Skip to main content

Posts

Showing posts from September 21, 2009

हस्ताक्षर संकलन अभियान

काठमाण्डौं, ५ असोज । "शान्ति र समृद्धिको देश, नया" नेपालको आदेश' भन्ने नाराका साथ अन्तर्रर्ााट्रय शान्ति दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइयो । आज वीरगंजको घण्टाघरमा लियो क्लब अफ वीरगंज, लियो क्लब अफ वीरगंज सेन्ट्रल सिटीको संयुक्त आयोजनामा हस्ताक्षर संकलन अभियान सम्पन्न गरिएको थियो । लियो हृदयनारायण उपाध्याय र लियो अनिता क्यालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा लियोहरु कुन्दन बर्ण्र्ााल, सुमित चौधरी, सोनु गुप्ता, रजत बजाज, प्रजय हरलालका, आइसा चौधरी, विवेचना डंगोल, निशु चौधरी, अनिल लाठ, विकास बोथरा लगायतको उपस्थिति थियो । त्यसैगरी आज सा"झ हामी शान्ति चाहन्छौं नाराका साथ मैनबत्ती प्रज्वलन गरिएको थियो । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्षआजकै दिन -सेप्टेम्बर २१) लाई अन्तर्रर्ााट्रय शान्ति दिवसका रूपमा मनाउ"दै आइएको छ ।

अभियानमार्फ युवाहरुको मुद्दाको उठान

काठमाडौं, ५ असोज। उन्नतीका लागि युवा अभियान -योक्याप नेपाल)ले आज एक प्रेस विज्ञप्ति जारी गरी अभियानहरु मार्फ युवाको मुद्दालाई उठाइरहेको जनाएको छ। आज योक्यापका अध्यँ मछिन्द्र तिवारीले एक प्रेस विज्ञप्ति जारी गरी नेपाल यतिबेला संक्रमणकालबाट गुज्रिरहेको छ। २१ न्ाोभेम्बर २००६ मा भएको बृहद् शान्ति सम्झौताले करीब एघार बर्षो सशस्त्र युद्धलाई अन्त्य गर्दै नेपाललाई शान्ति स्थापनाको बाटोमा अघि बढाएको थियो। अन्तरीम संविधान हुदै संविधान सभा पुग्दा समेत शान्ति प्रक्रियाले स्थायित्व पाउन सकिरहेकोे छैन्। तर्राई लगायतका शहरी क्षेत्रमा बढेको अपराधिक क्रियाकलापका कारण मृत शान्तिको आभाष भै रहेको छ। असुरक्षा, लुटपाट, हत्या, हिंसाका कारण नागरीकहरु आक्रान्त छन्। राज्यको चौथो अंग मानिएको संचार क्षेत्र समेत सुरक्षित बन्न सकेको छैन्। जसको प्रत्यक्ष असर नागरीकमा परेको छ। अपराधि माथि हुने राजनितिक संरक्षण तथा नेताहरुको जुगाँको लर्डाईका कारण समाज विस्तारै उच्छृखलता तिर उन्मूख भैरहेको छ। यसलाई बेलैमा रोक्न नसक्ने हो भने नेपाली नागरीककोे शान्ति प्रतिको चाहनले र्सार्थकता पाउन सक्ने छैन्। नेपालमा पनि विभिन्न कार

जुवा खेल्नेको पनि मेला

काठमाडौं, ५ असोज। हरेक बर्षभक्तपुरको ब्रम्हायणी मन्दिरमा महानवमीको रातभर परम्परादेखि चलि आएको जुवा खेल्ने मेला लाग्ने गर्दछ। यस बर्षयो मेला आगामी आइतबाार हुन लागेको छ। मेलाम लाखौंको बाजी मारिने गरेको छ। महानवमी दिन सो मन्दिरमा महिषासुरको प्रतिक राँगोको बली दिएको खुसीयालीमा बर्षौं देखि यसरी जुवा खेल्ने मेला लाग्दै आएको स्थानीयबासी बिष्णु कोजुले जानकारी गराए। स्थानीयबासी नबिन प्रजापति भने यस किसिमको बिकृतिमुलक चलनको अन्त्य हुनु पर्ने मत राख्दछन्। सो मेलाको लागि धेरैले आफ्नो घरको जिन्सी सामान र सुनचाँदी समेतको बाजी मार्ने गरेका छन्। जुवाको मेला मध्यम बर्गका मानिसहरुले आफ्नो सम्पति सखाप पारेर बर्बाद प्रसश्त उदाहरण छन्। तर पनि प्रशाशनले यस यो मेला बन्द वा निषेध गर्ने कुनै योजना बनाएको छैन। भक्तपुरबासी भने सामाजिक कुरीत र कुसंस्कार हटाउने पक्षमा छन्। यसको लागि राजनितिक नेतृत्व आबश्य रहेको उनीहरुको भनाइ छ।- रविन राचलिका हरीत समूह भक्तपुर

दसैमा सडक दर्ुघटना

काठमाडौं, ५ असोज। आम नेपालीहरुका महान चाड दशै र तिहारले घर आगनमा पाईला राखिसकेका छन्। अन्य चाड पर्व भन्दा दशै र तिहारको रौनक बेग्लै हुने गर्दछ। यसै अवसरमा घर बाहिर रहने हरुको आगमन अत्यधिक मात्रमा हुन्छ। व्यापार व्यवसाय गर्न समय पर्खनु पर्ने हाम्रो मुलुकमा यो समय व्यापार व्यवसायको लागि राम्रै अवसर पनि हो। यो समय यातयात व्यवसायीलाई भने गत्तिलो आम्दानी गर्ने मौका बनेको हुन्छ। देश विकासको नमूना सडकहरुको विकास अहिले धेरै लामो दुरी तथा समय लाग्ने स्थानमा निकै कम समयमा पुग्न सकिने भएको छ। यो एक अत्यन्तै राम्रो पक्ष हो। तर दिनानु निद बन्दै गएका मृत्यु समचारको श्रोत पनि यहि नै हो भन्दा कता कता नरमाईलो पनि लाग्ने गर्दछ। हामीलाई अभ्यास्त भएकै कुरा हो अधिकांश सडक दर्ुघटनाहरु यिनै अवसरहरु पारेर हुने गर्दछन्। यसरी चाड पर्व तथा अवसरहरुमा हुने दर्ुर्घटनाको जिम्मेवारी को छ त - यहा“निर हामीले सोच्नु पर्ने बाध्यता छ। मृत्यु वरण गर्ने धेरै तरिकाहरु मध्येको एउटा तरिका सडह दर्ुघटना पनि हो तर यो तपाई हाम्रो कमजोरी, हेलच्यक्रयाईबाट पनि त यसो हुन लागेको छ की एक चोटी चेतनशिल बन्नु जरुरी छ। सडक दर्ुघटना, सडक ब

दसैंको सास्कृतिक कार्यक्रम

काठमाडौं, ५ असोज। दसंर्ैपर्बमा देखिने बिकृतिवाट समाजलाई जोगाउने भक्तपुरमा हरेक बर्षसास्कृतिक कार्यक्रम हुने गरेको छ। बिगत ३० बर्षेखि निरन्तर आयोजना भैरहेको सो कार्यक्रम दसंैका त्रयोदशी र चर्तुदशीका दिन हुदै आएको हो। यस बर्षअसोज १५ र १६ गते सो कार्यक्रम भक्तपुरको त्रिपुरासुन्दरी टोलमा हुने आयोजकले जानकारी गराएको छ। समाजलाई बुद्धिजिबिकरण उदेश्य अनुरुपव दसैंमा हुने जुवा तास र मदिरा सेवन जस्ता कुलतमा युवाहरुको मन फस्न नदिइ सास्कृतिक जर्गेना गराउन कार्यक्रम हुने गरेको हो। कार्यक्रम साँझ ७ बजे देखि राति १२ बजे सम्म दुइ दिन हुनेछ। भक्तपुरमा रहेका परम्परागत नाचगान र नृत्यहरु कार्यक्रम देखाइन्छ। त्यस दिन भक्तपुरमा बस्ने बिदेसी पर्यटकहरुले समेत सास्कृतिक कार्यक्रम अवलोकन गर्ने गर्दछन्। माक प्याँख, लुसि प्याँख, धिमे बाजा, लाखे नाच आदि नृत्यहरु कार्यक्रममा देखाइदैछ।- रविन राचलिका हरीत समूह भक्तपुर

सडक दुर्घटनामा दुइको मृत्यु, केही घाइते

वीरगंज, ५ असोज । विभिन्न स्थानमा सडक दुर्घटनाको क्रमले तीब्रता पाएको छ। आज बिहान रक्सौलबाट बीरगंज तर्फआउंदै गरेको ना.१ह ७४९ नं.को टेम्पो वीरगंज-१९ मा आफै पल्टिदा दुइजना घाइते भएका छन्। भारत, घोडासहन बस्ने दिनानाथ साह र सिलगढी बस्ने बाबु खान र्घाईते भएपछि दुवैको नाउक्ष्ँे अस्पताल वीरगंजमा उपचार भइरहेको छ। टेम्पो चालक फरार रहेका छन्। आज बिहान बारा, भलुही-७ नजिकै कलैया-बीरगंज सडकखण्डमा ना.३ख ५७५७ नं.को बसको ठक्करबाट पैदल यात्री पचानपुर बस्ने तेजबहादुर माली घाइते भएपछि नाउक्षे अस्पतालमा उपचार भइरहेको छ भने चालक बस छाडेर फरार भएका छन्। हेटौडा-९ पशुपतिनगर सडक खण्डमा हिजो सांझ ना.३ख ३४८९ नं.को ट्रकले ना.१२प ४५७४ नं.को मोटरसाइकललाई ठक्कर दिंदा हे.न.पा.-९ बस्ने श्ाालीग्राम न्यौपाने घाइते भएका छन् भने उनको श्रीमती संगिता न्यौपानेको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही बिषयलाई लिएर मृतकका आफन्त तथा स्थानीयबासीहरूले क्षतीपर्ूर्तिको माग राखी अवरोध गरेको सडकखण्ड राति १२ बजे सुचारू भएको थियो। गए राति बजे धनुषाको ठेराकचुरी-८ नजिकै तारापट्टबिाट जनकपुर तर्फआउंदै गरेको ज.१प ९९७१ नं.को

गैडाको खागसहित एकजना पक्राउ

दोलखा, ५ भदौ । गैडाको खागसहित एकजनालाइ प्रहरीले पक्राउ गरेको छ। गत भदौ ३ गते प्रहरी गस्ती टोलीले चेकजांच गर्ने क्रममा भि.न.पा.-९ बस्ने कुमार बस्नेतलाई गैडाको खागसहित प्रहरीले पक्राउ गरेको प्रहरीले आज जनाएको छ। बस्नेतलाइ आवश्यक अनुसन्धानको लागि जिल्ला वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

सुन चोर र पसले पक्राउ

वीरगंज, ५ असोज । सुन पसलमा चोरी गरेको आरोपमा प्रहरीले चोरसहित चोरीको गहना खरिद गर्ने सुन व्यापारीलाई पक्राउ गरेको छ।अपराध अनुसन्धान महाशाखा काठमाडौंले आज बिहान बारा, जीतपुरस्थित विश्वकर्मा सुन-चांदी पसलका संचालक अच्छेलाल सोनारलाई पक्राउ गरेको हो। चोरी गरेको आरोपमा प्रहरीले राजकुमार लामा पक्राउ गरेपछि उनको बयानको आधारमा पसले सोनारलाइ पक्राउ गरिएको हो।

शान्ति समितिका कर्मचारीहरुको कालो दिवस

वीरगंज, ५ असोज । करार नियुक्तिमा कार्यरत कर्मचारीहरुको अवधि समाप्त भएपछि सरकारले अस्थायी नियुक्तिको लागि दरखास्त आह्वान गर्न लगाएपछि कर्मचारीहरुले आज स्थानीय शान्ति समितिको कार्यालय वीरगंजमा तालाबन्दी गरी कालो दिवस मनाएका छन्। यसैगरी शान्ति समितिको कार्यालय बाराका कर्मचारीहरुले पनि दुइ महिनादेखि तलब नपाएको प्राप्त जानकारीमा उल्लेख छ।