Skip to main content

नेपाल मै काम भ्याइ-नभ्याइ


भक्तपुर ४ भदौ।परम्परागतरुपमा भक्तपुरको याछे टोल बिभिन्न सीप सम्पन्न जातिहरु बस्ने थलो हो। यहाँ मानन्धर समुदायले रक्सी बनाउने गर्दछन्। त्यसै गरी जुजु धौ पनि पहिलो पटक यही बनेको थियो। यहाँका लवजुहरु खेतीपाती गर्नमा निपुण छन् । भक्तपुरको निकै पुरानो नवदुर्गा नाचको लागि चाहिने देबगुणहरुका मुकुण्डोहरु पनि यहीका चित्रकारहरुले बनाउने गर्दछन्। यी पेशाकर्मीहरु प्रति आधुनिक युवाहरुको रुचि कम हुँदै आएको छ।
तर यहाँ परम्परादेखि कपाल काट्ने नापितहरुले भने यही पेशा अंगालेको पाइन्छ। नापितहरु मध्ये पनि गुन्जमान नापित नामका हजामको पसलमा कपाल काट्न र दाढी बनाउन आउनेहरुको बिहान सबैरै देखि भीड लाग्ने गरेको छ। उनकोमा नियमित कपाल काट्न आउनेहरुको पहिलो प्रश्न नै ूमेरो पालो कतिजनापछि आउँछ ू भन्ने रहेको हुन्छ। जवाफमा उनले रेडिमेड उत्तर तीन-चार जना भन्ने गरेका छन्। त्यहाँ आएका हरेक जसोले कपाल काट्न भन्दा पर्खन तीन गुणा समय दिने गरेका छन्। सरदरमा एक जनाले आधा घण्टा समय कुरे पछि आफ्नो कपाल काट्न पाउने गर्दछ।
ूयो आधा घण्टा समय भने गुाजमानको बिविध प्रकारका गफ सुन्दा सुन्दै समय बितेको थाहा हुन्नू हरेक महिना त्यहाँ कपाल काट्न जाने कृष्ण प्रसाद लागेले सुनाए। मास्टरदेखि डाक्टरसम्म बच्चादेखि बुढासम्म बेरोजगारदेखि एकक्षण पनि फुस्रद नहुने समेत उनको कपाल काट्न आउने गरेको नापितका छिमेकी कुमार राजचलले जानकारी गराए।रविन सितिखु पहिलो पटक गुाजमानकोमा कपाल काट्न बीस बर्ष पहिले आफ्नो बाबुसंग त्यहाँ गएको स्मरण गर्दछन्। हालै मात्र भने उनी आफ्ना दुइ भाइ छोराको कपाल काट्न नापित कहाँ पुगे। बीस बर्ष देखि नियमित यही आएर कपालको नयाँ नयँँ ढाँचामा युग अनुसारको कट बनाइसकेका सितिखुलाई एउटै काममा यतिका धेरै बर्षसम्म निरन्तर लागिपरेका नापितको कार्यक्षमता देखेर आश्चर्य लागेको छ। हुन पनि यहाँका नयाँ पिढीका मानिसहरु यो पेशा गर्न रुचाउदैनन्। यहाँका मानिसहरुको कपाल र डाढी काट्न करीब ५ सय जना भन्दा बढी भारतीय तथा तराईका नेपालीहरु यहाँ काम गरिरहेका छन्। उनीहरुले हरेकले बर्षमा करीब एक लाख रुपियँँ बचत गरेर घर पठाउने अनुमान नापितको गफमा सुन्न पाइन्छ। ूत्यसैले यहाँ काम पाइन्न भनेर तास खेल्नेहरुले यो कुराको ख्याल राख्नु पर्छू गुाजमानको भनाइ छ। भक्तपुरका सबै ठाउँका मानिसहरु गुाजमानको ग्राहक छन्। धेरै जसो त उसको संसारिक गफ सुन्न पाइने भएकोले पनि कपाल काट्ने मेसो लिएर त्यहाँ आउने गरेका हुन्। एक हिसाबले त गुाजमानको पसल युवाहरुको जक्सन नै भएको छ। यहाँ आएर कतिले त एकै सहरमा बसेर पनि बर्षौं भेटघाट हुन नसकेका मित्रहरुले भेट्न अवसर पाएका छन्।
त्यहाँ आउने हरेकले कुनै नै कुनै नयाँ कुरा गुाजमानलाई सुनाइरहेका हुन्छन्। यही कुरालाई सिलसिला मिलाएर कथा जस्त शैलीमा आफ्ना ग्राहकहरुलाई सुनाउनु पनि उनको दिनचर्याको एउटा पाटो भएको छ। फुस्रदिलाहरु त आफ्नो पालो आए पनि हत्तार भएकाहरुको पहिला कपाल काट्न दिएर संसारिक गफ सुन्नमा नै रमाउँछन्। यो पेशा लोप नहोस भनेर गुाजमान स्कुल जाने आफ्नो छोरालाई समेत फुस्रदमा हजामको काम सिकाउन गरेका छन्। कुनै पनि काम आफैमा खराब नहुने बताउने नापित ूगरी खान लोकलाज पर्वाह राख्न नहुनेू धारणा ब्यक्त गर्दछन्।
ूधन कमाउनु भन्दा इष्टमित्र बढाउनु पर्दछू भन्ने मान्यता राख्ने उनले कपाल काटेको ज्याला अरुको भन्दा कम राखेका छन्। अन्यत्र कम्तिमा पनि ४० रुपियाँ कपाल काटे बापत ज्याला लिने गरिएको छ। गुाजमानले भने बढीमा २० रुपियँँमा कपाल काट्दै आएका छन्। आफ्नै पसलमा ज्ञानगुणका कुरा सुन्न पाइने भएकोले पनि उनले मनोराजनको लागि भनेर अन्यत्र जस्तै टिभी च्यानल राखेका छैनन् । आफ्ना ग्राहकका कुरा सुन्न र आफुले जानेका नयाँ नयँँ समाचार ग्राहकहरुलाई आफ्नै मुख र कानले सुनाउन र सुन्न पाए पछि अन्य साचारका माध्यमहरुको उति आवश्यकता नभएको उनले भने।
त्यहाँ आउने ग्राहकरुले उनलाई सर्बज्ञानी मान्ने गरेका छन्। बलिउडको हालखवर नेपाली राजनीतिको उथलपुथल कलिउडका करेण्ट गसिप ब्यापारिक घरानाका मानिसहरुको सम्पतिको अनुमान भ्रष्ट नेताहरुको कमाइ समाजमा भइराखेका प्रशंसनीय गतिबिधिको तारीफ समाज हुने बिकृतिको चिरफार गर्न गुाजमान आफ्नो कैचीसंगै कान र मुखलाई एक साथ चलाउछन्। यही अद्भुत गुणको कारण नै उनकोमा ग्राहक खाली हुने समय नै हँुदैन।
उनको पसलमा आएर कपाल काट्न आउन असर्मथ भएका निकै धनाढय र सम्पन्न मानिसहरुले भने गुाजमानको हातबाटै कपाल काट्न उनको फुस्रद पर्खने गरेका छन्। फुस्रद मिलाएर उनी धनाढय तथा सम्पन्न मानिसकोमा कपाल कटाउन जाने गर्दछन्। आफुलाई सम्मान गरिने भएकोले मात्र उनी यसरी बोलाएको ठाउँमा जानेका गरेका हुन्। गुाजमानले जस्तै हरेक नेपालीले आफूमा भएको कुनै न कुनै सीपलाई पहिचान गरी बिकास गरेमा बेकम्मा भएर बस्नु पर्दैन। यसो भएमा काम खोज्न खाडीको गरम युरोप तथा अमेरिकाको अनकन्टार भीडमा हराउनु पर्ने छैन। कपाल काट्ने पेशामा त नेपालीले भन्दा बढी भारतीयले यहाँ काम गरिरहेको छ। यहाँका मानिसहरुले यस पेशामा रुचि नदेखाउँदा बिदेशीहरुले काम पाएका छन् भने नेपालीहरु बेरोजगार भएर बरालिरहेका भेटिन्छन्।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।