Skip to main content

Posts

Showing posts from September 23, 2009

विजया दशमीको अवसरमा सरसफाइ

विजया दशमीको अवसरमा कंचनजंघा बोर्डिङ स्कूल वीरगंजले आज भिस्वा बौद्ध विहारमा सरसफाइ गर्दै । तस्बिरः जीवनलाल श्रेष्ठ

सिकागोमा सुजाताको भव्य स्वागत

-सिकागोबाट ऋषि धमला अमेरिका, ६ असोज। अमेरीका भ्रमणमा रहेकी परराष्ट्रमन्त्री सुजाता कोईरालाकोे सिकागो राज्य भव्य स्वागत र सम्मान गरिएको छ। सिकागोको नेसनल स्टाटेजीक फोरमले मंगलबार एक भव्य समारोहकावीच परराष्ट्रमन्त्री कोईरालाको सम्मानमा ब्रेकफास्ट मिटिङको आयोजना गर्‍यो। सो कार्यक्रममा मन्त्री कोईरालाले नेपालको शान्ति प्रकृयाबारे लामो भाषण दिएकी थिईन। कोईरालाले सेना समायोजनको प्रसंगमा भनिन, मापदण्ड पुगेका माओवादी सेनालाई मात्र राष्ट्रिय सेनामा समायोजन गरिनेछ। तर समूहगत रुपमा सेना समायोजन गरिनेछैन। बरु, सेनामाबाहेक अन्य सुरक्षा निकाय र क्षेत्रमा उनीहरुलाई समावेश गर्न सकिन्छ। कोईरालाले नेपालको राजनीतिक गतिरोध अन्त्यका लागि नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोईरालाले अघि सार्नु भएको उच्च राजनीतिक संयन्त्रको अवधारणा कार्यान्वयन गर्नुपर्ने बताईन। सो अवसरमा उनले भुटानी शरणार्थीहरुले स-सम्मान स्वदेश र्फकन पाउनर्ुपर्छ भन्ने नेपालको अडान रहेको बताउँदै त्यसबारेमा आफुले भुटानी परराष्ट्रमन्त्रीसंग कुराकानी गर्ने जानकारी दिईन। परराष्ट्रमन्त्री कोईरालाको सम्मानमा सिकागोका काउन्सलर मर्वीन

दशैंको रौनक वीरगंजमा बढ्यो

वीरगंज, ७ भदौ । बडादशैंको पांचौ दिन वीरगंजको शक्तिपीठहरुमा देवीको पूजाआजा गर्नेहरुको भीड लागेको छ। आज नवदर्ूर्गे भवानीको पांचौं शक्तिको रुपमा रहेकी स्कन्द माता भगवतीको पूजा गरिन्छ। भगवान स्कन्धकुमारको बालस्वरुपलाई स"धै काखमा राखि ममतामयी स्नेह प्रदान गर्ने स्कन्द माताको हिन्दू धर्मावलम्बीहरुले आजको दिन श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्दछन् । आज वीरगंजको गहवामाइ मन्दिर, लक्ष्मणवाको सातोमाइ मन्दिर लगायत वीरगंज भरिका सम्पर्ूण्ा देवस्थलमा भक्तालुहरुको घु"इचो लागेको छ । वीरगंजको मुख्य सडकमै बोरा ओच्छयाएर भारतीय तथा नेपाली खुद्रे व्यापारीहरुले पसल थापेका छन् । सडकमै तातात्तो जेरी, पकौडी लगायतको खाद्य सामग्रीको बिक्री वितरण भइरहेको छ । तराइको संस्कृति झल्किने विभिन्न सरसामान, पारचुनको सामान, खेलौना, मेला तथा पिंङहरु लगाइएको छ । विशेषगरी फूलपातीदेखि घु"इचो लाग्ने वीरगंजको मेलामा यसपालि भने नवरात्रिको पहिलो दिनदेखि नै उल्लेखनीय भिड लागेको छ ।

दशैं आयो सावधान रहनु होला

वीरगंज, ७ असोज । नेपालको राष्ट्रिय पर्व दशैं हामी सबैको घर आंगनमा भित्रिन लागेको छ। नेपाललगायत भारतमा पनि यसलाई ठूलो पर्वमा मनाइन्छ। तर दशैंमा सावधान रहनु होला। किनकि चार्डपर्वको बेलामा धेरै अपराधिक घटना हुने गरेको पाइन्छ। आजकल चार्डपर्व फेशनको रुपमा आइसकेको छ। फेशनमा भुल्ने नेपालीहरु आज चार्डपर्वको नाममा धेरै खर्च गरिरहेका छन्। घांटी हेरी हाड निल्नु भन्ने उखानलाई सबैले हृदयगम गर्नर्ुपर्छ। दशैंको बारे भन्नुपर्दा असत्यमाथि सत्यको विजय भएकोले यो पर्वलाई धेरै धुमधामका साथ मनाइन्छ । दशैंमा धेरै चोरीको घटना पनि हुने गर्दछ। पर्वको मौका छोपी अपराधीहरुले अपराध गर्ने दाउपेचमा लागिरहेका हुन्छन्। सावधान भएर चार्डपर्व मनाउनु नै वेश हुन्छ किनकि पर्व धनले होइन मनले पनि मनाइन्छ। राम्रँे लगाउंदैमा, राम्रँे खादैमा पर्व मनाउनुपर्ने कुनै जरुरी छैन। अरुको रातो हेरेर मेरो पनि रातो नै होस् जुन चाहना मानवहरुमा पाइन्छ त्यो केवल भ्रम मात्र हो किनकि पर्व भनेको नै आप\mनो शक्ति हरेर मनाउनु पर्छ । नत्र अन्त्यमा पश्चात गर्नुपर्ला। आयो दशैं खुबै खायो, गयो दशैं ऋण बोकायो भन्ने उखानबाट नेपालीहरु पनि दशैंको बेलामा भर