Skip to main content

Posts

Showing posts from January 11, 2010

घरको छतबाट खसेर मृत्यु

ज्ञानेन्द्र शर्मा रोल्पा पौष २७ गते। रोल्पा जिल्ला संग सिमाना जोडिएको प्युठानको भिगृ गाविसमा आज एक जना बिद्यार्थीको घरको छतबाट खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा भिगृ गाविस किमिचौर निवासी १२ बर्षा कमल बहादुर र्घर्तिमगर रहेका छन्। मृतक कमल र्घर्ति श्री अमर उच्च माध्यामिक बिद्यालय भिगृमा कक्षा ७ मा अध्ययन गर्दै आएका थिए।

थारु कल्याणकारी सभाले अवधारणा र मस्यौदालाइ चलाउने

वीरगंज, २७ पुस । संविधानसभाले अहिलेसम्म तयार पारेका ९ वटा समितिका अवधारणा र मस्यौदालाइ थारु कल्याणकारिणी सभाले देशभरि जलाउने चेतावनी दिएको छ। आज सभाका महामन्त्री राजकुमार लेखीले जारी गरेको विज्ञप्तिमा सरकारसंग गत चैत १ गते भएको सहमति कार्यान्वयनका लागि आन्दोलनका थप कार्यक्रमहरु पछि र्सार्वजनिक गरिने उल्लेख छ।

बहराइनमा २५९४ औं तो (बाघ) ल्होसार भव्यरुपमा सम्पन्न

-सन्तोष दाहाल बहराइन, २७ पुस। जनवरी ७ तारीखको साँझ उम अल-हसन स्थित होटल प्यालेसइनमा बहराइनमा कार्यरत तमुहरूले भव्यरुपमा २५९४ औं तो ल्होसार मनाए। तीन सय भन्दा बढि दर्शकहरूले खचाखच भरिएकोर् इम्पेरियल हलमा आयोजित साँस्कृतिक कार्यक्रमले सबैलाई भरपूर मनोरञ्जन दिएको थियो। र रात्रिभोजपछि सामूहिक नाचसँगै गाई -ल्हों) वर्गलाई बिदा गर्दै नयाँ तोंल्हो -बाघ वर्ग)को स्वागत गरिएको थियो। प्रमुख अतिथि भूपू कर्नेल पूर्ण बहादुर तमूले दीप प्रज्जवलन गरी कार्यक्रमलाई औपचारिक रुपमा शुरु गर्नु भएको थियो। त्ामू समाज बहर्राईन्ाको वर्तमान अध्यक्ष दिपक तमूलेे यस कार्यक्रमको सभापतित्व ग्रहण गर्नु भएको थियो। तमू समाजकै संस्थापक अध्यक्ष गम तमू, प्रवक्ता कृष्ण तमूको उपस्थितीमा बहर्राईमा सक्रिय अन्य थुप्रै संगठनका पदाधिकारीहरू आमन्त्रित थिए। साथै, सहयोगकर्त्तर्ााथा आयोजक संघसंस्थानका प्रमुखहरू पनि कार्यक्रममा उपस्थित थिए। संगठनकै लगभग तीसओटा जति सदस्यहरू स्वयंसेवक खटिएका थिए। चेलीद्वय माया तमूस्यो र राधा तमूस्योले अतिथि तथा पाहुनाहरूलाई ब्याज वितरण गरी स्वागत गरेका थिए। नियोजित समयभन्दा ढिलो शुरु हुन गएको कार्यक्रमम

कोइलाबास नाकामा भ्रष्टाचार गिरोह सकृय

-ज्ञानेन्द्र शर्मा घोराही, २७ पुस। दाङ देउखुरीसँग सीमा जोडिएको भारतको कोईलाबास नाकाबाट प्रहरीकै मिलेमतोमा भन्सार छलेर अवैध सामाग्री नेपाल भित्राउने गरिएको खुलासा भएको छ। सो गिरोहमा भन्सार कार्यालय, सशस्त्र प्रहरी बल र स्थानिय प्रहरीको मिलोमतो रहेको छ। उनीहरुले भारतका बिभिन्न स्थानबाट किनेर ल्याएका काँचो कपडा भन्सार छलेर दाङको लमही, घोराही र तुलसीपुरका ठूला व्यापारीसम्म पुर्‍याउने गरेको बताईएको छ। शुक्रबार मात्रै भारतबाट १५ लाख मूल्य बराबरको काँचो कपडा भन्सार छलेर नेपाल भित्र्याइएको थियो। आईतबार लमहीका टेन्ट व्यापारी एव मधेसी जनअधिकार फोरम नेपालका दाङका बरीष्ठ उपाध्यक्ष अब्दुल वहाव सिद्धिकिले लमहीमा पत्रकार सम्मेलनको आयोजना गरी भन्सार कार्यालयका प्रमुख, सीमा सुरक्षाका लागि स्थापना भएको ससस्त्र प्रहरी बलका डिएसपीलगाएतको मिलोमतोमा भन्सार छलेर सामानहरु भारतबाट नेपाल भित्रिने गरेको खुलासा गर्नु भएको हो। सो गिरोहले उहाँमाथि शनिबार बेलुका कुटपिटसमेत गरेको छ। उहाँको उपचार प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा भइरहेको छ। अवैध काँचो कपडा भित्र्याउने गिरोहका हफि जुल्लाह, महोमद याकुल, मोहम

पर्सा जिल्ला मदन भण्डारी स्पोर्टस एकेडेमी वीरगंज गठन

वीरगंज, २७ पुस । जिल्लाको खेलकूद विकास उत्थानका लागि २७ सदस्यीय पर्सा जिल्ला मदन भण्डारी स्पोर्टस एकेडेमी वीरगंज गठन भएको छ। आज वीरगंजको अलखियामठमा नेपाल मदन भण्डारी खेलकूद विश्वविद्यालय अन्तरगत मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाडौंका केन्द्रीय सदस्य भैरब शाहीको अध्यक्षतामा गठन भएको सो समितिको अध्यक्षमा अशोककुमार श्रेष्ठ, उपाध्यक्ष दिवाकर कृष्ण मानन्धर, लक्ष्मणबहादुर श्रेष्ठ, सचिव लक्ष्मण राज न्यौपाने, सहसचिव प्रशिक्षक सुरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष देवी पूजा श्रेष्ठलगायत रहेको आज जारी विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रवाद संघले राजा आउ देश बचाउ नारा घन्कायो

वीरगंज, २७ पुस । नेपाल राष्ट्रवाद संघ पर्साले राजा आउ देश बचाउ नारा वीरगंजमा घन्काएका छन्। आज राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको २८७ औं जन्मजयन्तीको अवसरमा राष्ट्रवाद संघ पर्साले वीरगंजको घण्टाघरबाट बाजा गाजाको साथ निकालेको र्यालीमा सहभागीहरुले राजा आउ देश बचाउ, राजा कस्को जनताको, जनता कस्को राजाको लगायतको नारा लगाएको थियो। संघका अध्यक्ष जनकलाल शाहको नेतृत्वमा पुस २६ गते दीपावली र आज बाजागाजा र राष्ट्रिय झन्डासहितको रयाली प्रदर्शन गरेको हो।

अज्ञात समूह�र् ारा सहायक प्रजिअमाथि गोली प्रहार अंगरक्षकको मृत्यु

वीरगंज २७ पुस। अज्ञात समूहको गोली प्रहारबाट पर्साका सहायक प्रजिअ बलबहादुर मल्ल घाइते भएका छन् भने उनका अंगरक्षक अनन्तराज खडकाको मृत्यु भएको छ। आज बिहान १०ः३० बजे कार्यालय आउन भनि घरबाट निस्किएर गाडीमा चढ्दै गर्दा अंगरक्षकमाथि दुइ गोली अज्ञात दुइ युवाहरुले पछाडिबाट गोली प्रहार गरेका थिए । गोली लागी ढलेपछि खडकाको उपचारको क्रममा नाउक्षे अस्पताल वीरगंजमा मृत्यु भएको हो। सहायक प्रजिअमाथि गोली प्रहार भएको र उनी गाडीमा बसिसकेको हुंदा मुन्टो तल गर्दाखेरी जोगिएका थिए। सहायक प्रजिअ सामान्य घाइते भइ अस्पतालमा उपचार गराइरहेका छन्। घटनाको विरोधमा पर्साका सम्पूर्ण कार्यालयहरु शान्ति सुरक्षुको विषयलाइ लिएर कर्मचारीहरुले बन्द गरेका छन्।