Skip to main content

Posts

Showing posts from August 20, 2009

प्रचण्ड भोलि वीरगंज आउने

वीरगंज ४ भदौ । एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी पर्साको स्रोतले जनाए अनुसार प्रखर क्रान्तिकारी नेता एवं पार्टी अध्यक्ष पुष्पकमल दहाल ँप्रचण्ड’ भोजपुरा र मैथिली राज्यका पार्टीका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षँण दिने सिलसिलामा आगामी भदौ ५ गते शुक्रवार वीरगंजमा आउँदै छन्। स्थानीय नगर सभागृहमा भोजपुरा र मैथिली राज्यका करिब सात सय पार्टीका अगुवा कार्यकर्ताको भेलालाई एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहालले अति नै महत्वपूर्ण सम्बोधन गर्ने भएको छ।

बारा र पर्साको अस्पतालमा ओपीडी सेवा ठप्प

वीरगंज ४ साउन । नेशनल मेडिकल कलेज तथा शिक्षँण अस्पतालका आन्दोलनरत कर्मचारीले आज पनि धर्ना िदंदै एक घण्टा ओपीडी सेवा ठप्प पारेका थिए। आज बिहान बारा र पर्साका सम्पूर्ण स्वास्थ्यकर्मीहरुले विरोध जनाउंदै एक घण्टा अस्पतालको ओपीडी सेवा बन्द गरेका थिए। तीनजना कर्मचारीको पुनरबहालीको मांग गर्दै आन्दोलनरत कर्मचारी स्वास्थ्यकर्मीले ५ गते सम्म आकस्मिक कक्ष एनआइसीयु र आइसियू सेवा बाहेक सम्पूर्ण सेवाहरु ठप्प पार्ने भएका छन्। आफूहरुको मांग कार्यान्वयन नगरे भोलिदेखि बारा र पर्साको सरकारी गैरसरकारी अस्पतालमा ओपीडी सेवा ठप्प पार्ने आन्दोलनरत कर्मचारी संजीव यादवले बताए।

भदौ ६ गते देखी १२ गते सम्म जेसीज सप्ताह

-चोलेश्वर तिवारी- पर्वत ४ भदौ । जेसीज सप्ताहपर्वत जेसीजद्धारा आयोजित जेसीज सप्ताह २००९ मुल आयोजक समितिले भदौ ६ गते देखी विभिन्न कार्यक्रमका साथ जेसीज सप्ताह मनाउने तयारी गरेको छ । पर्वत जेसीजद्धारा सदरमुकाम कुश्मा वजारमा पत्रकार सम्मेलन गरि आफुले गर्न लागेको कार्यक्रमको सार्वजनिक गरेको हो । पर्वत जेसीजका अनुसार भदौ ६ गते ूसंविधान निर्माण संघियता हाम्रो सरोकारू विषयक गोष्ठीभदौ ७ गते पर्वत उद्योग वाणिज्य संघ र पर्वत जेसीज विच मैत्रिपुण फुटवल प्रतियोगिता ८ गते अन्तर मावि हाजीरजवाफ प्रतियोगिता ९ गते रक्तदान गर्ने जेसिजले जनाएको छ ।त्यसैगरी भदौ १० गते जेसीज सदस्यहरुका लागी नेतृत्व विकास तालिम११ गते महिला संघ सस्थाहरुको लागी नेतृत्व विकास तथा वैठक संचालन तालिम१२ गते अन्तर मावि स्तरीय नृत्य प्रतियोगिता र समापन कार्यक्रमहरु रहेको वर्ष २००९ का जेसीज अध्यक्षँ अर्जुन प्रसाद चापगाईले जानकारी दिनुभयो ।

पोल र तार पुगेको १० वर्ष सम्म पनि विजुली वलेन

-चोलेश्वर तिवारी- पर्वत ४ भदौ । पोल गाडेर तार टागेको दश वर्ष पछि विजुली वाल्न पाउदा स्थानियवासीहरु खुसी भएका छन् । एक दशक अगाडी पोल र तार टागीएको भए पनि पकुवावासीहरु अहिलेसम्म विजुली वल्नबाट वन्चितीमा पर्दै आएका थिए । चौध दशमलव ६ मेघावाटको मोदीखोला जलविद्युत आयोजना तथा सदरमुकाम कुश्मा नजिकैको गाविस भएर पनि पकुवा वासीहरु अहिलेसम्म अध्यारोमा वस्न वाध्य भएका थिए । छिमेकी कटुवाचौपारी तिलाहार चुवा तथा पिपलटारी गाविसमा विजुली वलेको वर्षौ हँुदा पनि आफ्नो गाउमा विजुली नवल्दा पकुवावासीहरु निराश हुदै आएका थिए । स्थानीयवासीहरुले विजुलीको लागि गाविस वाट २०५६ सालमा रकम छुट्टाएपनि जिम्मेवार व्यक्तिको अभावमा अहिलेसम्म काम हुन सकेको थिएन । नेताहरुले गाउको विकास प्रति चासो नदेखाएकोले एक दशक सम्म अध्यारोमा वस्नु परेको स्थानियवासीहरुले आरोप लगाए छन् । उक्त वर्षमा गाविसवाट विजुलीको लागि २ लाख रुपैया छुट्टाईएको थियो । विजुलीको अभावमा पकुवा गाविस वासीहरुले उज्यालोमा वस्न मात्र होईन सुचना तथा संचार प्रविधिको अहिलेको अवस्थामा दुवै चिजवाट विाचत समेत हुनुपरेको थियो । विभिन्न विद्यालयमा कम्प्युटर शिक्षा लाग

घरेलु तथा साना उद्योग कार्यालयमा सकेट बम

सर्लाही ४ भदौ । अज्ञात समूहले घरेलु तथा साना उद्योग कार्यालयमा सकेट बम विस्फोट गराए पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ। गए राति ९-५० बजे घरेलु तथा साना उद्योग कार्यालयको झ्यालमा अज्ञात व्यक्तिले सकेट बम विस्फोट गराएको हो। बम पडकाउने व्यक्तिको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

हतियारसहित युवक पक्राउ

धनुषा ४ भदौ । हतियारसहित एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ। हिजो सांझ प्रहरी गस्ती टोलीले जनकपुर-१ पुलचोकबाट सुनिल कुमार यादवलाइ शंकाको आधारमा चेकजांच कटुवा पेस्तोल थान १ र गोली ३ राउण्ड सहित पक्राउ गरेको हो। जनकपुर वडा नं।-११ बस्ने करिब १९ वर्षीय यादवलाई थप अनुसन्धानको लागि हिरासतमा लिइएको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

बस र टयाक्टर जुद्धा एक घाइते

वीरगंज ४ भदौ । पूर्व पश्चिम महेन्द्र राजमार्गमा बस र टयाक्टर जुद्धा एक जना गम्भीर घाइते भएका छन्। आज बिहान साढे सात बजे बाराको अमलेखगंज-४ नजिकै आधाभार जंगलमा आज बिहान काठमाडौबाट सिन्धुली तर्फ जांदै गरेको ना।३ख ७०४ न को बसले ना।१त ७७२८ नको ट्याक्टरलाई ठक्कर िदंदा वुनियाद बस्ने अगत पासवान घाइते भएका छन्। घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको छ भने बस चालकलाई प्रहरीले पक्राउ गरेको छ।

घर भत्किएर वृद्धाको मृत्यु

वीरगंज ४ भदौ । अबिरल वर्षाका कारण घर भत्किएर एक वृद्धाको मृत्यु भएको छ। आज बिहान बारा लिपनीमाल-६ नजिकै अस्थायी घर बनाएर बसेकी ६० वर्षीया वृद्धा देव कुमारी लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।

नेपाल मै काम भ्याइ-नभ्याइ

भक्तपुर ४ भदौ।परम्परागतरुपमा भक्तपुरको याछे टोल बिभिन्न सीप सम्पन्न जातिहरु बस्ने थलो हो। यहाँ मानन्धर समुदायले रक्सी बनाउने गर्दछन्। त्यसै गरी जुजु धौ पनि पहिलो पटक यही बनेको थियो। यहाँका लवजुहरु खेतीपाती गर्नमा निपुण छन् । भक्तपुरको निकै पुरानो नवदुर्गा नाचको लागि चाहिने देबगुणहरुका मुकुण्डोहरु पनि यहीका चित्रकारहरुले बनाउने गर्दछन्। यी पेशाकर्मीहरु प्रति आधुनिक युवाहरुको रुचि कम हुँदै आएको छ। तर यहाँ परम्परादेखि कपाल काट्ने नापितहरुले भने यही पेशा अंगालेको पाइन्छ। नापितहरु मध्ये पनि गुन्जमान नापित नामका हजामको पसलमा कपाल काट्न र दाढी बनाउन आउनेहरुको बिहान सबैरै देखि भीड लाग्ने गरेको छ। उनकोमा नियमित कपाल काट्न आउनेहरुको पहिलो प्रश्न नै ूमेरो पालो कतिजनापछि आउँछ ू भन्ने रहेको हुन्छ। जवाफमा उनले रेडिमेड उत्तर तीन-चार जना भन्ने गरेका छन्। त्यहाँ आएका हरेक जसोले कपाल काट्न भन्दा पर्खन तीन गुणा समय दिने गरेका छन्। सरदरमा एक जनाले आधा घण्टा समय कुरे पछि आफ्नो कपाल काट्न पाउने गर्दछ। ूयो आधा घण्टा समय भने गुाजमानको बिविध प्रकारका गफ सुन्दा सुन्दै समय बितेको थाहा हुन्नू हरेक महिना त्यहाँ कप

तीजमा स्वास्थ्यको ख्याल

भक्तपुर ४ भदौ । रातो कपडा लाएर खुशी हुने पर्बमा तीजको ब्रत बस्ने गरिएको छ। बिना पानी र खाना दिनभर नाच्नुलाई तीजको रमाइलो भनिए पनि यसले धेरै समस्या ल्याउन सक्छ। आफ्ना हुनेवाला पति वा श्रीमानको सुखको लागि भनेर जिउले नै नभ्याउने गरी चािहं ब्रत लिनु उचित छैन। आफ्नो जीबन साथीको दिर्घायु भन्दै आफ्नो ज्यानलाई जोखिम राख्नु पनि न्यायोचित छैन। पत्नीहरु कतिसम्म आफ्ना श्रीमानहरुको खुशी चाहन्छन् भन्ने यो एउटा परम्परावादी शैली हो। भोकै बसेर श्रीमानको खुशी खोज्नु आधुनिक जमानामा सुहाउने कुरा नै भएन। बिगतका दिनहरुमा सासुहरुले बुहारीहरुलाई तीजको ब्रत बस्न नमानेमा कुटपिट र गाली गलौज गर्ने गर्दथे। तर आज समय परिबर्तन भएको बुहारीहरु आफ्ना श्रीमानलाई खुशी पार्न ब्रत बसेर कठोर परीक्षा दिदैनन् बरु उनीहरुको काममा सहयोग गर्न मन पराउँछन्। हिजोआज तीजमा खानपिनको बिकृति छाएको छ। तीजको अघिल्लो पटक दर खाने परम्परा बढेको छ। एक महिना अघि नै दर खाने कार्यक्रमहरु भइरहेका छन्। यसबाट तीजको महत्व घटेको छ। तीज त आपुनो गरगहना नयाँ सारी देखाउन एउटा फेसन जस्तो भएको छ। दरको रुपमा खाने गुलियो मिठाइ बढी खानाले फुड प्वाइजनको समस

बाल दिवसको अवसरमा राष्ट्रवादद्वारा कार्यक्रम

वीरगंज, ४ भदौ । बडा मुमा महारानी रत्नराज्य लक्ष्मी देवी शाह सरकारको ८२ औं शुभ जन्मोत्सव तथा ४५ औं बाल दिवसको उपलक्ष्यमा नेपाल राष्ट्रवाद संघ पर्साले शुभकामना रयालीको आयोजना गरेको छ। आज वीरगंजको घण्टाघरबाट निस्किएको रयालीले बाल मन्दिरको प्रा·णमा पुगी सभामा परिणत भएको थियो। कार्यक्रममा संघ पर्साका अध्यक्ष जनकलाल साह कोषाध्यक्ष नन्दकिशोर गोयल पशुपति रौनियार लगायतको उपस्थिति थियो।

बाल दिवसको अवसरमा राष्ट्रवादद्वारा कार्यक्रम

वीरगंज, ४ भदौ । बडा मुमा महारानी रत्नराज्य लक्ष्मी देवी शाह सरकारको ८२ औं शुभ जन्मोत्सव तथा ४५ औं बाल दिवसको उपलक्ष्यमा नेपाल राष्ट्रवाद संघ पर्साले शुभकामना रयालीको आयोजना गरेको छ। आज वीरगंजको घण्टाघरबाट निस्किएको रयालीले बाल मन्दिरको प्रा·णमा पुगी सभामा परिणत भएको थियो। कार्यक्रममा संघ पर्साका अध्यक्ष जनकलाल साह कोषाध्यक्ष नन्दकिशोर गोयल पशुपति रौनियार लगायतको उपस्थिति थियो।