Skip to main content

Posts

Showing posts from November 26, 2009

सिडिओलाइ हातपात गर्ने राज्यमन्त्री करिमा बेगमलाई माफ गर्नुपर्ने उपप्रधानमन्त्रीको भनाइ

वीरगंज, ११ मंसिर । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई हातपात गर्ने कृषि तथा सहकारी राज्य मन्त्री करिमा बेगमलाई माफ गर्नुपर्ने बताएका छन्। आज गढीमाइ मन्दिरमा संचारकर्मीहरुमाझ उनले राज्यमन्त्रीले आवेशमा आएर उक्त कार्य गरेको र उनी स्वयमले पनि दुस्ख महसुस गरेकाले यसलाई ुइस्युु बनाइरहन नहुने उनको भनाइ थियो। र उनलाई माफी गर्दिनु ठीक हुनेछ। राज्यमन्त्री बेगमले कात्तिक २४ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि थोत्रो गाडी उपलब्ध गराएको बहानामा कार्यालयभित्रै हातपात गरेकी थिइन्।

लेखा समितिले जहाज खरिदमा अवरोध पुर्‍याउनुहुँदैन ः पर्यटन व्यवसायी

जहाज खरिद प्रक्रिया रोक्दैनौं ः लेखा समिति काठमाडौं, १ १ मंसिर । नेपाल वायुसेवा निगम -एनएसी) को जहाज खरिदको पक्ष र विपक्षमा मुलुक बाँडिए पनि सरोकारवालाहरुले जहाज प्रक्रियालाई लेखा समितिले अवरोध गर्न नहुने र खरिद प्रक्रिया रोकिएमा सिंगो पर्यटन व्यवसाय नै धराशायी हुने बताएका छन् । बिहीबार रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा एनएसी व्यवस्थापन, लेखा समितिका सदस्यहरु र पर्यटन व्यवसायीले आफूहरु जहाज खरिद प्रक्रिया खुला गरिदिनुपर्ने र प्रक्रियामा पारदर्शीत्ाा खोज्नु स्वाभाविकै भएको औंल्याए । कार्यक्रममा र्सार्वजनिक लेखा समितिका सभापति रामकृष्ण यादवले संसदको र्सार्वजनिक लेखा समिति जहाज खरिदको विरोधी नभएको खालि त्यसको खरिद प्रक्रियामा छलफल मात्र चलाएको बताए । उनले भने-लेखा समितिले उठाएका प्रश्नहरुको सम्बन्धमा जानकारी नदिई किन एनएसीले ७, ५०, ००० अमेरिकी डलर कमिटमेन्ट चार्ज पठायो - कात्तिक १९ गते नेपालमा सम्झौता गर्ने र अरब मुलुकमा गएर किन र्सार्वजनिक गरियो भन्ने प्रश्न उठेकाले मात्र बोलाएका हौं । भोलिको बैठकमा निगमबाट सबै कागजात आए जहाज खरिद प्रक्रिया खुला गर्न तयार रहेको उनले बत

उपप्रधानमन्त्रीलाई ज्ञापनपत्र

कलैया, ११ मङ्सिर/ उपप्रधानमन्त्री विजयकुमार गच्छदार र पर्यटनमन्त्री सरतसिंह भण्डारीले आज बारा जिल्लामा गढीमाईको पुजाअर्चना गर्नुभयो ।सो अवसरमा गढीमाई मन्दिर विकास समितिका अध्यक्ष रामचन्द्र साहले मन्त्रीहरुलाई मेला समिति र विकास समितिबीच भएको सम्झौतालाई स्थानीय प्रशासनले कार्यान्वयन नगराएकोमा विरोध ज्ञापनपत्र दिनुभएको थियो । गढीमाई मन्दिरका पुजारी मङ्गल चौधरीले उपप्रधानमन्त्रीलाई फूलप्रसाद प्रदान गर्नुभएको थियो ।

दलितहरुले बलिदान चढेका रांगाको मासु लैजान नदिने

वीरगंज, ११ मंसिर । गढीमाईमा चढाइएको राँगाबलिको मासु बिक्री गर्न ठेक्का दिइएपछि बाराका दलितले खोसेका छन् । मासु लैजान १७ वटा ट्रक कन्टेनर मेलास्थलमा पुर्‍याइएपछि दलितले ट्रक र राँगाको मासु नियन्त्रणमा लिएका हुन् । परापूर्वकालदेखि नै मन्दिरमा बलि दिइएका राँगा प्रसादीका रूपमा आफूहरूले भोग गर्दै आएको बताउँदै मंगलबार रातिदेखि नै सयौँं दलित उपस्थित भई मासु उठाउन दिएनन् । दलितले मासु उठाउन अवरोध गरेपछि ठेकेदार त्यसै फर्किएका थिए । यसअघि दलितका विभिन्न संघसंस्थाले बलि चढाइएका राँगाको मासु (सिनो) आफूहरूले नखाने भनेपछि गढीमाई मेला व्यवस्थापन समितिले ५१ लाख रुपैयाँमा मासुको ठेक्का लगाएको थियो । सत्रवटा ट्रक कन्टेनर मासु ढुवानीका लागि बलिस्थलमा पुगे पनि दलितको व्यापक उपस्थिति र विरोधका कारण मासु लान नसकेको ठेकेदारका प्रतिनिधि नरेन्द्र साहले बताए । बलि चढाइएका राँगाको छाला झिकी मासुलाई तयारी बनाउन रातारात ठेकेदारले सात सयजना कामदार परिचालन गरेको थियो । मासु तयार गर्न लाग्दा एक्कासि मंगलबार राति सयौँका संख्यामा आएका दलितले मासु लान नदिने अडान लिई ढुवानीका साधन र ठेकेदारका कर्मचारीमाथि आ

उपप्रधानमन्त्री विजय गच्छेदारमाथि चप्पल प्रहार

वीरगंज, ११ मंसिर । बाराको गढीमाइ मेलामा दर्शन गर्न पुगेका उपप्रधानमन्त्री विजय चप्पल प्रहार भएको छ। आज बिहान हेलिकप्टरबाट मेला स्थल पुगेका उपप्रधानमन्त्री गच्छदारलाइ लक्षित गरी चप्पल प्रहार भएपछि मेलास्थल तनावग्रस्त भएको थियो। एमाओवादीका कार्यकर्ताहरूले हेलिकप्टरबाट गढीमाईको दर्शन गर्न त्यहाँ पुगेका उपप्रधानमन्त्री गच्छदारसहित पर्यटनमन्त्री शरदसिंह भण्डारी, भौतिक योजना तथा निर्माण सहायकमन्त्री कलावती पासवान, संसदीय विकास समिति संयोजक जितेन्द्र सोनल, सभासद गोविन्द चौधरी लगायतलाई कालो झण्डा देखाउने क्रममा एक नाम नखुलेका माओवादी कार्यकर्ताले उपप्रधानमन्त्री गच्छदारलाई चप्पल हाने हुन्। चप्पलले सोझै नलागेपनि उपप्रधानमन्त्री गच्छेदारको छेउमा खसेको थियो। माओवादी कार्यकर्ताले चप्पल प्रहार गरेपछि प्रहरीले लाठी प्रहार गर्न सुरू गरेको थियो। लाठी प्रहारका कारण विहान १० बजेदेखि ११ बजेसम्म मेलास्थल तनावग्रष्त बनेको थियो। प्रहरीको लाठी प्रहारबाट दुई दर्जनभन्दा बढी माओवादी र केही श्रद्धालुहरू घाइते भएका छन्। घाइतेहरूको मेलामा सञ्चालित शिविरमा उपचार भैरहेको चिकित्सक डा. अख्तर रेजाले बताएका छन्। डा. रे
वीरगंज, १ १ मंसिर । कृषि तथा सहकारीराज्य मन्त्री करिमा बेगमलाई कारबाहीको मांग गर्दै बारा र पर्साको सम्पूर्ण सरकारी कार्यालय बन्द भएको छ। तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई हातपात गर्ने कृषि तथा सहकारी राज्यमन्त्री करीमा बेगमलाई सरकारले कारबाही नगरेको बिरोधमा आक्रोशित कर्मचारीहरूले आजदेखि बारा र पर्साका सम्पूर्ण सरकारी कार्यालयहरू अनिश्चितकालका लागि बन्द गराएका छन्। बन्दका कारण आज दुइ जिल्लाका सरकारी कार्यालयको कामकाज ठप्प भएको छ भने वीरगञ्ज भन्सार कार्यालय बिहानैदेखि बन्द भएपछि वीरगञ्ज नाका हुंदै गरिने आयात निर्यातसमेत प्रभावित भएको बताइएको छ। र् कर्मचारीहरूले राज्यमन्त्री बेगमलाई कारबाहीको मागगर्दै गत सोमबारदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेका थिए। राज्यमन्त्री बेगम विमानस्थलमा हुँदा आफ्नो सवारीको लागि पुराने गाडी पठाएकोभन्दै प्रजिअलाई कार्यालयभित्र प्रवेश गरी चार थप्पड गालामा लगाएकी थिइन्।

असइ पराजुलीद्वारा महिनाबारी लिएर खादतस्करलाई तस्करी गर्न छुट

वीरगंज, ११ मंसिर । पर्साको परवानीपुर, हनुमान मन्दिरमा खटिएका असइ मेघराज पराजुलीले खाद मल तस्करसंग महिनाबारी असूल गरी अवैध रासायनिक मल छाड्ने गरेको समाचार प्राप्त भएको छ। वीरगंजको तेजारथ टोल निवासी मनोज पंडित लगायत परवानीपुरमा रहेका करिब एक दर्जन मल तस्कर तथा वीरगंजका मल तस्करहरूले दिनहुं ठूलो परिमाणमा मल, खाद हेटौडा, नारायणघाट लगायतको स्थानमा पुर्‍याउने गरेका छन्। असइ पराजुलीले प्रत्येक खाद तस्करसंग रू एक हजार महिनावारी लिएर जतिसुकै पनि मल खादको तस्कर गर्न छुट दिएका छन् । दुइ-चार बोरा मलको तस्करी गर्नेहरूसंग प्रति बोराका दरले पैसा नउठाइ महिनाबारी लिएर मात्र छाड्ने गरेको बताइएको छ। महिनाबारी नदिनेको खाद-मल समाउने गरेका असइ पराजुलीले महिनाबारी दिने मलतस्करहरूको माल छाडने गरेको प्राप्त जानकारीमा उल्लेख छ। सो विषयमा बुझ्न असइ पराजुलीको मोबाइल नं. ९८४२०२६२९९ मा सर्म्पर्क गर्न खोज्दा सर्म्पर्क हुन सकेन । यस्ता भ्रष्ट प्रहरी अर्सइलाई जिल्ला प्रहरी कार्यालय पर्साका उच्च प्रहरी अधिकृतले संरक्षण दिएको कारण नै अर्सइ पराजुली हालसम्म कारबाहीबाट जोगिएको तथा खुला रुपमा भ्रष्टाचार गर्न पाएको स्रोतक