Skip to main content

Posts

Showing posts from November 18, 2009

सिमराबाट आउने ट्याक्सी रेट निर्धारणको माग

वीरगंज, ३ मंसिर। वीरगंज नगरको लागि प्रयोग हुने विमानस्थल सिमरा हो। वीरगंज नगरबाट सिमराको दुरी करिब २० कि.मि. रहेकोले पर्यटक तथा यात्रुहरुलाई अवतरण पश्चात् आफ्नो गन्तव्यमा पुग्न ट्याक्सी वा अन्य साधन चाहिने हुन्छ। हाल पर्यटक एवं आम यात्रुहरुलाई सिमरा विमानस्थलबाट वीरगंज जानका लागि ट्याक्सी भाडा गर्न खोज्दा सार्‍है कठिनाईको सामना गरि रहनु परेको कुरा यात्रुहरुले बताएका छन्। ट्याक्सीको भाडा सिण्डिकेट प्रणाली अर्न्तर्गत निर्धारित गरिएकोले वीरगंज आउनका लागि यात्रुहरुलाई अप्रत्याशित रुपले बढी भाडा तिर्नु परिरहेको छ। वीरगंजबाट सिमरा पुग्न प्रतिव्यक्ति १५० रुपैयाँ र सिमराबाट वीरगंज आउन २०० रुपैयाँ लिने गरिएको छ। त्यस्तै वीरगंजबाट सिमरा जान ट्याक्सी लिँदा ६०० रुपैयाँ तिर्नु पर्ने हुन्छ। जबकि सिमराबाट वीरगंजको लागि फुल ट्याक्सी लिँदा सिण्डिकेट प्रणालीकै कारण यात्रुबाट १००० रुपैयाँ ठठाउने गरिन्छ। एकतर्फी प्रतिव्यक्ति ट्याक्सी भाडा १०० रुपैया भन्दा बढी नहुनुपर्ने र त्यस्तै दर्ुइ तर्फी फुल ट्याक्सी भाडा रु.६०० निर्धारण गर्ने माग यात्रु वर्गको रहेको छ। सिमराबाट ट्याक्सीको उचित भाडा निर्धा

मंसिर ५ गते बजेट पारित हुन्छर्-अर्थमन्त्रालयका सल्लाहकार आचार्य

काठमाडौं, ३ मंसिर । अर्थ मन्त्रालयका सल्लाहकार केशव आचार्यले शुक्रबार बजेट पारित हुने बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा एकीकृत नेकपा माओवादीको समेत सहमतिमा बजेट पारित हुने बताएका हुन्। 'माओवादी समेतको सहमतिमा यसै हप्ताको शुक्रबार बजेट पारित हुन्छ,' आचार्यले भने,'बजेट पारित गर्ने सहमति भइसकेको छ।' सरकारले सदनबाटै बजेट पारित गराउने बताए। अध्यादेश वा होहल्लाबाट बजेट पारितको विकल्प खोज्ननुनपर्ने बताए। बजेट पारित गर्न माओवादी समेत लचक हुनुलाई सकारात्मक रुपमा लिए। चार महिनासम्म बजेट पारित हुननसक्नुलाई दर्ुभाग्यपर्ूण्ा भने। बजेट कुनै एक दलको मात्र नभएर आम नेपाली जनताको भएकाले खेलवाड गर्न नहुने बताए। बजेट पारित नहुँदा अर्थतन्त्रमा तरलता आएको बताए। तरलताका कारण पछिल्लो समयमा राष्ट्र बैंकले ६ अर्ब रकम बजारमा दिइसकेको बताए। रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य एवं अर्थविद डा.डिल्लीराज खनालले बजेट पारित गर्न नदिएर समस्या ल्याउन नियत नरहेको बताए। प्याकेजमा सहमति खोज्नुपर

चमेरोघारीमा पर्यटक रमाए

भक्तपुर, ३ मंसिर । चमेरो बिश्व कै एकमात्र उड्न सक्ने स्तनधारी हो। उड्ने सक्ने भएकोले यसलाई आम मानिसहरुले पक्षीको रुपमा लिने गर्दछन्। बैज्ञानिकहरुको मतमा भने यो मानिस जस्तै स्तनधारी हो। भक्तपुरको सैनिक स्कुल र दुग्ध बिकास संस्थानको बीचमा रहेको डाँडामा पनि चमेरो घारी रहेको छ। स्थानीय युवाहरुको लागि पहिले देखि डेटिङ स्पट रहदै आएको सो घारीमा कार्तिक २१ गते भने हल्याण्डको एक टोली पर्यटकहरुले रमाइलो गरे। यहाँबाट चार श्रृखला पहाडहरुको पछाडि उपत्यका कै सबैभन्दा अग्लो फुलचोकी डाँडाहरु हेर्दै उनीहरुले नयां अनुभव गरेको कुरा सुनाए। जाडोयाममा घामताप्न चाहने पर्यटकीय गन्तब्यको रुपमा सो डाँडालाई बिकास गर्न सकिने देखेर टेलिट्रान्स नामको ट्राभल कम्पनीका गाइड अनिल गोर्खालीले पर्यटकलाई पहिले पनि घुमाउन ल्याउने गरेको जानकारी गराए। सल्लाको मुढामाथि बसेर हरिया पहाड हर्ेन पाउदा पर्यटक निकै रमाइलो भएको कुरा पर्यटकहरुले भने। नेपाल कै पहिलो ६ लेनको अरनिको राजमार्ग भन्दा करीब एक मिटर उत्तरमा रहेको सो डाँडा भबिष्यमा रिर्र्सोटको रुपमा बिकास गर्न सकिने पर्यटक ब्यबसायीहरुको मत रहेको छ। डाँडामुनि रहेको हनुमन्ते

दुर्घटनामा चारजना घाइते

बीरगंज, २ कार्तिक । बारा र मकवानपुरमा दुर्घटनामा परी चार जना घाइते भएका छन्। आज बिहान बाराको लिपनीमाल-४ नजिकै बीरगंजबाट पथलैया तर्फआउदै गरेको बा.१झ ५६४९ नं.को कार ना.३ख ४८२० नं.को रोकी राखेको ट्रकमा ठक्कर खाँदा एकजना घाइते भएका छन्। घाइते हुनेमा पराराष्ट्र मन्त्रालय पर्साकार् इन्चार्ज कुमार राज खरेल रहेका छन्। उनको नाउक्षे अस्पताल वीरगंजमा उपचार भइरहेको छ । यसैगरी आज बिहान मकवानपुरको भिमफेदी-३ नजिकै कुलेखानीबाट हेटौडा तर्फतरकारी ल्याउदै गरेको ना.४ख १९०१ नं.को मिनीट्रक ६० मिटर तल खस्दा चालक कुलेखानी-१ बस्ने बिशाल लामा, बुद्ध थिङ र जित थिङ र्घाईते भएका छन्। उनीहरुको स्वास्थ्य चौकी भिमफेदीमा उपचार भइरहेको प्राप्त जानकारीमा उल्लेख छ।

बारा र रौतहटबाट चार डांका पक्राउ

वीरगंज, ३ मंसिर । बारामा डांका समूहसंग प्रहरीको भिडन्त भएपछि एकजनालाइ पक्राउ गरेको छ भने रौतहटमा तीन लुटेरालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। गए राति ८ बजे बाराको गन्जभवानीपुर गा.वि.स. स्थित पसाहा खोलाको खरघारीमा लुकेर बसेका ४-५ जना डांका र अस्थायी प्रहरी पोष्ट गन्जभवानीपुरको गस्ती प्रहरी टोलीले दोहोरो गोली हानाहान भएको छ। प्रहरीले जवाफी कारबाही स्वरुप ८ राउन्ड गोली प्रहार गरेपछि एक डांका पक्राउ गरेको छ। यसैगरी गए राति ८ बजे सिराहबाट काठमाण्डौ तर्फजादै गरेको ना.३ख ९१९७ नं.को बसमा चढेका तीनजना लुटेरालाइ प्रहरीले जुडिबेला-९ मा पक्राउ गरी इलाका प्रहरी कार्यालय चपुरमा बुझाएको छ। पक्राउ पर्नेमा सर्लाही कर्मैया-१ बस्ने बर्ष २५ को बिरबहादुर वाइबा, बर्ष २४ को सन्दिप पन्थ र बर्ष २६ को नारायण थापा रहेका छन्। तीनैजनाले बसमा यात्रुलाइ लुटिरहेको अवस्थामा सशस्त्र प्रहरीले पक्राउ गरेको हो।