Skip to main content

Posts

Showing posts from September 1, 2009

पशुपतिमा भारतीय पुजारी नियुक्त गरे कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं भदौं १६ । हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ मन्दिरमा रिक्त रहेको दुइ पुजारी भट्ट मा भारतीय पुजारी नियुक्ति भए कडा आन्दोलन गर्ने संयुक्त संघर्ष समितिले चेतावनी दिएको छ । संघर्ष समितिले पशुपतिको पुजारीमा नेपालीलाइ नै नियुक्ती नगरे आफुहरु राष्ट्रियताका लागि बलि चढ्न तयार रहेको बताए । राजधानीमा अयोजित पत्रकार सम्मेलनमा संयुक्त संघर्ष समितिका संयोजक डा। ऋषिप्रसाद शर्मा धर्मको नाममा करोर्डाै भ्रष्ट्राचार भएको बताउँदै भन्नुभयो-ुनेपालमा पनि पुजारी हुन लायकका सर्याै पुजारी छन् । यदि यो सरकारले नेपाली पुजारी नियुक्त नगरे सरकार नेपाली संस्कृति विरोधी र राष्ट्रघाति ठहरिनेछ ।ु त्यस्तै सन्यासी समाजका संयोजक विदुर भारतीले नेपाली पुजारी नियुक्त गर्नका लागि आफुहरु रगत बगाउन पनि तयार भएको बताउनुभयो । डा। विष्णु दाहालले यो सरकारले विदेशमा गलत सन्देश प्रवाह गरिरहेको आरोप लगाउँदै नेपालमा तन्त्र मन्त्र यन्त्र र सास्त्रका विषयका ज्ञाता रहेको ठोकुवा गर्नुभयो । दाहाल माओवादी सरकारले पशुपति मन्दिरमा नियुक्त गर्नुभएका पुर्व पुजारी हुनुहुन्छ । गणतान्त्रिक दशनामी समाजका महासचिव राजकुमार वनले पशुपति मन्दि

करोडौं मूल्यको छाला बरामद

वीरगंज १६ भदौ । उजुरीका आधारमा प्रतिबन्धित छाला तेश्रो मुलुक निर्यात गर्न लागेको आरोपमा वीरगंज सुख्खा बन्दरगाहले बिहीवार पक्राउ गरेको तीन वटा कन्टेनरको आज चेकजांच गर्दा रांगा- भैंसीको छाला फेला परेको छ। काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मासुको नाममा भन्सार महसुल तिरेर ब्रेभ गोर्खाज इन्टरप्राइजेजले भितनाम पठाउन लागेको ना ३ ख ६७२० ६७१८ ६७१७ नंंको गाडीमा रहेको कन्टेनरलाई चेकजांच गर्दा करोडौं मूल्य बराबरको निकासी प्रतिबन्धित छाला फेला परेको हो। सो कन्टेनरमाथि आवश्यक मुद्दा चलाउने सुख्खा बन्दरगाह भन्सारका प्रमुखले बताए। अहिले पैसाको बलमा सो गाडी छुटाउन केही तत्वहरु सकि्रय भएको प्राप्त जानकारीमा उल्लेख छ।

राजधानी दैनिकमा श्रमजीवी पत्रकार ऐन विपरित कार्य भएकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

काठमाडौं १६ भदौ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे दोस्रो चरणअन्तर्गतको उपत्यका स्तरीय अनुगमन कार्यलाई जारी राखेको छ। आज एक प्रेस विज्ञप्ति जारी गरी यस क्रममा काठमाडौंबाट प्रकाशित राजधानी दैनिक पत्रिकामा श्रमजीवी पत्रकार ऐनविपरित सम्पूर्ण पत्रकार र कर्मचारीलाई करारमा राखिएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ। नेपाल सरकारले सरकारी संचारमाध्यमसहित राजधानी दैनिकलगायतका क श्रेणीका राष्ट्रिय तहका संचार प्रतिस्ठानमा श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयनको घोषणा गरिसकेको छ । ६ महिना काम गरेका पत्रकार तथा कर्मचारीलाई स्वतः स्थायी गर्नुपर्ने तथा कुल पत्रकार तथा कर्मचारीको १५ प्रतिशतसम्म मात्रै करारमा राख्न पाइने श्रमजीवी पत्रकार ऐनको प्रावधानविपरित विगत ९ वर्षदेखि काम गर्दै आइरहेका श्रमजीवीसहित सम्पूर्ण पत्रकार र कर्मचारीलाई करारमा नियुक्ति दिइनु ऐनको ठाडो बर्खिलाप हो । महासंघ उक्त प्रकाशन गृहलाई श्रमजीवी पत्रकार ऐन पूर्णरुपमा कार्यान्वयन गरी सोही अनुरुपको व्यवहार गर्न आग्रह गर्दछ । साथै केही पत्रकार र कर्मचारीहरुलाई उनीहरुले पाउन

सत्तारुढ दल तयार भए सदन खोल्न माओवादी बाधक बन्दैन - सिपि गजुरेल

काठमाडौं भदौं १६। एकिकृत नेकपा माओवादीका सचिव सिपि गजुरेलले राष्ट्रपतिको कदमका र उपराष्ट्रपतिको सपथ ग्रहणको विषयमा संयुक्त रुपमा सदनमा छलफल गराउने भए सदन तत्काल खोल्न तयार भएको बताउनुभएको छ। हामी सदन सधै अवरुद्ध गर्ने पक्षमा छैनौं अहिले सरकार चलेको छैन भन्दै गजुरेलले रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमा भन्नुभयो-ुउपराष्ट्रपतिको विषय ठूलो इस्यु होइन। यसले सरकारलाइ अप्ठ्यारो पार्ला तर जनतालाइ यसले केही फरक पार्दैन।ु उहाँले भन्नुभयो-ुसंसद् खोल्नका लागि साच्चिकै सत्तारुढ दलहरु तयार छन् भने हामी बाधक बन्दैनौं। उहाँहरुले राष्ट्रपति उपराष्ट्रपतिका दुवै मुद्दामा छलफल गरौं र सदन खोलौं भन्नुहुन्छ भने हामी तयार छौं। छलफल गर्दा संसद्बाट सरकार ढल्छ भने त्यसलाइ पनि स्विकार्न सक्नुपर् यो।ु थप्नुभयो-ुहामी संविधान संशोधन गरेर मातृ भाषामा सपथ खान पाउने अधिकारका लागि बाधक बन्दैनौं।ु।गजुरेलले उपराष्ट्रपतिले हिन्दिमा सपथ लिदा पनि माओवादीले विरोध गरेको र अहिले पनि उपराष्ट्रपतिको कदमको समर्थन नगरॆको बताउदै भन्नुभयो -ुउपराष्ट्रपति धनुषाको हुनुहुन्छ। उहाको मातृ भाषा मैथली हो। यदि उहाले मा

पारसमाथि आइसएआईसंग मिलेर नक्कली भारतीय नोटको कारोबारमा संलग्न रहेको आरोप

-दीपेश केसी नयां दिल्ली। पूर्व युवराज पारस शाह नक्कली भारतीय नोटको कारोबारमा जोडिएका छन्। आज प्रकाशित टाइम्स अफ इन्डियाको पहिलो र ११ औं पृष्ठमा छापिएको समाचारमा उनी पाकिस्तानी गुप्तचर संस्था आइएसआईसंग मिलेर नक्कली नोटको कारोबारमा सकि्रय भएको उल्लेख छ। मध्यप्रदेशको आतंकवादविरुद्धको टोलीले नक्कली भारतीय नोटसहित पक्राउ गरेको राजेश गुप्ता र अतिक अहमदको बयानको आधारमा पारसमाथि अभियोग लगाइएको हो। अण्डर वल्र्ड डन दाउद इब्राहिमको समूहसंग सम्बन्ध राखेर पारसले आइएसआईसंग सांठगांठ गरेको उल्लेख छ। पारसलाई आइसएआईसंग सम्बन्ध बनाउन पूर्वमन्त्री सलिम मियां अन्सारीको छोरा युनुस अन्सारीले भूमिका खेलेको जनाइएको छ। समाचारअनुसार ४२ वर्षका राजेश गुप्ता र ४३ वर्षका इतिक अहमद नेपाली नागरिक हुन्। अहमदले १२ वर्ष अघि नेपाली युवतीसंग विवाह गरेर नेपाली नागरिकता लिएका हुन्। यसअघि उनी उत्तर प्रदेशको अलिगरका बासिन्दा थिए। यसले अहमद नेपाली नागरिक हुन् होइनन् भन्नेमा शंका पैदा भएको छ। गुप्ता वीरगाजमा व्यापार गर्दै आएको उल्लेख छ। दुवैबाट पाँच सय दलको नक्कली नोटसहित रंगेहात पक्राउ गरिएको थियो। यद्यपि पारस र युनुसको संलग