Skip to main content

गीता जयन्तीको अवसरमा ११ दिनसम्म गीता मन्दिरमा गीतापाठ, हवन, भजनकिर्तन

-सुदर्शनराज पाण्डे
५८औं गीता जयन्तीका अवसरमा वीरगंजस्थित गीता मन्दिरमा गीता प्रवचन दिइरहनुभएका आचार्य उमानाथ शास्त्रीले गीता र्सवशास्त्रमयी अर्थात सबै शास्त्रको सार गीतामा रहेको बताउनुभएको छ।
उहांले गीता उपनिषदको आधारमा ज्ञानकाण्ड, कर्म काण्ड, भक्तिकाण्ड, योग, साधना, कर्म सबैको ब्याख्या गीतामा पाइन्छ। गहिरो चिन्तन भएको हुनाले र्सवसाधारणलाई सजिलोसंग बुझन् अलि अप्ठेरो पर्दछ । गीता धर्म उपदेश सबैका लागि उपयोगी छ। गीतामा कर्मलाई प्रधानता दिइएको छ। कर्मको निन्दा नगरेर कर्म गर्दै जानुपर्दछ। निष्काम कर्मले नै मनुष्यलाई ज्ञान र भक्ति सिकाउंछ। गीतामा १८ अध्याय छ। अर्जुनको विषाद (दुःख)बाट गीताको जन्म भएको हो। १७ अध्यायसम्म १७ प्रकारका भगवानलाई प्राप्त गर्ने बाटो गीताले देखाएको छ। जस्मा ज्ञान, भक्ति र कर्म तीनैको त्रिवेणी बगेको छ। गीता समाधान ग्रन्थ भएको हुनाले सबैले गीतालाई र्सवश्रेष्ठ मानेका छन्। जसरी अर्जुनको विषद समाधान भयो, उसै प्रकारले सबै मानवको समाधान हुन सक्दछ भन्नुभएको छ।
गीता जयन्तीका बारेमा प्रकाश पार्नुहुंदै आचार्य उमानाथ शास्त्रीले मार्ग शिर्षशुक्ल एकादशीबाट महाभारत युद्ध आरम्भ भएको थियो। तर्सथ त्यस दिन भगवान श्रीकृष्णले अर्जुनलाई गीताको उपदेश दिएको हुनाले प्रत्येक वर्षमार्ग शिर्षएकादशीका दिनदेखि ११ दिनसम्म गीता जयन्ती मनाइंदै आइरहेको हो। वीरगंजस्थित गीता मन्दिरमा ५८ औं गीता जयन्ती समारोहको आयोजना भइरहेको छ। ११ दिनसम्म गीता मन्दिरमा अपार भक्तजनहरूको सहभागितामा अखण्ड हवन, दैनिक १८ अध्याय गीताको पाठ, गीताको दैनिक १८ अध्यायबाट हवन, संक्षिप्त प्रवचन, भजनकिर्तन, प्रसाद वितरण आदि कार्यक्रम हुने बताउनुभएको छ। महामण्डलेश्वर ब्रम्हलीन स्वामर्ीर् इश्वरानन्दजीबाट वि.सं. २००९ सालमा स्थापना भएको गीता जयन्ती निरन्तर रूपले आजसम्म चलिरहेको छ। यस्का प्रथम आचार्य वीरगंजका श्री रामशरण शास्त्रीजी हुनुहुन्थ्यो। अहिले धेरैजसो समय मोरीसस राज्यमा बिताउनुहुने आचार्य उमानाथ शास्त्रीले स्थानापन्नमा सहयोग पुर्‍याइरहनुभएको छ।
गीता मन्दिर, गीता अध्ययन मण्डलका संस्थापक श्री इश्वरानन्द महाराज हुनुहुन्थ्यो भने स्थानापन्न महन्त श्री स्वामी त्यागानन्दजी रहनुभएको थियो। वर्तमान गीता मन्दिरको महन्त वाराणासी, भारतको महादेवा मठको समेत महन्त रहनुभएकी मां करूणानन्द भारती हुनुहुन्छ।
गीता मन्दिर, वीरगंजको संचालक समितिको संस्थापक अध्यक्ष रामबहादुर लाखे, सचिव गौरीलाल मुखिया, कोषाध्यक्ष शोभाहर्षशाक्य हुनुहुन्थ्यो। रामबहादुर लाखेपछि गीता मन्दिर संचालक समितिको अध्यक्ष स्व. गिरधारीलाल लाठ रहनुभयो र वर्तमान अध्यक्ष रामेश्वर खेतान, सचिव मदन गुप्ता र कोषाध्यक्ष फूलचन अग्रवाल रहनुभएको छ।
१००८ महामण्डलेश्वर स्वामी श्री इश्वरानन्द महाराजको प्रेरणा र हिन्दू धर्मावलम्बीहरूको सहयोगमा वीरगंज, घडिअर्वा पोखरी पर्ूव निर्मित गीता मन्दिरको शिलान्यास तत्कालीन नारायणी अंचलाधीश नन्दबहादुर मल्लबाट भएको थियो।
वि.सं. २०३२ साल जेष्ठ ९ गते तत्कालीन शाहवंशीय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवबाट करिब ६ लाखको लागतमा निर्मित गीता मन्दिरको उद्घाटन भएको थियो । गीता मन्दिरमा भगवान श्रीकृष्णको जन्मकालदेखि अन्त्यसम्मका विभिन्न शिलाहरूको भित्ताचित्रहरू अंकित छन् । श्रीमदभागवद गीताका अष्ट दशोध्याय -१८ अध्याय) भित्ताको शिलामा लेखिएका छन्। भगवान श्रीकृष्णको पूण्कदको मूर्ति छ। दिनहुं भजनकिर्तन, पूजापाठ, आरती हुने गीता मन्दिरमा सांझ-बिहान भक्तजनहरूको भींड लाग्ने गर्दछ र धार्मिक पर्यटन केन्द्र पनि बनेको छ ।
नेपालमा रहेका हिन्दूहरूको व्यवहारमा र समाजका सबै मानिसको मानसिक अवस्थामा भयानक नकारात्मक प्रभाव पार्दै आइरहेको वातावरणमा गीता अध्ययन मण्डल जस्ता संस्थाहरूको विशेष महत्व हुने भएकोले गीता अध्ययन मण्डल स्थापना गरी सोही अर्न्तर्गत काठमाडौं, वीरगंज, पोखरा, धरान लगायतका स्थानमा गीता मन्दिर निर्माण भए, मन, बचन र कर्मलाई पवित्र पार्ने उद्देश्यले अभ्रि्रेरित भइ गीताको निस्काम सेवाको मूलमन्त्र बोकी अचेतना र ज्ञानको कमी भएका तथा दर्रि्रता र पछौटेपनले सताइरहेको नेपाली समाजमा केही गरौं भन्ने भावना राख्ने सनातन हिन्दू धर्म र्रर् इश्वरप्रति आस्था राख्ने सबैका लागि गीता मन्दिर एउटा पवित्र थलो बनेको छ।
गीता मन्दिर संचालक समिति वीरगंजको सक्रियतामा प्रत्येक वर्षधुमधामका साथ गीता जयन्ती मनाइन्छ। गीता मन्दिरको स्वामित्वमा अचल सम्पत्ति निकै धेरै छ। गीता मन्दिरले जिन्सी सामानहरू पनि जोडेको छ। गीता मन्दिरमा भाद्र कृष्ण जन्माष्टमीका दिन भगवान कृष्ण महोत्सव प्रत्येक वर्षमार्ग शुक्ल एकादशीदेखि ११ दिनसम्म गीता जयन्ती, शोभा यात्रा, बेलाबेलामा भण्डारा, धार्मिक प्रवचन हुने गर्दछ। गीता मन्दिर संचालक समितिले गीता मन्दिरको सम्भार, संरक्षण र निर्माण जारी राखेको छ। गीता मन्दिरप्रति भक्तजनहरूको ठूलो आस्था भएकोले गीता मन्दिर संचालनमा कुनै कठिनाइ देखापरेको छैन। योजनाबद्ध र व्यवस्थित ढंगले गीता मन्दिर संचालनमा आएको पाइन्छ। गीता मन्दिर संचालक समितिले धार्मिक जागरणका कार्यक्रमलाई निरन्तर रूपले अगाडि बढाउन सक्नु पर्दछ। गीता मन्दिरमा सधैंजसो केही न केही कार्यक्रम भइरहनु पर्दछ। हिन्दू धर्मका विशिष्ठ ख्याती प्राप्त नेपाल तथा भारतको विद्वानहरूलाई आमन्त्रण गरी हिन्दू धर्मको विकास र उत्थानका लागि विशेष समारोहहरू आयोजना गर्दा गीता मन्दिरको महत्व र प्रभावकारिताले अझ विशेष स्थान ओगट्न सक्दछ। गीता मन्दिरमा धर्म, दर्शनका पुस्तकहरू संकलन गरी पुस्तकालय संचालन गर्न जरूरी छ। गीता जयन्तीमा होम, यज्ञ, भजनकिर्तन, पूजाआजा, प्रवचन, १८ अध्याय गीता पाठ, गीता सिद्धान्तको व्याख्या आदि गरिन्छ।
गीता अध्ययन मण्डलका संस्थापक स्वर्गीय महामण्डलेश्वर श्री १००८ स्वामर्ीर् इश्वरानन्द गिरीज्यूको स्मृतिमा प्रत्येक वर्षकार्तिक कृष्ण नवमीका दिन वाषिर्क भण्डारा लगाउन गीता मन्दिरले सुरू गरेमा संचालक समितिले गर्दै आएका कामहरूमा सुनमाथि सुगन्ध थपिदै जानेछ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।