Skip to main content

पशुपतिमा भारतीय पुजारी नियुक्त गरे कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं भदौं १६ । हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ मन्दिरमा रिक्त रहेको दुइ पुजारी भट्ट मा भारतीय पुजारी नियुक्ति भए कडा आन्दोलन गर्ने संयुक्त संघर्ष समितिले चेतावनी दिएको छ । संघर्ष समितिले पशुपतिको पुजारीमा नेपालीलाइ नै नियुक्ती नगरे आफुहरु राष्ट्रियताका लागि बलि चढ्न तयार रहेको बताए ।

राजधानीमा अयोजित पत्रकार सम्मेलनमा संयुक्त संघर्ष समितिका संयोजक डा। ऋषिप्रसाद शर्मा धर्मको नाममा करोर्डाै भ्रष्ट्राचार भएको बताउँदै भन्नुभयो-ुनेपालमा पनि पुजारी हुन लायकका सर्याै पुजारी छन् । यदि यो सरकारले नेपाली पुजारी नियुक्त नगरे सरकार नेपाली संस्कृति विरोधी र राष्ट्रघाति ठहरिनेछ ।ु

त्यस्तै सन्यासी समाजका संयोजक विदुर भारतीले नेपाली पुजारी नियुक्त गर्नका लागि आफुहरु रगत बगाउन पनि तयार भएको बताउनुभयो । डा। विष्णु दाहालले यो सरकारले विदेशमा गलत सन्देश प्रवाह गरिरहेको आरोप लगाउँदै नेपालमा तन्त्र मन्त्र यन्त्र र सास्त्रका विषयका ज्ञाता रहेको ठोकुवा गर्नुभयो । दाहाल माओवादी सरकारले पशुपति मन्दिरमा नियुक्त गर्नुभएका पुर्व पुजारी हुनुहुन्छ । गणतान्त्रिक दशनामी समाजका महासचिव राजकुमार वनले पशुपति मन्दिरमा करोडौंको घोटला भइरहेकोले त्यसलाइ पारदर्शि गर्न पनि नेपाली पुजारी नै नियुक्त गर्नुपर्नेमा जोड दिनुभयो ।

यसै सन्दर्भमा संयुक्त संघर्ष समितिले भदौ १४ गते प्रधानमन्त्रीलाई नेपाली पुजारी नियुक्त गर्न दबाब दिनका लागि एक विरोध पत्रसमेत बुझाएको थियो । प्रधानमन्त्री पशुपति क्षेत्र विकास कोषको संरक्षक पनि हुनुहुन्छ । प्रतिस्पर्धाका आधारमा नेपाली पुजारी नियुक्त गर्ने कार्यन्वय नियमावली बनाइसकेको भए पनि भारतीय पुजारी ल्याएन लागेको भन्दै संयुक्त संघर्ष समितिले विरोध स्वरुप पत्रकार सम्मेलन गरेको हो ।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।