबाले गरेका छन्। आज वीरगंजमा रौनियार बदर्स वेलफेयर ट्रष्टले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगको निशुल्क उपचारको साथै निशुल्क औषधि समेत वितरण गरिएको थियो। कार्यक्रममा भारतका महावाणिज्य दूतावास एसटि मेहता, नेशनल मेडिकल कलेजका प्रेसिडेन्ट डा. जैनुद्दिन अन्सारीलगायतको उपस्थिति थियो।

वीरगंज भन्सारमा दुइ घण्टा धर्ना

वीरगंज, २२ मंसिर । संयुक्त राष्ट्रिय जनान्दोलन नेपालको तेश्रो चरणको संघर्षको कार्यक्रम अर्न्तर्गत आज वीरगंज भन्सारमा दुइ घण्टा धर्ना दिएका छन्। आज बिहान १० बजेदेखि १२ बजेसम्म एकिकृत नेकपा माओवादीसंग आबद्ध राष्ट्रिय उद्योग व्यापार महासंघ पर्साले धर्ना दिएपछि वीरगंज भन्सारको सम्पूर्ण काम ठप्प भएको थियो। प्रमानन्द प्रसाद चौरसियाको नेतृत्वमा भएको धर्नाका कारण दुइ घण्टासम्म वीरगंज भन्सार राजस्व उठन नसक्दा लाखौंको घाटा भएको हो। धर्नाकारीले भन्सार कार्यालयमा कठपुतली सरकारलाई कर नतिर्न नाराबाजी समेत गरेका थिए। यसैगरी आजै शिक्षकहरुको तर्फाट देशव्यापी शिक्ष्ँण संस्था बन्द गरेको छ।

पर्सामा लहलहाउंदो गांजा र प्रहरी

वीरगंज, २२ मंसिर। हिजोआज ८२ गाउं विकास समिति रहेको पर्सा जिल्लामा लगभग सबैजसो गाविसका कृषकहरुले नगदेबाली गांजा धेरेथोर लगाएका छन्। एक महिनापछि गांजा खेती तयार हुन्छ। गांजा खेतीलाई अवैध मानिएको छ। नेपाल सरकारको कानूनले प्रतिबन्ध लगाएको छ। कानून कार्यान्वयन गर्ने निकाय सशस्त्र प्रहरी, जनपथ प्रहरीको विभिन्न गाउंमा रहेको प्रहरी पोष्टले अवैध र प्रतिबन्धित गांजा खेती नष्ट गर्नुलाई आफनो कर्तव्य नठानेर गांजा खेती संरक्षणमा सहयोग पुर्‍याउने हिसाबले गांजा खेती गर्ने कृषकहरुबाट प्रति कठ्ठा रु. २०० देखि ५०० सम्म नगद नारायण उठाइरहेको यथेष्ट प्रमाण फेला परेको छ। पर्सा जिल्लामा लगाइएको गांजा खेतीबाट केही पत्रकार र राजनीतिक दलका नेताहरुले पनि फायदा लिएको चर्चामा छ। पर्सा जिल्लामा गांजा राजनीति कायम छ। गांजा नष्ट गर्नु पर्दछ भन्नेहरु थोरै छन्, जसलाई गांजा खेतीबाट कुनै लाभ र सरोकार छैन। गांजा खेती संरक्षण हुनु पर्दछ भन्नेहरु धेरै छन्। जसलाई गांजा खेतीबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा फाइदा छ। यतिखेर पर्सा जिल्लामा ५ हजार विघामा गांजा खेती अनुमान गरिएको छ। नेपालमा उत्पादित गांजाहरुको प्रमुख बजार भारत हो। भ

भारतीय नम्बरका सवारीसाधन बारामा छ्याप्छ्याप्ती

-अजय यादव, बारा, २२ मंसिर। भारतीय नम्बर प्लेटका सवारीसाधनहरु बारामा छ्याप्छ्याप्ती भइरहेको छ। बारा जिल्लाको अधिकांश गाविसमा भारतीय नम्बर प्लेटका मोटरसाइकल, जीप, मार्सल लगायत अन्य गाडीहरु निर्धक्क गुडिरहेको देखेर पनि स्थानीय प्रशासन मौन छ। जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराको लापरवाहीका कारण भारतीय नम्बरका गाडीहरु भन्सार शुल्क समेत नतिरेर निर्धक्क गुडिरहेका छन्। छिमेकी देश भारतको नजिकमा रहेका आफन्तहरुको नाममा दर्ता रहेको सो भारतीय गाडीहरु नेपालमा भित्र्याएर निर्धक्क गुडाइरहेका छन्। बाराको हर्दिया, ओरैया, कबही, सतगंज, मटिअर्वा, स्रि्रौनगढ, मझरिया, बसतपुर लगायतका गाउंहरुमा भारतीय नम्बरका गाडीहरु प्रशस्त देख्न पाइन्छ।

बहराइनमा तामाङहरु एकजुट भए

-सन्तोष दाहाल, बहराइन, २२ मंसिर। बहराइनको मानमा स्थित बबुल बहराइनको चोकमा बहराइनमा कार्यरत तामाङहरुले २९ नोभेम्बरका दिन एक भेलाको आयोजना गरी तामाङ घेदुङ बहराइन संघको स्थापना गरेका छन्। जसको उद्देश्य सम्पर्ूण्ा नेपालका तामाङहरु र नेपालबाट बहराइन आई बिभिन्न पेशा र व्यवसाय गरीरहेका तामाङहरुलाई एक आपसमा परस्पर सहयोगको भावना अभिवृद्धी एवं संगठित गर्ने कार्यक्रमहरु गराउने, नेपालका तामाङहरुको संस्कृतीको संरक्षण एवं सर्म्वर्द्धन गर्ने, नेपालका तामाङहरुको शैक्षिक, वौद्धिक, स्वास्थ्य, सुरक्षा, खेलकुद, आर्थिक, साँस्कृतिक तथा सामाजिक विकासको लागि आवस्यक कार्यहरु गर्ने, राष्ट्र विकासमा तामाङहरुको सहभागिता प्रोत्साहित गर्ने खालका कार्यक्रम गर्ने, तामाङ समुदायको सीप, ज्ञान र व्यक्तित्व जस्ता आत्मसम्मान बढाउने कार्यक्रमहरु गर्ने, तामाङ समुदायको साँस्कृतिक चार्डपर्वलाई बिर्सन नदिई साँस्कृतिक सम्पदाहरुको संरक्षण, सम्बर्द्धन गर्दै समय अनुसार वैज्ञानिक रुपमा विकास गर्न गराउने, तामाङ भाषा, साहित्य, लिपी, कला, धर्म, इतिहास आदि बिषयहरुमा अध्यन अनुसन्धान एवं पत्र पत्रिका, पुस्तक प्रकाशन गर्नुका साथै र्सार्वजन