Skip to main content

Posts

Showing posts from December 5, 2009

मिस्टर ह्याण्डसम वीरगंजमा हुने

वीरगंज, २० मंसिर । मिस्टर हयान्डसम प्रतियोगिता वीरगंजमा हुने भएको छ। आज नारायणी एफएममा आयोजित एक पत्रकार सम्मेलनमा एफएमका कार्यकारी निर्देशक गोविन्द देवकोटा र काठमाडौंस्थित संजिवनी मिडिया र्सर्भिसेजसंगको सहकार्यमा मिस्टर ह्यान्डसम कार्यक्रम हुने भएको हो। एसएलसी पास गरेका ३० वर्षसम्म उमेर पुगेका युवाहरुले प्रतियोगितामा भाग लिन पाउने छन। प्रारम्भिक चरणमा उनीहरुको विभिन्न प्रस्तुतीको आधारमा छनोट गरिनेछ। प्रतियोगीतामा प्रथम हुनेलाइ नगद पांच लाख, दोश्रो हुनेलाई नगद रु २ लाख र तेश्रो हुनेलाई नगद रु १ लाख दिइनेछ। यो पुरस्कारको व्यवस्था मुख्य आयोजक संजीवनी मिडिया र्सर्भिसेजले गरेको छ। नारायणी उफएमले आयोजना गरेको मिस्टर ह्यान्डसमको उपाधि जित्ने पहिलो, दोश्रो र तेश्रोलाई आकर्षक उपहार प्रदान गरिनेछ। माघ १ गते पहिलो राउन्डको कार्यक्रम हुने भएकोले वीरगंज, कलैया, सिमरा, निजगढ, चन्द्रनिगाहपुर, गौर, हेटौडा लगायतका स्थानमा पुगेर यसका बारेमा नारायणी एफएमको टोलीले युवाहरुसंग भेटघाट गरी अन्तिम छनोट भने फागुन १ गते हुने कुरा प्रेस विज्ञप्तिमा उल्लेख छ।

माओवादीको नेपाल बन्द असफल हुन्छ - मन्त्री रिजाल

काठमाडौँ, २० मंशीर। संस्कृति, संविधानसभा तथा संघीय मामिला मन्त्री डा मीनेन्द्र रिजालले सरकारी बन अतिक्रमण गर्ने जो सुकैमाथि कडा कारबाही हुने दृढता व्यक्त गर्दै माओवादीको घोषित नेपाल बन्द आइतबार पूर्णरुपमा असफल हुने दाबी गरेका छन्। रिपोर्र्टर्स क्लब नेपालद्धारा शनीवार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रिजालले अहिलेकै राजनीतिक परिस्थिति यथावत रहेमा १४ जेठ, २०६७मा संविधान बन्न नसक्ने समेत बताएका छन्। माओवादीले सुकुम्बासीहरु प्रयोग गरेर बन कब्जा गर्न थालेको आरोप लगाउँदै मन्त्री रिजालले भने, 'सरकारी बन अतिक्रमण गर्न कुनै पनि हालतमा हामी दिने छैनौँ।' बन अतिक्रमण हुन नदिन सरकार प्रतिबद्ध रहेको समेत उनले स्पष्ट पारेका छन्। पार्टर्ीीनकट सुकुम्बासीहरुको मृत्युको विरोधमा आइतबार नेपाल बन्द गर्ने घोषणा माओवादीले र्सार्वजनीक गरेलगत्तै सरकारका प्रभावशाली मन्त्री डा रिजालले बन्द असफल हुने दाबी गरेका हुन्।

आदिवासी बिद्यार्थी आन्दोलनमा

काठमाण्डौ, २० मंसिर। नेपाल आदिवासी जनजाति बिद्यार्थी महासंघले त्रिभुवन बिश्व विद्यालयको शुल्क बृद्धि गर्ने निर्णयको बिरोध गर्दै आन्दोलनका बिभिन्न कार्यक्रमहरु सार्वजनीक गरेको छ। बिद्यार्थी महासंघले आज रिपोर्र्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर त्रिविको शुल्क बृद्धि गर्ने निर्णयका बिरुद्ध बिभिन्न संर्घष्ाका कार्यक्रमहरु र्सार्वजनिक गरेको हो। महासंघले त्रिविले बृद्धि गरेको शुल्कमा हिजो घटाएको पचास प्रतिसतलाई पनि अस्वीकार गर्दै बृद्धि गरेका सबै रकम फिर्ता गर्नका लागि माग गरेको छ। उहाँले शुल्क बृद्धिको निर्णय फिर्ता गराउन दवाब दिने उदेश्यका साथ मंसिर २१ गते रत्नपार्कमा एक घण्टा चक्का जाम गर्ने , २२ गते त्रिविको बिशेष सभामा समाबेशी ऐन पारितको लागि दवाव दिने , तथा २३ गते त्रिवि अर्न्तगतका आंगिक क्याम्पसहरुम बिरोध प्रर्दशन गर्ने कार्यक्रम र्सार्वजनीक गरेको बताउनु भयो। नेपाल आदिबासी जनजाति बिद्यार्थी महासंघमा बिभिन्न २१ वटा बिद्यार्थी संगठनहरु रहेका छन्।

भोटेकोशीले बगाएर एकजना बेपत्ता

सिन्धुपाल्चोक, २० मंसिर । विद्युतको पोल निकाल्ने क्रममा एकजनालाइ भोटेकोशीले बगाएर बेपत्ता बनाएको छ। आज बिहान घुमथाङ-७ स्थित बिद्युत ट्रान्समिटरको पोल निकाल्न खोज्दा काभे्र घर भएको बर्ष ३२ को सुरेश थापालाई भोटेकोशी नदिले बगाएर बेपत्ता बनाएको हो।

गोरु व्यापारीद्वारा राजमार्ग अवरुद्ध

सर्लाही, २० मंसिर । इटहरीमा सशस्त्र प्रहरीले गोरु लोड भएको ट्रकलाइ पक्राउ गरेपछि गोरु व्यापारीले आधा घण्टा पूर्व पश्चिम राजमार्ग अवरद्ध गरेका थिए। आज बिहान ८ बजेदेखि साढे आठ बजेसम्म गोरु व्यापारीले पक्राउ परेको गोरु छाड्नुपर्ने मांग राख्दै बागवनी बजारमा सडक अवरुद्ध गरेका थिए।

गीता जयन्तीको अवसरमा ११ दिनसम्म गीता मन्दिरमा गीतापाठ, हवन, भजनकिर्तन

-सुदर्शनराज पाण्डे ५८औं गीता जयन्तीका अवसरमा वीरगंजस्थित गीता मन्दिरमा गीता प्रवचन दिइरहनुभएका आचार्य उमानाथ शास्त्रीले गीता र्सवशास्त्रमयी अर्थात सबै शास्त्रको सार गीतामा रहेको बताउनुभएको छ। उहांले गीता उपनिषदको आधारमा ज्ञानकाण्ड, कर्म काण्ड, भक्तिकाण्ड, योग, साधना, कर्म सबैको ब्याख्या गीतामा पाइन्छ। गहिरो चिन्तन भएको हुनाले र्सवसाधारणलाई सजिलोसंग बुझन् अलि अप्ठेरो पर्दछ । गीता धर्म उपदेश सबैका लागि उपयोगी छ। गीतामा कर्मलाई प्रधानता दिइएको छ। कर्मको निन्दा नगरेर कर्म गर्दै जानुपर्दछ। निष्काम कर्मले नै मनुष्यलाई ज्ञान र भक्ति सिकाउंछ। गीतामा १८ अध्याय छ। अर्जुनको विषाद (दुःख)बाट गीताको जन्म भएको हो। १७ अध्यायसम्म १७ प्रकारका भगवानलाई प्राप्त गर्ने बाटो गीताले देखाएको छ। जस्मा ज्ञान, भक्ति र कर्म तीनैको त्रिवेणी बगेको छ। गीता समाधान ग्रन्थ भएको हुनाले सबैले गीतालाई र्सवश्रेष्ठ मानेका छन्। जसरी अर्जुनको विषद समाधान भयो, उसै प्रकारले सबै मानवको समाधान हुन सक्दछ भन्नुभएको छ। गीता जयन्तीका बारेमा प्रकाश पार्नुहुंदै आचार्य उमानाथ शास्त्रीले मार्ग शिर्षशुक्ल एकादशीबाट महाभारत युद्ध आरम्

भ्रष्टाचारको समाचार प्रकाशि भएपछि थारु छात्रावास संचालक समितिको ध्यानार्षण

वीरगंज, २० मंसिर। आदर्श थारु छात्रावासमा समेत भ्रष्टाचार भन्ने शिर्ष समाचार प्रकाशित भएपछि आदर्श थारु छात्रावास संचालक समितिको गम्भीर ध्यानाकर्षण जनाउंदै एउटा खण्डन पत्र जारी गरेको छ। संस्थाले जारी गरेको पत्रमा उल्लेख छ- २००९ सालमा थारु समाजका अग्रज एवं समाजसेवी स्व. केवल चौधरीको अथक प्रयासमा स्थापना भएको यस संस्थामा हालसम्म विभिन्न कार्यकालमा गरी पांचवटा कार्यकारीणी संचालक समितिका रेखदेखमा संचालन हुंदै आएको जनाएको छ। कार्यकारीणी समितिमा शान्ति चौधरीलाई यस संचालक समितिको निर्णय अनुसार मिति २०६५ चैत ७ गतेदेखि संस्थाको कोषाध्यक्ष पदमा नियुक्ति भइ कामकाज गर्दै आउनुभएकोमा निजले आप\mनो मनोमानी ढंले यस संस्थाको कोष संचालन गर्दै आएकोमा संस्थाका संचालक समितिले सो कार्य एकलौटी निर्णयले गर्नु मनासिब नहुने भनि रोक लगाएकोले निजले आफूखुशी गर्न नपाएकोमा मिति २०६६ कार्तिक ७ गते यस संस्थाको संचालक समितिसमक्ष राजीनामा पेश गरेको हुंदा कार्तिक २५ गते बसेको बैठकले निजको राजीनामा स्वीकृत गरेको थियो। ततपश्चात निजलार्य पटक पटक आप\mनो जिम्मा रहेको नगदी जिन्सी सहित आफूले आफनो कार्यकालमा गरेको आर्थिक कारोबारक